काठमाडौं, ९ जेठ । प्रहरी वृत्तमै हलचल मच्चिएको साढे ३३ केजी सुनका मालिक भनिएको मोरङ, उर्लाबारीका चुडामणि उप्रेती उर्फ ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा परे ।
उनी मोरङ, उर्लाबारीमा मध्यम वर्गीय परिवारमा हुर्किएका गोरे नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए । त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए उनले ।
जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दुबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले । नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । काठमाडौंको गुह्येश्वरीमा पनि आलिसान बंगला बनाएको र बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएको उनी माथि आरोप छ ।
हाल उनका भाइ र श्रीमति दुवै दुबईमा छन् । गोरे भने भारतमा लुकेको प्रहरीको आशंका थियो तर मंगलवार एक्कासी गौरी घाट बाट पक्राउ गरि गृह मन्त्रालयमा सार्वजनिक गरियो । उनलाई सार्वजनिक गरिएपछि प्रहरीले उनलाई मोरङ पु¥याएको छ ।
०५७ सालमा एसएलसी दिएका उनले उर्लाबारी क्याम्पसबाट आईए पढ्दा पढ्दै छोडेका थिए । सुन तस्करीमा प्रयोग हुने भरियालाई सामाजिक सञ्जाल प्रयोग गर्न निषेध गर्ने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । कतिसम्म भने सम्बन्धित ठाउँसम्म सुन डेलिभरी नहुञ्जेलसम्म मोबाइल पनि चलाउन दिँदैनथे ।
प्रहरी हिमचिमका कारण आफ्नो अपराध धन्दा लुकाउन सफल गोरे सनम हत्यामा फसे । सुन गायब भएपछि यातना दिने क्रममा सनमको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, यो घटनाका प्रहरी पनि आफैं फस्न पुग्यो ।
महाशाखाले सनमको हत्या सिराहामा भएको बताइरहँदा मोरङमा आयोजित पत्रकार सम्मेलनमा उर्लाबारी–१, सोल्टी खोलामा उनको हत्या भएको बताएको थियो ।
घटनामा संलग्न भएको आरोपमा त्यस वेलै काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, उर्लाबारीकै ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र ३७ वर्षीय मोहन काफ्ले पक्राउ परेका थिए । यद्यपि, अनुुसन्धानका क्रममा उनीहरु आफैं पनि तस्करीमा प्रयोग भएका भरिया भएको खुलेको छ ।
घटनामा गम्भीरतापूर्वक अनुसन्धान नभएको भन्दै गृहमन्त्रालयले छुट्टै छानबनि समिति गठन गरेको थियो ।
तस्करीको सुन अनुसन्धान गर्न बनेको विशेष समितिले सुनका मुख्य कारोबारी भनिएका गोरे भनिने चुडामणि उप्रेतीसहित ३४ जनालाई फरार प्रतिवादी बनाएको छ । जस मध्य मुख्य नाइके मानिएका गोरेलाई नेपाल प्रहरीले प्रक्राउ गरी सार्वजनिक ग¥यो ।
अन्य सहयोगीमा दुबई बस्ने गोरेकी श्रीमती नर्वदा खरेल उप्रेती, सुन तस्करीमा सहयोगीको भूमिका खेल्ने गोरेकी भाइबुहारी दुर्गा खरेल, भाइ रमेश उप्रेती, बाबु डोलेन्द्र खरेल छन् । तस्करीको सुनमा विभिन्न व्यापारीको लगानी रहेको पनि अनुसन्धानले देखाएको छ । विशेष समितिले बाजेको सेकुवा नामक चेन फुड रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी, दरबारमार्गमा सुन पसल सञ्चालन गर्ने सुनील अग्रवाल र लक्ष्मी गोल्ड प्यालेसका प्रमोद श्रेष्ठलाई फरार प्रतिवादी बनाएको छ ।
उता अनुसन्धान समितिले तस्करीको सुनमा लगानी गरेका भनिएका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङको बैंक खाता रोक्का गरेर सम्पत्ति जाँच गरेको छ । भुजुङले एउटै बैंकमा विभिन्न ५ खाता खोलेको पाइएको छ जसमध्ये चार खातामा चार करोड २१ लाख ५० हजार तीन सय ८२ रुपैयाँ देखिएको छ ।
पछिल्लो डेढ महिनामा निकै चर्चामा भएको विषय हो गोरे, अर्थात साढे ३३ किलोग्राम सुन काण्डका मुख्य नाइके चुडामणि उप्रेती । सुन तस्करीमा सम्बन्धित नाम गोरे शव्दले निकै चर्चा पायो । चर्चाकै बीचमा गोरेलाई मंगलबार गृह मन्त्रालयले पक्राउ गरि सार्वजनिक ग¥यो । ३३ किलो सुन, सनम शाक्य र सानु बम हत्या काण्डका अभियुक्त भनेर गोरेको नाम आउने गरेको छ । गोरेलाई मंगलबारै जिल्ला अदालत मोरङमा बुझाइने गृहमन्त्रालयका सह–सचिव तथा छानविन समितिका संयोजक ईश्वरराज पौडेलले बताए ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै छानविन समितिका संयोजक पौडेलले गोरेसग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रतिवादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याई गर्ने प्रमाण र तथ्य प्राप्त भएको बताए । उनले अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएको जानकारी दिए ।
पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताए ।
प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को बैठकले गत चैत २० गते गृहमन्त्रालयका सह सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०७२ को दफा १२ बमोजिम विशेष अनुसन्धान समिति गठन गरेको थियो ।
यो टोलीले ३३ किलो सुन काण्डमा संलग्न भएका ६५ जना विरुद्ध मोरङ जिल्ला अदालतमा विभिन्न आपराधिक समुहको स्थापना लगायत संगठित अपराध ऐन अन्र्तगत आकर्षित हुने अभियोजन सहितको मुद्धा दर्ता गरिसकेको छ ।
टोलीले गोरेबाट थप तथ्य र सुचना प्राप्त भएको जानकारी दिएपनि समितिले ती सुचना भने सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले अनुसन्धान अत्यन्तै जटिल र गम्भीर प्रकृतिको भएकाले विषयलाई गम्भीरतापुर्वक लिन पनि आग्रह गरेका छन् ।
यसघि प्रतिवादी बनाईएका यसै मुद्धाका ६५ मध्ये ३३ जना अझै फरार छन् । ३२ जनालाई अदालत समक्ष पठाईसकिएको छ । मुद्धाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाडौंको गौरीघाटमा बसोबास गर्दे आएका थिए ।
तर उता चुडामणि उप्रेती गोरेले भने नेपाल मानवअधिकार संगठनको नाममा पत्र लेख्दै आफूले ज्यानको सुरक्षाको माग गर्दै आत्मसमर्पण गरेको बताएका छन् । उनले पत्रमा भनेका छन्, दोष जति सबै मेरो थाप्लोमा हाल्ने प्रयास भएकाले म सँग भएका प्रमाणहरु सम्बन्धित अदालत वा छानविन समिति समक्ष राख्न चाहन्छु । ।
अपराधको अनुसन्धान गर्न र सङ्गठित अपराधबाट जरैदेखि निस्तेज पार्न स्वयम् प्रहरी नै चुक्ने गरेको छ । जसको सपुत प्रमाण नै बनेको छ सुन काण्डमा प्रहरीको संरक्षण हुनुले । विगतका दिनमा पनि विभिन्न समयमा यस्ता राज्य कोषलाई नै ठुलो धक्का दिने खालका गतिविधि भने नभएका होइन तर विभिन्न बहाना र संरक्षणले उन्मुक्ति पाउ“दै आएका छन् । विमानस्थलबाट विभिन्न समयमा करिव ३८ क्वीन्टल सुन नेपाल भित्रिएको स्वयम् प्रहरीको अनुमान छ । यहा“ सुन तस्करीका मुख्य नाइके गोरे पक्राउ परे भन्दा पनि उनलाई संरक्षण गर्ने र सघाउनेहरु को–को तानिने हुन अझै हेर्न बाँकी नै छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी गरी ल्याइएको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ अन्तत ः पक्राउ परे । गृह मन्त्रालयको छानबिन समितिको अनुसार गोरेलाई भारतबाट पक्राउ गरिएको थियो । उनलाई सोमबार पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याइएको थियो । गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी मुख्य अभियुक्त गोरेलाई सार्वजनिक गरियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि यो घटना बाहिर आएको थियो । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए । अन्तत ः उनलाई पक्राउ गरियो । बैशाख १८ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएका मध्ये २९ जना भने पक्राउ परिसकेका थिए । हाल उनीहरुको मुद्दाबारे अदालतमा बहस जारी छ । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको थियो ।
उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मुल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ ।
आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।
गत माघ ७ गते दुबईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो ।
हराएको उक्त सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।
मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात ‘गोल्ड डन’ पनि भनिन्छ । नेता, व्यापारी र प्रहरीका उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए । सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए । त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो ।
उच्च तहका नेतासँग हिमचिम बढाउन थाले उनले । उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिन थाले । स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएका थिए । लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै पनि आएका थिए ।
फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि सुन लुकाएको आशंकामा गोरेले सनम शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए । उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो ।
धरानको जंगलमा सनम शाक्यको हत्या भएपछि सुन तस्कर ‘गोरे’ ले शवको फोटो सई बालकृष्ण सञ्जेलाई पठाएको पाईएको छ । उक्त कुराको जानकारी सञ्जेलले अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीलाई समेत जानकारी गराएका थिए ।
गम्भिर घटनाको जानकारी पाएका लोहनीले स्थानीय प्रहरीलाई सूचना दिएर तत्काल चुडामणि उप्रेती ‘गोरे’ सहितका प्रतिवादीहरुलाई पक्राउ गर्नसक्ने अवस्था भएपछि काठमाडौंबाट प्रहरी पठाउँदै ८ घण्टा ढिलोगरी घटनास्थल पुगेको भन्दै सुन तस्करी छानविन समितिले लोहनीलाई दोषी ठहर गरेको छ । अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र सुन तस्कर ‘गोरे’ बीच दुई बर्ष अघीदेखि संगत रहेको कुरा समितिसमक्ष बयान दिने क्रममा सञ्जेल आफैंले स्विकार गरेका छन् । ०७३ पुस २३ गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल हुँदै आएको साढे ३३ किलो सुन प्रकरणमा ‘गोरे’ जिल्ला अदालत काठमाडौंको फरार सूचीमा रहेको तथ्य अपराध महाशाखा प्रमुख लोहनी र सञ्जेल दुवै जानकार रहेको बताईएको छ ।
सनमको हत्या भएको खबरसँगै धरान जाने क्रममा प्रतिवादीहरु प्रजित केसी, बालकृष्ण सञ्जेल र प्रतिवादी ‘गोरे’ भन्ने चुडामणि उप्रेतीबीच बाटोमा निकै पटक फोन सम्पर्क भएको, शव वेपत्ता पारी केश मिलाए बापत शुरुमा पाँच करोडको प्रस्ताव भएपनि डिल दुई करोडमा भएको तथ्य प्रतिवादीहरुले स्वीकार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ । गोरेकै अगुवाईमा चार वर्षदेखि करिब ३८ क्वीन्टल सुन नेपालको एयरपोर्टबाट भित्रिएको तथ्य छानविन समितिले पत्ता लगाएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वको छानविन समितिले गोरेले करिब ३८ क्वीन्टल सुन नेपाल भित्र्याएको निष्कर्ष निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्