ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणकोे चपेटामा


एबीसी न्यूज
१३ जेष्ठ २०७५, आइतबार   १० : ५२   बजे

मनाङ, १३ जेठ ।   विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ ।

सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् । यस ताल जाने बाटोको छेउछाउमा पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले भरिन थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्ट छरिएको देख्न सकिन्छ ।

त्यस्तै, बेसक्याम्पबाट ताल वरिपरि फोहरका डङ्गुरहरु छरपस्ट छरिएका छन् । विगत केही वर्षयता आन्तरिक पर्यटकको चाप बढेसँगै तिलिचो ताल र आसपासको क्षेत्रमा फोहर मात्र बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसासी र स्थानीय समुदायले फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखेता पनि खासै प्रयोगमा भने आउन सकेको छैन ।

विदेशीले आफूले खाएका चीजबीजका खोल झोलामा बोकेर डस्टबिनमा फाल्ने गर्छन् तर आन्तरिक पर्यटकले भने जथाभावी फाल्ने गरेका छन् । यसरी पर्यटकले प्रयोग गरी जथाभावी फालेका फोहरले तिलिचो तालको वातावरण बिग्रीएको होटल व्यवसायीको गुनासो छ । म वर्षै पिच्छे तिलिचो आउने गर्छु, पोहोरको तुलनामा अहिले तालको आसपासमा बढी फोहर भएको पाएँ । जसले गर्दा ताल वरिपरिको वातावरण धेरै प्रदूषित भएको छ । समयमा नै सचेत नगराउने हो भने तालको अस्तित्व नै धरापमा पर्ने ट्रेकिङ गाइड रामु अधिकारीले बताउनुभयो ।

समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणकोे चपेटामा पर्ने तयरीमा रहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पु¥याउनु आवश्यक छ । तालको संरक्षण र ताल वरिपरिको वातावरणको संरक्षणमा सबै सचेत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu