ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसरी बच्ने स्वाइन फ्लूको संक्रमणबाट (भिडियो)


admin
२७ श्रावण २०७४, शुक्रबार   १० : ३७   बजे

काठमाडौं, २७ साउन । अशिक्षाकै कारण धेरै मानिसलाई विभिन्न किसिमका रोग लाग्ने गरेको छ । त्यति मात्र होइन रोगबारे राम्रो जानकारी नहुनु वा जानकारी नलिएका कारण पनि धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ । पछिल्लो समय देशका विभिन्न जिल्लामा फैलिएको मौसमी रुघाखोकीबारे पनि धेरै मानिसलाई थाहा छैन । स्वाइन फ्लूको संक्रमण फैलिएकोबारे धेरैलाई थाहा छ । तर, आफुलाई कुन संक्रमण लागेको भन्ने कमलाई मात्रै थाहा हुन्छ ।

कतिपय मानिसलाई पहिले स्वाइन फ्लू भनिएको इन्फ्लूएञ्जाको संक्रमण समेत हुनसक्छ । तर, सामान्य रुघाखोकी जस्तै हुने भएकाले धेरैले आफुलाई इन्फ्लूएञ्जा भएको थाहा नहुनु स्वभाविक हो । समान्य भए पनि इन्फ्लूएञ्जाको संक्रमणबाट मानिसको ज्यान जान सक्छ । केही व्यक्तिको ज्यान समेत गइसकेको छ । तर, आम नागरिकलाई इन्फ्लूएञ्जाबाट कसरी बच्ने भन्नेबारे थाहा छैन ।

देशभर पछिल्लो समय स्वाइन फ्लू अर्थात मौसमी रुघाखोकीको संक्रम फैलिएको हल्ला छ । केही व्यक्तिको यो संक्रमणबाट मृतु भएपछि मात्र यो हल्ला फैलिएको छ । बजारमा स्वाइन फ्लूको हल्ल फैलिएपछि पछिल्लो समय स्वास्थ्य जाँच गराउनेको संख्या बढेको छ । आफुलाई स्वाइन फ्लू लागेको हुनसक्ने आशंका गर्नेहरु मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन् । एक महिनायता सामान्य रुघा खोकी र ज्वरो आएकाहरु स्वाइनफ्लुको आशंकाले अस्पताल पुग्ने गरेको चिकित्सकहरु बताउँछन् । काठमाडांैको टेकुमा रहेको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा समेत रुघाखोजी लागेपछि स्वाइन फ्लू भएको आशंकामा स्थास्थ्य जाँच गराउनेको संख्या बढेको छ ।

कसरी बच्ने ?
चिकित्सकका अनुसार कोही व्यक्तिले खोक्दा, हाछ्यू गर्दा सफा कपडा वा रुमालले नाक, मुख छोप्ने गर्नुपर्छ । साबुन पानीले मिचिमिची हात धुने, पोषिलो र झोलिलो पदार्थ प्रशस्त मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, ज्वरो आएको व्यक्ति खुल्ला तथा हावा ओहोरदोहोर हुने कोठामा बस्नुपर्छ । विरामी व्यक्ति अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा जानु हुँदैन । घरेलु विधीबाट उपचार गर्दा पनि निको नभएमा तत्कालै नजिकैको स्वास्थ्य केन्द्र तथा अस्पतालमा गई स्वास्थ्य जाँच गराएर उपचार गराउनु पर्छ । विरामी व्यक्ति वा शंकास्पद व्यक्तिसंग सकभर संगै नबस्ने, आंखा, नाक तथा मुखमा अनावश्यक हात नलैजाने, सकभर अरु व्यक्तिसंग हात नमिलाउने, संक्रमित ब्यक्तिले प्रयोग गरेको रुमाल, तौलिवा वा कपडा प्रयोग नगर्ने जस्ता सावधानी अपनाउनु पर्ने चिकित्सकको सल्लाह छ ।

मानिसले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सजग हुनु राम्रो हो । तर, हल्लाकै भरमा सामान्य रुघाखोकी लागेकै भरमा आतिनु पर्ने अवस्था नरहेको चिकित्सकको भनाइ छ । इन्फ्लूएञ्जा संक्रमित मध्ये १० प्रतिशलाई मात्र इन्फ्लूएञ्जा–ए को संक्रमण हुने गरेको चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार इन्फ्लूएञ्जा–बी र सीको संक्रमण भएका व्यक्ति सामान्य उपचार गरे पनि निको हुन्छन् । तर, इन्फ्लूएञ्जा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट तिब्र गतिमा सर्ने भएकाले संक्रमित ब्यक्तिबाट टाढा रहनु नै यसबाट बच्ने उत्तम उपाय रहेको चिकित्सकको भनाइ छ ।

इन्फ्लूएञ्जा–ए तिब्र गतिमा सर्ने संक्रमण भएकाले छाटो समयमा धेरै मानिसमा सर्न सक्छ । त्यसैले इन्फ्लूएञ्जा संक्रमितलाई अलग्गै राखेर उपचार गरिनु पर्ने हो । तर, देशका सबै क्षेत्रमा यो रोग पत्ता लगाउने प्रविधि नभएकाले अहिले सबैलाई एकै ठाउँमा राखेर स्वास्थ्य जाँच गराउने गरिएको छ । निजी स्थास्थ्य संस्थाहरुले समेत यो संक्रमणको जाँच र उपाचार गर्छन् । तर, सरकारले भने अहिले देशका तीन स्थानबाट मात्र यो संक्रमण जाच्ने गरेको छ ।

इन्फ्लूएञ्जा संक्रमित मध्ये ९० प्रतिशत ब्यक्ति आफै निको हुने गरेको चिकित्सकको भनाइ छ । ती व्यक्तिहरु इन्फ्लूएञ्जा–बी र सी का संक्रमितहरु हुन । अन्य १० प्रतिशलाई भने इन्फ्लूएञ्जा–ए को संक्रमण हुने गरेको सरकारी तथ्याङ्क छ । त्यसैले रुघाखोकी लाग्दैमा त्रसित भइहाल्नु पर्ने अवस्था नरहेको रोग नियमन्त्रण महाशाखाले जानकराी दिएको छ । तर, चिकित्सकले भने सबैले सजकता अउनागनु पर्ने सुझावा दिने गरेका छन् ।

हाम्रो देशमा ज्यान गुमाउनु प्राणघातक रोग लाग्नु पर्दैन । सामान्य रुघाखोकी र झाडा पखालाकै कारण वर्षेनी धेरै मानिसले ज्यान गुमाइरहेका छन् । यसका सबै कारण आसावधानी हो । समयमै सावधान भएर स्वास्थ्य जाँच गरी उपचार गर्ने हो भने कसैले पनि सामान्य संक्रमणबाट ज्यान गुमाउनु पर्दैन । समान्य संक्रमणबाट मानिसले ज्यानु गुमाउनुका विभिन्न कारणहरु छन् । धेरै मानिस त अशिक्षाकै कारण पनि ज्यान गुमाउन बाध्य छन् ।

मानिसलाई सामान्यतय रुघाखोकी लागिरहन्छ । त्यसैले मानिसहरु आफै निको हुने भ्रममा परेर उपचार गर्दैनन् । त्यस्ता मानिसलाई इन्फ्लूएञ्जा जस्ता सामान्य तर ज्यानै लिनसक्ने संक्रमण पनि भएको हुनसक्छ । यस्तै कारणले वर्षेनी इन्फ्लूएञ्जाबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् । तर, सबैले बुझ्नस पर्ने कुरा के हो भने नियमिते स्वास्थ्य जाँच गराउनु पर्छ । नियमति स्वास्थ्य जाँच गराएर सजक बन्ने हो भने कसैले पनि अकालमै ज्यान गुमाउनु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu