परबाट चिटिक्क परेकी युवती मेरो छेउमा टुप्लुक्क आइपुगिन । यसो हेरे चिनजानकै बहिनी रहिछिन । हाताभरि हरियो चुरा, मेहेन्दी, हरियो कुर्तासुरुवालमा सजिएकी बहिनी अरु कोही नभएर रञ्जना रहिछिन । श्रृगांर गरेर चिटिक्क परेकी रञ्जनाले टिका पनि हरियो नै लगाएकी थिइन । यसरी सुन्दर बनेर उनी मन्दिरबाट फर्केकी थिइन । आज सोमवार भएकाले रञ्जना पनि व्रत बसेकी रहिछिन । मैले पनि भनिहाले शिव पाउनलाई वर्त बसेकी ? उनले बत्तीसवटै दाँत देखाएर हासिन । दिदीले कस्तो मनको कुरा बुझ्नुभएको । यतिकैमा रञ्जना र म छुटिउ । फेरि हिडिरहेकी थिए पशुपतिको गेटैमा उनै रञ्जनाको एकदमै मिल्ने साथी सरिता भेटे । सरिताको पनि सोमवारे ब्रत निकै रमाईलो भइरहेको थियो । उनीपनि हरियो चुरा र सारीमा सजिएकी थिइन । निधारमा रातो अक्षताको टिका अनि अलि तल ठुलो हरियो मखमलीको टिका लगाएकी सरिता निकै आकर्षक देखिएकी थिइन । रञ्जना र सरिता दुवै शिवका ठुला भक्त । दुवैजना साउन महिनामा भगवान शिवको व्रत र आराधना गर्छन । तर यी दुवै उस्तै देखिएपनि व्यवहारमा फरक छ । रञ्जना ब्रत भनेपछि अघिल्लो दिनदेखि नै मासु,लसुन प्याज केही पनि खादिनन । उनी कट्टर ब्रतालु हुन । सरिता पनि शिव भक्त त हुन तर त्यस्तो कट्टर भने होइनन । साउन सकिनै लागेको थियो । दुवैजना भर्खर १२ कक्षा पास गरेर बसेका थिए । रञ्जना र सरिता दुवैजना मज्जाले गफिदै पशुपतिको वनकालीमा बसिरहेका थिए । रञ्जनाले भनिन, सरी तिमी त काली चिल्ली छौ, तिम्रो हुनेवाला पनि कालो भयो भने त बच्चा पनि कालै हुन्छ रे, हाहाहा । अनि के भो त सरिता अलिक रिसाइन, म त गोरी छु मेरो त बच्चा पनि गोरो नै हुन्छ । सरिताले अलिक रिसाउदै भनिन नानी पाउनु कहिले कन्दनी बाट्नु अहिले भने जस्तै कुरा नगर । अनि आफु गोरी भएकोमा तिमीलाई किन यतिका धेरै घमन्ड छ भन त ? खै त गोरी भए नि अहिलेसम्म एउटा केटाले प्रपोज गरेको छ ? सुरुमा मख्ख परेर आएका केटा पनि एकैछिनमा टाढा हुन्छन तिमीसंग । खै त म काली नै भएपनि कलेजकै फ्रस्ट व्वाईले लाइक गर्छ । मैले पो हुन्न भनेकी त । अनि अस्ती त्यो सेन्टीसंग फिल्म हेर्न गएको रे नि त के हो ? अब रञ्जनालाई आपत पर्यो । कसरी थाहा पायौ नि ? राम्रा मान्छेहरुको निगरानी गर्नु परेन त ? फेरि एउटाले उडाईदियो भने तिम्रा बाआमाले समात्ने त मलाई नै हो । ह्या यस्तो कुरा अब नगरौ है भैगो । रञ्जना पन्छिदै सरितालाई पशुपति दर्शन गर्न आग्रह गरिन । यतिकैमा उनीहरु छुट्टिए ।
सरितालाई अस्ट्रेलियाको भिसा लाग्यो । यो उनको जिवनमा निकै खुसीको क्षण थियो । उनी अलि आधुनिक पनि थिइन । सरिताले भिसा लागेको खुसीमा पार्टी दिइन काठमाडौको अन्नपूर्ण होटलमा । त्यो दिन पनि सोमवारै परेछ । सरिताले आफ्नो अतिनै मिल्ने साथी रञ्जनालाई बोलाइन । अन्य साथीभाई पनि आए । पार्टीमा मिठा मिठा परिकार राखिएका थिए । सरिता र रञ्जना दुवै शिवका भक्त तर पार्टी थियो ब्रतकै दिन । भोलिपल्ट पार्टी दिन उनको उडान भोलि नै थियो । हरेक हिसाबले सोमवार नै उपयुक्त थियो । रञ्जनालाई ठुलो समस्या परयो । रञ्जना, सरिताभन्दा निकै कठोर थिइन । उनले लसुन, प्याज समेत बारेकी थिइन । यस्तो अवस्थामा सरिताको पार्टीमा उनले पानी पनि खाइनन । तर सरिताले मासु चाही खाइनन अन्य खानेकुरा भने खाइन । व्रतको दिन उनले नानरोटी खाएर अन्य साथीलाई पनि खुवाएर रमाईलो गरिन । उनी विन्दास मान्छे । तर रञ्जनाले पानी पनि नखाई त्यहीबाट दुवै साथीहरु विदा भए । दिनहरु वित्दै थिए । यी दुवै साथीबीच खासै कन्ट्याक पनि भएन । पाँच वर्षपछि रञ्जना र सरिताको भेट भयो । त्यो पनि साउन महिना मै अनि सोमवारे व्रतकै दिन । चाबेल चोकमा उनीहरुको अचानक भेट भयो दुवै सप्राइज बने । उनीहरु हाइ हेल्लो के गर्दै थिए छेउैमा एक बुढीआमा लौरो टेकेर बाटो काट्न खोज्दै थिइन । गाडिहरुको भिडमा ती बुढीआमालाई निकै गाह्रो भइरहेको थियो । सरिता त्यहाबाट बुढीआमातिर गएर उनको हात समाई बाटो काट्न सहयोग गरिन । त्यसपछि मात्र उनीहरुबीच बल्ल कुराकानी सुरु भयो । गणेशथान मन्दिर छेउमा भएको एक चिया पसलमा गएर उनीहरु चिया खाना थाले । रञ्जनाले भनिन मेरो त बेहाल छ । सरिताले भनिहालिन किन नी के भयो त्यस्तो ? फेरि दुवै जना हास्न थाले । रञ्जनाको आँखा सरिताको मोबाइलतिर गयो । उनले मोबाइलमा कसैको फोटो देखिन । अनि सोधिहालिन यो कस्को फोटो ? कति राम्रो रहेछ । सरिताले मुस्कुराउदै भनिन यो मेरो छोरो हो । रञ्जना त अचम्ममा परिन । छोरा ? कहिले विवाह गरेको । अनि फेरि छोरो पनि भइसक्यो । रञ्जनाका लागि सरप्राइज बढ्दै गए । नेपाल बस्दा पनि सरिता खुव समाजसेवा गर्थिन । हस्पीटलमा कोही रगत नपाएर समस्यामा छ भने साथीहरुलाई बोलाएर रक्तदानमा सक्रिय भई अरुलाई मदत गरिहाल्थिन । बाटोतिर कसैलाई समस्या परयो भने तुरुन्तै सहयोग गरिहाल्थिन । उनको मनै सहयोगी भावनाले ओतप्रोत थियो । उनले कसैलाई पनि चित्त दुखाउने काम गरिनन । कसैलाई भेदभाव पनि गरिनन । सरिता केही महिनाका लागि नेपाल आएकी रहिछन । अनि चिया गफकै क्रममा सरिताले सोधिन अनि तिम्रो विहे भयो ? छैन । अनि किन नगरेको ? आफुले चाहेको जस्तो पाएपो गर्नु । भनेपछि तिमी योग्य बरको खोजीमै छौ । माग्न त आएका थिए । कोही मन परेन । भनेपछि कसैको प्रेममा छौ ? त्यसो पनि होइन । ल भन न त कस्तो केटा चाहियो । अब त उमेर पनि ३० वर्ष भइसक्यो । मेरा देवरबाबु पनि छन है हाहाहा । एकपटक त एउटा काले, अग्लो, दुब्लो केटा माग्न आएको थियो मैले गर्दिन भने । किन नि ? पढेलेखेको थिएन र ? पढ्न न मास्टर गरेको रहेछ । मैले कालेदेखेपछि केही सोधिन । अनि । म यस्ती गोरी छु । भगवानले मलाई सम्पूर्ण सुन्दर रुप दिनुभएको छ । अनि जोडी पनि नमिल्ने कालेसग के विहे गर्नु भनेर हुन्न भन्दिए । सरिताले मनमनै सोचिन, कस्ती घमन्डी हो । जिन्दगीभर गोरे खोजेर बुढीकन्या हुनी भइ । यती धेरै धर्म गर्छे मन्दिर धाउछे तर बुद्धि कहिल्यै फिरेन । घमन्डी र जिद्धी मात्र भई । क्षणिक रुपमा हुने गोलो छालोको यति धेरै घमन्ड ? यतिकैमा दुवैको गिलास रित्तियो । सरितालाई हतार पनि भयो । भोलि सरिताकै घरमा श्रीमान र छोरालाई भेटाउने भन्दै दुवै छुट्टिए । रञ्जनालाई भित्रभित्रै डाहा लागिरहेको थियो सरिताको जीवन देखेर । डाहा गर्दा गर्दै रञ्जनाका दिनहरु यसै वित्दै थिए । फेरि अरुलाई होच्याउने स्वाभाव उनको । अगाडि नभने पनि पछाडि रञ्जनाका कुरा काट्ने धेरै । उनले जीवनलाई कहिल्यै बुझ्न खोजिनन । मात्र अरुलाई नगन्ने प्रवृदिले सबैबाट एक्लो बन्दै थिइन । सरिता रञ्जनाजस्ती गोरी त थिइनन तर उनको मन धेरै गोरो थियो । रञ्जना सरिताको घरमै जादै थिइन । अनाचक उनलाई माग्न आएको त्यही मान्छेसँग बाटोमा भेट भयो । दुवै आफनो बाटो लागे । रञ्जनाले मनमनै सोचि अहिले त कति राम्रो भएछ यो मान्छे । हेर्दै लोभ लाग्ने । बेकार हुन्न भनिछु । यतिकैमा सरिताको घर पनि आयो । सरिता घरमा खाना पकाउदै थिइन । बैठक कोठामा छोरो खेलिरहेको थियो तर श्रीमान चाही देखिनन । यतिकैमा सरिताले उनलाई सत्कार गरिन र चिया खुवाइन । छोरोलाई चकलेट दिदै रञ्जनाले सोधिन खै त भिनाजु । बजार निस्कनु भएको छ आइहाल्नुहुन्छ । यतिकैमा उनले डाइनिङ टेबलभरि मिठा खानेकुरा पस्किन । रञ्जनाको मुख रसाईसक्यो । उनलाई भोक पनि लागेको थियो यतिकैमा खानै लागेकी थिइन । कोही आएजस्तो लाग्यो । सरिताले उ आउनुभयो भन्दै भान्सामा छिरिन । यसो रञ्जनाले हेरिन उनको होस उड्यो । त्यही मान्छे जसलाई उनले विवाहका लागि इन्कार गरेकी थिइन । उसले त सरितासँग पो विहे गरेछ । फेरि पहिलाको जस्तो कहा होर फिल्मको हिरोभन्दा पनि राम्रो । रञ्जनाको गोरो छाला केही चाउरिएजस्तो भयो । रञ्जनाको आँखामा पश्चाताप झल्किरहेको थियो र अर्जेन्ट काम प-यो भन्दै सरिता भान्सामा भएको मौका छोपी त्यहाँबाट गइन । सरिता अलमलमा परिन ।
प्रतिक्रिया दिनुहोस्