ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल


admin

काठमाडौं, २७ वैशाख । आगामी आर्थिक वर्ष २०७५/२०७६को बजेटको सिद्धान्त र प्राथमिकता माथि संघीय संसदमा छलफल सुरु भएको छ ।

बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस गरेपछि विहिबारदेखि त्यस माथिको छलफल सुरु भएको हो । कर प्रस्ताव वाहेक २०७५/२०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा सहभागी हुदै राष्ट्रिय सभाका सदस्यहरुले कृषिको आधुनिकीकरण, चुरे संरक्षण लगायत क्षेत्रलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य बलराम प्रसाद बास्कोटाले आर्थिक रुपले श्वेतपत्र जारी गर्ने बेलामा मुलुकको आर्थिक अवस्थाको चित्रण गरेको भए पनि यो प्रस्तुत गर्दै गर्दा अलिेकती लरबरिएको र खुटा टेक्न नसकेको हो कि भन्ने अनुभुति दिएको बताउनुभयो ।

त्यसैगरी राष्टिय सभा सदस्य राधेश्याम अधिकारीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सार्वजनिक र निजी विद्यालयबीचको गुणस्तर उकास्ने भनिएको भएपनि त्यसको आधार प्रस्तुत नभएको, व्यवसायिक कृषिमा जोड दिईएको भएपनि कृषिमा आकर्षणको केन्द्रको व्याख्या र प्राथमिकता नदिएको भन्दै थप स्पष्ट पार्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । कृषि किन विकर्षणको केन्द्र भएको छ भन्ने विषयको जरो सम्म पुग्न जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले नदीको डायभर्सन गर्ने विषय अति उत्तम रहेको भन्दै प्रसंम्सा गर्नुभयो ।

जीवन बुढाले नेपालको हिमाल र पहाडी भुभाग संघीयताको बजेटको प्राथमिकतामा नपरेको भन्दै भुगोललाई आधार बनाएर बजेट विनियोजनको सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने तर्क गर्नुभयो । यही स्वरुपमा बजेट ल्याएमो आधा नेपालको बजेट हुने र आधार नेपाल र नेपालीका लागि मात्रै संघियता हुने भन्दै पुरै नेपालले महसुस गर्ने गरि बजेट विनियोजन गर्न माग गर्नुभयो ।

त्यसैगरी रापप्रित पासवानले भने जनसंख्यालाई मुख्य आधार बनाएर मात्रै बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । विकास भुगोललाई नभई जनसंख्यालाई आवश्यक पर्ने भन्दै उहाँले त्यसैको आधारमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्ट्रियसभा सदस्य रमेश प्रसाद यादवले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा चुरे संरक्षणको विषय नआएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा संगै वातावरण संरक्षणका लागि चुरेको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो । चुरेको संरक्षण नभए तराईको अन्न भण्डार सखाब भएर मरुभुमिमा परिणत हुने भन्दै चुरे संरक्षणलाई छुट्टै बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com