ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको भ्रमणबारे भारतमै प्रश्न ? कंग्रेस र भाजपाबीच आरोप–प्रत्यारोप


एबीसी न्यूज
१ जेष्ठ २०७५, मंगलबार   ९ : १३   बजे

नयाँदिल्ली १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण (२८–२९ वैशाख) बारे भारतमै प्रश्न उठेको छ । उनको भ्रमणबारे नेपालको संघीय संसद्मा चर्काचर्की चलिरहेका बेला भारतका प्रमुख राजनीतिक दलबीच पनि आरोप–प्रत्यारोप सुरु भएको छ । नेपाल भ्रमणका क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ । उक्त भ्रमण नेपालसँगको सम्बन्ध सुधार्नभन्दा कर्नाटकको चुनाव प्रभावित गर्न लक्षित भएको आरोप कंग्रेसको छ ।

राजस्थानका पूर्वमुख्यमन्त्री गहलोतले मोदीको नेपाल भ्रमणको साइत नियतवश नै कर्नाटक चुनावको समयमा पारिएको र निर्वाचन आचारसंहिताको धज्जी उडाइएको समेत बताए । सोही दलका प्रवक्ता टोम वडक्कनले पनि समयका हिसाबले मोदीको भ्रमणमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ रहेको बताए ।
‘भ्रमणलाई लिएर प्रश्न गर्ने प्रशस्त ठाउँ छ । यो विदेश मामिलासँग जोडिएको विषय भए पनि देशभित्र चुनावी प्रक्रिया चलिरहेका बेला भएको धार्मिक भ्रमणलाई सही मान्न सकिँदैन,’ उनले भने । गहलोतको भनाइको समर्थन गर्दै प्रवक्ता टोमले भने, ‘पार्टीको महासचिव भएकाले पनि उहाँले बोलेका कुरा पार्टीको आधिकारिक लाइनभन्दा फरक पर्दैन ।’

भाजपाका प्रवक्ता नलिन एस कोहलीले भने गहलोतको आरोपको खण्डन गर्दै मुलुकको विदेश सम्बन्ध र देशभित्रको चुनावबीच कुनै सरोकार नभएको बताए ।

मोदीको यस पटकको नेपाल भ्रमण विशेषतस् घरभित्रको राजनीति लक्षित भएको दाबी दिल्लीका परराष्ट्र मामिलाका विश्लेषक र पत्रकारहरूले समेत गरेका छन् । जनकपुर, मुक्तिनाथ हुँदै पशुपतिनाथ गएर टुंगिएको उनको तीर्थाटन विशेषगरी उत्तरप्रदेश, बिहारदेखि दक्षिण भारतीय राज्य कर्नाटकसम्म लक्षित रहेको उनीहरूको दाबी छ । कर्नाटकको जनसांख्यिक संरचना हेर्ने हो भने उक्त दाबीलाई गलत भन्न मिल्दैन ।

करिब ८४ प्रतिशत हिन्दु जनसंख्या भएको कर्नाटकमा हिन्दु धर्मावलम्बीमध्ये पनि शैव र वैष्णव सम्प्रदायको बाहुल्य छ । वैष्णव सम्प्रदायका लागि मुक्तिनाथ र शैव सम्प्रदायका लागि पशुपतिनाथ सबैभन्दा ठूला पवित्रस्थल मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group