ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्यो तारे होटलको संख्या, क्यासिनो र मिनीक्यासिनो पनि थपियो


admin
१३ जेष्ठ २०७५, आइतबार   ८ : ०९   बजे

काठमाडौँ, १३ जेठ । सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ । यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो ।

संघीय संसद्मा आज अर्थमन्त्रीले पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार आलु आवको आठ महिनामा तारा स्तरको होटल संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३÷७४ मा तारा स्तरको होटल संख्या १२० थियो ।

तारास्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३÷७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन् ।

तारा स्तरका होटलको शय्या संख्या आव २०७३÷७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार तारा होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ । सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ ।

गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन् ।

पर्यटनबाट ५८ अर्ब आम्दानी 

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा लिइने पर्यटन क्षेत्रबाट ५८ अर्ब भन्दा बढी विदेशी मुद्रा आर्जन भएको छ ।

आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार पर्यटन क्षेत्रबाट रु ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको पाइएको हो । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल गाह्स्थ उत्पादनको अनुपातमा २.३ प्रतिशत हो ।

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.४ प्रतिशत, कूल वस्तु निर्यात एवं सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २५.४ प्रतिशत र आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।

पर्यटकको बसाइँ अवधि घट्दै खर्च बढ्दै 

अघिल्लो वर्षको तुलनमा नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घटेको छ । बसाइँ अवधिमा खर्च भने बढ्दै गएको देखिन्छ । सन् २०१७ माप्रति पर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको छ भने प्रतिदिन प्रतिपर्यटक खर्च ५४ अमेरिकी डलर छ । सन् २०१६ मा प्रतिपर्यटक बसाइँ अवधि औसत १३.४ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ५३ अमेरिकी डलर थियो ।

यसरी सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको औसत बसाइँ अवधि घटेको छ । सन् २०१७ मा करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu