ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल ?


एबीसी न्यूज
८ जेष्ठ २०७५, मंगलबार   १ : २९   बजे

काठमाडौँ, ८ जेठ । भारतको केरल राज्यमा एउटा नयाँ भाइरसको संक्रमणबाट एकै घरपरिवारका तीन जनाको मृत्यु भएपछि यसले स्वास्थ्य चासो बढाएको छ । निपाह नाम दिइएको उक्त भाइरसलाई विश्व स्वास्थ्य संगठनले तीव्र गतिमा फैलिरहेको पशुजन्य संक्रमणको रूपमा परिभाषित गरेको छ ।

यस नयाँ भाइरसको प्रकृति पूर्ण रूपमा थाहा पाइनसकिएकाले यसको संक्रमण भइसकेपछि देखा परेका लक्षणहरूको उपचार गर्नु बाहेक अन्य विकल्प नरहेको स्वास्थ्यविदहरू भन्छन् ।

इण्डियन एक्सप्रेसका अनुसार तीनै जनाको ज्यान गएको १२ घण्टा भित्र नै कोकिझाड र मलाप्पुरममा समान प्रकारका लक्षणसँगै थप ८ जनाको मृत्यु भएपछि सरोकारवालालाई झनै चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार निपाह भाइरस ९ल्ष्ख्० तीव्र गतिमाफैलिरहेको भाइरस हो जसले मानिस स्वास्थ्यमा गम्भीर प्रकारको बिमारी गराउँछ ।
यस भाइरसको बारेमा सबैभन्दा पहिले १९९८ मा मलेसियाको कम्पङ सुंगाई निपाह भन्ने पत्ता लागेको थियो । यसै ठाउँको नामबाट यस भाइरसको नाम पनि निपाह परेको हो । उक्त समय यस भाइरसले बंगुरहरूलाई संक्रमित बनाएको थियो ।

यसको विस्तारको प्रक्रिया पनि अचम्म लाग्दो छ । आजसम्म जहाँ जहाँ निपाह भाइरसको संक्रमण भेटिएको छ त्यहाँ यसलाई सर्ने कुनै मध्यम पाइएको थिएन । सन् २००४ मा बंगलादेशमा पनि केही मानिसमा यसको संक्रमण देखा परेको थियो ।
उक्त समय संक्रमितहरूले खजुरको रुखको चोप सेवन गरेका थिए र त्यहाँसम्म फ्रुटब्याट भनिने एक प्रकारको चमेरो ले उक्त भाइरस पुऱ्याइएको निष्कर्ष निकालिएको थियो ।

यसको कुनै उपचार

यसका साथै हालैका दिनहरूमा यो भाइरस मान्छेबाट मान्छेमा सर्न थालेको तथ्य समेत फेला परेको छ । भारतका केही अस्पतालहरूमा भर्ना गरिएका संक्रमितहरूमा मान्छेबाट नै उक्त भाइरस सरेको पाइएको थियो ।
निपाह भाइरसको संक्रमण भएपछि श्वासप्रश्वास सम्बन्धी गम्भीर लक्षण देखा पर्ने या इन्सेफ्लाइटिस हुने बताइएको छ ।
मानिस एवं जनावरहरूलाई यस भाइरसको संक्रमणबाट बचाउन सक्ने कुनै औषधि आजसम्म बनेको छैन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसीका अनुसार निपाह भाइरसको संक्रमण इन्सेफ्लाइटिस रोगसँग जोडिएको छ जसले मष्तिष्कमा नोक्सान पुऱ्याउँछ ।

कस्ता छन् त लक्षण

यस भाइरसले शरीरमा प्रवेश गरेपछि ३ देखि १४ दिनसम्म अत्यधिक ज्वरो र टाउनको दुख्ने कारण बन्न सक्छ। यी लक्षणहरूले २४ देखि ४८ घण्टाभित्र रोगीलाई कोमामा पुऱ्याउन सक्छन् । सुरुमा सास फेर्न समस्या देखिने गरे पनि आधाभन्दा बही रोगीहरूमा स्नायु सम्बन्धी समस्याहरू देखा पर्न सक्छन् ।

कसरी सर्छ निपाह भाइरस

सन् १९९८(९९ मा यो संक्रमण फैलिँदा २६५ जनामा यसका लक्षण देखा परेका थिए जस मध्ये ४० प्रतिशतमा गम्भीर स्नायु सम्बन्धी समस्याहरू देखा परेका थिए र ती सबैको मृत्यु भएको थियो। सामान्य अवस्थामा यो भाइरस मानिसको सम्पक्मा आउने चमेरा, बंगुर या अन्य संक्रमित मानिसबाट सर्न सक्छ ।

मलेसिया र सिङ्गापुरमा यो भाइरस बंगुर बाट सरेको थियो भने बंगलादेश र भारतमा यो चमेरा र मानिसबाट सरेको पाइएको छ । खुला सीमा र समान जलवायुका कारण नेपालमा पनि यसको जोखिम रहेको भएपनि यसबारे कुनै आधिकारिक जानकारी भने प्राप्त भएको    छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group