काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार(भोलि) नेपाल भ्रमणमा आउँदै छन् । भारतबाट उनी सोझै जनकपुर आउनेछन् । उनी हेलिकप्टर लिएर नेपाल आउन लागेका हुन् ।
मोदी नेपाल आउने भएसँगै भारतीय सेनाका साथै भारतीय जासूस संस्था रिसर्च एण्ड एनालिसिस विंग’रअ’ का जासूसको सक्रियता बढेको थियो ।
रअको जासूसीबारे केही समय अघि बीबीसीले एक रिपोर्ट प्रस्तुत गरेको थियो । भारतीय विश्लेषक आकार पटेलको नाममा छापिएको लेखमा कसरी भारतीय जासूसले काम गर्छन् भन्ने लेखिएको छ ।
पाकिस्तानमा एक भारतीय पक्राउ भएका थिए जसमाथि रिसर्च एण्ड एनालिसिस विंग’रअ’ को जासूस भएको आरोप लागेको छ ।
पाकिस्तानबाट आएका समाचारहरुका अनुसार यी व्यक्तिलाई तब गिरफ्तार गरिएको थियो जुनवेला उनी आफ्नो मोबाइबाट परिवारसँग मराठीमा गफ गर्दै थिए ।
पाकिस्तानबाट भारतमा हुुने फोनलाई विशेष याद गरिएको हुन्छ । जसका कारण यी पक्राउ परे । उनीसँग भारतीय पासपोर्डसमेत फेला परेको छ ।
यो विल्कुल अलग किसिमको जासूसी देखिएको छ । किनकी हामी जुन किसिमका जासूस फिल्ममा देख्छौं उनीहरुसँग नक्कली पासपोर्ट हुन्छ र उनीहरु धेरै नै प्रशिक्षित हुन्छन् । जब गिरफ्तार व्यक्ति रअका एजेन्ट भएको थाहा भयो त मलाई अचम्म लाग्यो ।
यस्तो यसकारण भयो किनकी रअ, सीआईए, मोसाद तथा आइएसआई जस्ता जासूस एजेन्सिका एजेन्ट आम रुपमा राजनीतिक पासपोर्टका साथ दूतावासमा तैनाथ हुन्छन् ।
मैले कही पढेको छु कि वर्तमान राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल एस्तै एक पोस्टको माध्यमबाट पाकिस्तानमा तैनाथ भएका थिए । जहाँसम्म मलाई जानकारीमा छ उनी इन्टेलिजेन्स व्यूरो(आईबी) मा थिए, न कि रअ मा ।
आईबी आन्तरिक जाजूसी एजेन्सी हो । जसको काम भारतीयमाथि ख्याल गर्नु हो । यसलाई सरलिकृत गर्ने हो भने यो एजेन्सीले भारतमा हुनेवाला गतिविधमाथि नजर राख्छ ।
यदी डोभाल आईबीमा थिए त उनी पाकिस्तानमा के गर्दै थिए रु दुवै जासूसी एजेन्सीको गतिविधिबारेमा मलाई जानकारी भएसम्म उनीहरु अफवाहसँग मात्र मिल्छन्, तथ्यमा आधारित हुँदैनन् । कयौपटक त रअका प्रमुखलाई पनि यो थाहा हुदैनकी एजेन्सी भित्र के भइरहेको छ ।
दश वर्ष पहिला आउटलुक पत्रिकामा आएको रिपोर्टका अनुसार रअमा मुसलमानलाई जागिर नदिने नीति चलिरहेको थियो ।
रअका करिब १५ हजार कर्मचारीमा कोही पनि मुस्लिम थिएनन् । समाचार एजेन्सी रोयटर्सले जब एक रिपोर्ट गरेको थियो जसले रअ का पूर्व प्रमुख दुलतसँग कुराकानी गरेको थियो । जहाँ दुलतले संगठन भित्र कोही मुसलमान भएको बारे आफूलाई थाहा नभएको बताएका थिए ।
उनले रअमा मुसलमान नहुनुको अर्थ निश्चय नै उनीहरुलाई राख्ने अनिच्छा कारण हुनुक्ने बताए । त्यस्तै मुसलमानको खोजी गर्न कठिन भएको उनको भनाइ थियो ।
रअका पूर्व प्रमुख गिरिश चन्दा सक्सेनाका भन्छन् , ‘जासूसी एजेन्सीमा मुसलमान अधिकारीको आवश्यकता छ, केही मानिसमा मात्र उर्दू र अरबीको जानकारी छ, यो समस्याको हल गर्न जरुरी छ ।’
मैले पाकिस्तानका केही जासूस एजेन्टसँग भेटघाट गरेको छु । उनीहरुमध्ये एक असद दुरानी पनि हुन जसलाई म केही सालदेखि चिन्छु । किनकी हामी दुवै एकै पत्रिकामा लेख्छौं ।
केही समय पहिला आइएसआईसँग मेरो काम परेको थियो । म हडप्पा गएको थिए । जो लाहोरबाट केही घण्टाको दूरीमा रहेको छ । म त्यहाँ सिन्धु घाँटी सभ्यता हेर्न गएको थिए । जसलाई निकै सुन्दरतासँग संरक्षण गरिएको थियो ।
म केही वर्ष पहिला पनि त्यहाँ गएको थिए । जब म टिकट काउन्टरमा गए तव उनीहरुले मलाई विदेशी नागरिक वाला टिकट दिएका थिए । यो टिकट स्थानीय मानिसलाई दिइने टिकट भन्दा धेरै महंगो थियो । मैले सोध त्यसपछि मात्र थाहा भयो की म स्थानीय नभएका कारण यस्तो गरिएको बताए । उनीहरुले भने, यहाँ पाकिस्तानी आउदैनन् ।
यसपटक जब म टिकट काउन्टरमा गए तब मलाई स्थानीयवाला टिकट दिइयो । मैले पनि आफू भारतीय भएको बताइन । कम्प्लेक्समा कमिज सुरुवाल लगाएका एक व्यक्ति आए र सोधे, तिमी कहाँ बाट आएका हौं । मैले लाहोरबाट भने ।
उ गयो । मेरो गाइडले बताए अनुसार यो क्षेत्रमा आउने हरेक विदेशीको रेकर्ड आईएसआईले राख्ने गरेको छ । जब हामी त्यहाँबाट निक्ल्यौं तब ती व्यक्ति पुन आए र राष्टिय पहिचान पत्र देखाउन आग्रह गरे, जसलाई हरेक पाकिस्तानीले आफूसँग राखेको हुन्छ ।
म पक्राउमा परे । मलाई आईएसआईको ढोकामा लगियो । जुन उक्त कम्प्लेक्सको भित्र थियो । त्यहाँ मेरो पासपोर्टको विवरण नोट गरियो । मलाई गोलमाल जवाफ दिएको भनेर गाली पनि गरियो । त्यसपछि उनीहरुले भने, तपाईलाई थाहा छ यहाँ विदेशीको लागि कति खतरा छ रु
मैले पहिल्यै भने कि रअ एजेन्ट राजनीतिक पासपोर्ट लिएर यात्रा गर्छन् । रअका साथ मेरो अनुभव अक्टुबर २००१ को छ । जब म अफगानिस्ताको युद्ध बारे समाचार तयार गर्न गएको थिए ।
हामीलाई उज्बेकिस्तान तथा ताजकिस्तानको बाटो हुँदै जानु परेको थियो र हामीलाई दुशांवेमा पर्खिएर बस्नु परेको थियो ।
मैले होटलमा दुई भारतीयसँग भेट गरेको थिए । उनीहरु सूट तथा टाई लगाएर बसेका थिए । उनीहरु हरेक विहान खाना खाने बेलामा देखा पर्थे र राति बारमा देखा पर्थे । हामी विश्वभरबाट आएका रिपोर्टर थियौं । तर, उनीहरु एकदम फरक थिए । जब हाम्रो टोली ताजकिस्तान आफगानिस्तान सीमामा पुग्यो तव हाम्रो पासपोर्ट रुसी सैनिकले जाँच गरे । सबै रिपोर्टरलाई जान दिइयो तर रुसी सैनिकले ती दुई भारतीयलाई दुशावा फिर्ता पठाइदिएका थिए ।
म दुई हप्तापछि म फर्किए । मेरो असाइनमेन्ट पूरा भयो । जब म एक नदि पार गर्ने क्रममा घोडाबाट लडे त्यसपछि मेरो पासवर्डमा लागेको भिजापनि भिज्यो र नदेखिने खालको भयो त्यसपछि म चिन्तामा परे ।
होटलमा मलाई उज्वेकिस्तान लैजाने वाला ट्याक्सी खराब भयो र म झोला बोकेर बाहिर उभिएको थिए । त्यति नै खेर मैले ती दुई भारतीयलाई देखे । त्यसमध्ये एकले मलाई सोध्यो, कहाँ जाँदै छौं रु
उनीहरुले मलाई लिफ्ट दिने भए । सेतो मर्सिडिज बेन्जमा चढेर म उनीहरुसँग सीमामा पुगे । सीमामा मैले पासवर्ड निकाले र मोहर लगाए । त्यसबेला ती दुई व्यक्ति कारबाट ओर्लिएनन् ।
मैले जब सीमामा रहेका अफिसरसँग आफ्नो कहानी भन्न खोजे तब उनले कारमा रहेका दुई व्यक्ति तर्फ हेरे र मलाई जान दिए । त्यसपछि मात्र मलाई थाहा भयो कि उनीहरु वास्तबमा को थिए रु
मेले त्यतिका दिनसम्म चिन्न सकेको थिइन तर रुसी सैनिक र उज्जेक अधिकारीले भने एक झलकमा रअका एजेन्टलाई चिनेका थिए ।
लोकान्तरबाट
प्रतिक्रिया दिनुहोस्