ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई


एबीसी न्यूज
२५ बैशाख २०७५, मंगलबार   ८ : ५९   बजे

पाल्पा, २५ वैशाख ।  एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ ।

गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् ।

सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आधार बनेको छ, सामाजिक सुरक्षा भत्ताबापतको वृद्धभत्ता । वृद्धभत्ता बुझेपछि त्यसैबाट साँझ बिहानको हातमुख जोर्ने, बिरामी पर्दा औषधोपचार गर्ने र त्यसैबाट दुःखसुख गरेर जीवन चलिरहेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटको कोटथर बस्ने सिंजापती साँहिला अहिले ८० वर्ष पुग्नुभयो, उहाँकी श्रीमती सरुमा ८५ वर्ष । गाउँनजिकै रहेको पँधेराबाट पानी ल्याउन सक्ने अवस्था छैन, छिमेकीले पँधेरादेखि घरसम्म पानी पु¥याइदिन्छन् ।

सरकारले ७० वर्षमाथि उमेर नाघेका वृद्धवृद्धाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता उहाँहरुको लागि बरदान नै सावित बनेको छ । “सरकारले हामीजस्ता अशक्त गरीब दुःखी परिवारका लागि वृद्धभत्ता दिएर ठूलो गुन लगाएको छ, यसैबाट जेनतेनले जीविका चलेकै छ”, सिंजापती साँहिलाले भन्नुभयो ।

चार महिना पुगेपछि वृद्धभत्ता कहिले दिन्छ भनेर दिन गनेर झुपडीमा वृद्ध सिंजापती दम्पती बस्नुहुन्छ । उहाँहरुलाई भेट्न जाने जोकोहीसँग पनि वृद्धभत्ता कहिले पाइन्छ रु भनेर भेट्ने बित्तिकै सोधपुछ गर्ने गर्नुहुन्छ ।

“चार महिनाको भत्ता एकमुष्ठ दुई जनाको रु १६ हजार आउँछ, त्यही पैसाले चार महिनासम्मका लागि चामल, नून तेल, दाललगायतका सामान किनेर ल्याउने हो” सिँजापती साँहिलाले भन्नुभयो ।

सिँजापती साँहिलाले विगत १० वर्षदेखि र उहाँकी श्रीमती सरुमा सिँजापतीले १५ वर्षदेखि वृद्धभत्ता बुझ्दै आउनुभएको छ । फोक्सिङकोट वडा कार्यालयले चौमासिक रुपमा भत्ता वितरण गर्दै आएको छ ।

झुपडीको घर सिँजापती दम्पती अशक्त हुँदै गएपछि लिपपोत, सरसफाइ हुन छाडेको छ । एउटा सानो झुपडीभित्र चामल, मकै, कनिका, पानीका गाग्री, ग्यालिन, सुत्ने ओछ्यान सबै एकै ठाउँमा कोचिएर राखिएको छ ।

यसरी सरकारले उपलब्ध गराएको वृद्धभत्ता रकम उमेरले असहाय र अशक्त गरीब दुःखी परिवारका लागि ठूलो राहत हुन पुगेको छ । यसैबाट निम्नवर्गको जीवन धान्ने माध्यम बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu