देशको सबैभन्दा पुरानो विश्वविद्यालय, देशको सबैभन्दा ठूलो विश्वविद्यालय । यतिमात्र होइन विश्वकै ठूला विश्वविद्यालयमध्ये एक त्रिभुवन विश्वविद्यालय । हामी, यस विश्वविद्यालयको बारेमा निरन्तर बोलिरहेका छौं । कुनै समयको शसक्त त्रिवि किन आज कमजोर भयो ? कुनै समयको शक्तिशाली त्रिविको सर्टिफिकेट आज किन प्रतिस्पर्धा गर्न नसक्ने भयो ? त्रिविलाई सांच्चि नै विश्वका प्रतिस्पर्धी विश्वविद्यालय सरह बनाउन के ले रोकेको छ ? त्रिविलाई देशको मानक विश्वविद्यालय बनाउन रोक्ने प्रवृत्तिहरु के के हुन्, त्रिविलाई कमजोर बनाउनेहरु विरुद्ध सबैतिरबाट अभियान निरन्तर चलाउन जरुरी छ ।
गन्जागोल त्रिविविसं . २०१६ साल असार ३० स्थापना गते भएको हो त्रिभुवन विश्वविद्यालय । मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिएको छ । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ बमोजिम सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता मिलेको हो । तर सरकारले केन्द्रीय विश्वविद्यालयको मान्यता दिए पनि त्रिविको अवस्था भने अपेक्षाकृत कमजोर छ ।
विश्वविद्यँलयहरुको पनि विश्वविद्यालयको हैसियत प्राप्त छ त्रिभुवन विश्वविद्यालयसंग । नेपालको शैक्षिक जनशक्ति उत्पादन गर्ने पहिलो शान बन्नुपर्ने हो यो विश्वविद्यालय । तर अनेकौं समस्या र चरम राजनीतिकरणले गिजोलिंदै जांदा त्रिविको शैक्षिक गुणस्तरसमेत दिनप्रतिदिन खस्किंदै गएको छ । ६ दशक बढी लामो शैक्षिक यात्रा पार गरेको विश्वविद्यालय समय सापेक्ष चल्न सकेको छैन । प्रजातन्त्रको पुर्नवहालीपछि सुरु भएको राजनीतिक हस्तक्षेपले देशकै प्रमुख प्राज्ञिक थलो वर्षाेदेखि कचहरी थलोको रुपमा बदलिएको छ ।
त्रिभुवन विश्वविद्यालयमा ६० आङ्गिक र ११ सय सम्बन्धन प्राप्त क्याम्पसमा करिब ८ हजार शिक्षक र सात हजार बढी कर्मचारी कार्यरत रहेका छन् । झण्डै ४ लाख विद्यार्थी अध्ययनरत छन् त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा । नेपालकै जेठा विश्व विद्यालयको केन्द्रीय क्याम्पसदेखि त्रिवि केन्द्रीय प्रशासन भने लथालिंग छ । नेपालमा अध्ययन गर्ने शैक्षिक संस्थाहरूको अभावमा अध्ययनकै लागि बाहिरिने प्रवृत्तिलाई रोक्दै देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य र उद्देश्य लिई त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो । तर राष्ट्रिय राजनीतिमा भएको परिवर्तनसंगै विश्वविद्यालयमा समेत राजनीतिक भागबण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराले गर्दा यस विश्वविद्यालयले उद्देश्य अनुरूप काम गर्न सकेको छैन । कामचोर प्रवृत्तिको विकास हुंदा विश्विद्यालयको समग्र हैसियत खस्खिंदै गएको छ ।
यौटा यस्तो विश्वविद्यालय, जहां शिक्षकले पढाउदैनन्, हांजिर गर्ने निजी शिक्षणसंस्थामा टाप कस्ने, कर्मचारी काम नगर्ने, गरेपनि विद्यार्थीलाई सधै हैरानी दिने, अनि विद्यार्थी नपढ्ने राजनीतिकरणमा हावी हुने । विद्यविद्यालयका अनुसन्धानमुलक थेसिस विश्वविद्यालय प्राङ्गणभित्रै बेचविखन हुने । अनि परीक्षामा उच्च अंकाका साथ सर्टिफिकेट प्राप्त गर्ने । यो विकृत मानसिकताले प्रशय पाउंदा विश्वविद्यालयका वास्तविका उत्पादनयोग्य जनशक्ति पछि परेको छ । जसका कारण वास्तविक शैक्षिक जनशक्ति पछि परेको छ ।
विश्वविद्यालयका कर्मचारी मैत्रिपूर्ण नबन्दा आम विद्यार्थीले दुःख पाउनुपरेको छ । ३८ संकायको अध्यापन हुने विश्वविद्यालयमा परीक्षा उत्तिर्ण गरेपनि प्रमाणपत्र पाउन महिनौ कुर्नपर्छ । दुर्गमबाट काठमाडौ आउने विद्यार्थीले कर्मचारीको चरम लापरवाहीकै कारण आर्थिक रुपमा बोझ व्यहोर्नु पर्छ । समयमै काम नहुदा भौतिक र मानसिक तनाव झेल्नु पर्छ ।
अहिले देशमा त्रिवि बाहेक काठमाडौं विश्विद्यालय नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायतका कयौं नयां विश्वविद्यालय स्थापना संचालनमा छन् । सबै विश्विद्यालय कुनै न कुनै रुपमा समस्याग्रस्त छन्, तर त्रिभुवन विश्वविद्यालयको हालत गतिलो छैन ।
राजनीतिक गुण्डागर्दीले विश्वविद्यालयको गरिमा ध्वस्त बनाइएको छ । लाखौ विद्यार्थीको धरोहर विश्वविद्यालय विद्याको मन्दिर भन्दा पनि दलका कार्यकर्ता भर्ती गर्ने र सधै कचहरी निम्त्याउने थलोको रुपमा स्थापित हुदै गएको छ । त्रिभुवन विश्वविद्यालयभित्रको अराजनीतिक गतिविधिलाई सुधार्न भन्दै धेरै प्रशासकहरु नियुक्त भएका छन् राजनीतिक भागबण्डामा । राजनीतिक आस्था र विचार सबैमा हुन्छ त्यसलाई अस्वीकार गर्न नसकिएला । यो लोकतन्त्रको सुन्दर पक्ष्ँ पनि हो । तर निहित स्वार्थमा विश्वविद्यालय जस्तो गरिमाको थलोमा रडाको मच्चाउनु दुनियांमा कतै भेटिदैन । नेपालकै जेठो विश्वविद्यालयमा यस्तो रडाको र उद्दण्डता भेट्न कुनै कठिन छैन । सधै राजनीतिक उदण्डताले वर्षाैदेखि विश्वविद्यालय धमिलिएको छ । विश्वविद्यालयको नीति उद्देश्य सबै टोकरीमा मिल्काइएको छ । अनि तहस नहस बनाइएको छ । जसलाई राजनीतिले मौन समर्थन गरिरहेका छ ।
भद्रगोल सुधार्ला त्रिवि प्रशासन ?
हाल देशमा नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी र मध्यपश्चिम लगायतका नयँ विश्वविद्यालय स्थापना भएका छन् । अन्य विद्यालय खुलेपनि विद्यार्थी भर्ना चाप, क्याम्पस वार्षिक बजेट र कार्यक्रम आदिको पक्षबाट हेर्दा उच्च शिक्षा प्रदान गर्ने क्रममा त्रिभुवन विश्वविद्यालय निकै बलियो छ । तर विश्वविद्यालयमाथि हुदै आएका चरम राजनीतिले उदेश्य अनुसार चल्ने अवस्थामा रहन सकेको छैन त्रिभुवन विश्वविद्यालय । तर, सुधारको बाटोमा अघि बढेको विश्विद्यालय प्रशासनले दाबी गरेको छ ।
विश्वविद्यालय करिब अढाइ दशक यता विश्वविद्यालय चरम राजनीतिको घेरामा बल्झिएको छ । स्रोत साधन योजनाले निकै कामयवी बन्न सक्ने भए पनि आन्तरिक सुशासन नराम्ररी मक्किएको छ । दक्ष योग्य जनशक्ति उत्पादन गर्नेसंगै उत्पादित जनशक्तिका लागि आवश्यक मानक प्रमाणपत्र दिन नै त्रिविलाई महिनौ लाग्छ, भने अन्य सेवा कस्ता होलान् । जोकोहीले पनि मजाले अन्दाज गर्न सक्छ कि त्रिवि भित्रभित्रै राजनीतिक धमिरोले गलिसकेको छ ।
राजनीतिक निहित स्वार्थले स्रोत साधन योजना जति नै बलियो भएपनि विश्वविद्यालय सेवामा गुणस्तरीयता र विश्वसनीयता कायम गर्न सक्षम देखिएको छैन । विश्वविद्यालयले समयसापेक्ष शैक्षिक गतिविधिमा सुधार गर्न भन्दैे कीर्तिपुर केन्द्रीय क्याम्पसबाटै सेमेष्टर सिष्टम लागू गरेको छ । विगतमा हुदै आएको एनुअल सिस्टमको अन्त गर्देै सेमष्टर प्रणाली लागु भएको थियो । सेमष्टार प्रणालीपछि केही सुधारका संकेत त छन्, तर सन्तोष मान्ने स्थिति छैन । भौतिक पूर्वाधा र जनशक्ति छ, तर सेवा शुन्य जस्तै छ । शिक्षक विद्यार्थी कर्मचारी विश्व विद्यालय पुग्छन् तर अध्यापन अध्ययन र काम नै गर्दैनन् । यस्तो प्रवृत्ति आजको होइन हिजोदेखिको हो ।
अध्ययनशिल विद्यार्थीको लागि अध्ययनको वातावरण नै छैन । जताततै दलका झण्डावालहरुको बोलवाला छ । दलनिकट ट्रेड युनियनले घेराबन्दीमा परेको छ त्रिभुवन विश्वद्यिालय । विद्यार्थी नेता विद्यार्थीको समस्या हल भन्दा आफ्नै भागका लागि तछाडमछाड गर्छन् । तर विद्यार्थी समयमा पढ्न पाउदैन, समयमै प्रमाणपत्र समेत पाउदैनन, त्यसैका लागि विद्यार्थीले धेरै चक्कर लगाउनुपर्छ । सर्वत्र भद्रगोलले विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रेरणा होइन, थप निराश बनाउछ विश्वविद्यालय वर्तमान वातावरणले ।
त्रिभुवन विश्वविद्यालयमा हुने गरेको राजनीतिक नियुक्ति रोकी ज्येष्ठता र अनुभवका आधारमा पदाधिकारी नियुक्ति गरिनु अपरिहार्य भइसकेको छ । अधिकांश समय राजनीतिक खिचातानीका कारण नियुक्ति, सरुवा, बढुवा नहुनु, पाठ्यक्रमअनुसार परीक्षा समयमै सञ्चालन गर्न नसक्नु र परीक्षाफल समेत प्रकाशित गर्न नसक्नु विश्वविद्यालयको नियती जस्तै भएको छ ।
राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक र कर्मचारीहरू नियुक्ति सरुवा, बढुवा गर्नेजस्ता गलत प्रवृति ज्यूको त्य“ू छ विश्वविद्यालय भित्र । नेपालभरै छरिएर रहेका सम्बन्धन र आङ्गिक क्याम्पसहरूलाई समेत समय सापेक्ष तालिम गोष्ठी राखी शिक्षा क्षेत्रमा आधुनिक प्रवृत्ति, प्रविधिको जानकारीसहित उत्प्रेरित गर्नुपर्ने हो । तर त्यो पनि गर्न सकिरहेको छैन विश्वविद्यालय । विश्वविद्यालयको साख जोगाइराख्न र अझ अघि बढाउन सबै पक्षसंग समन्वयात्मक भूमिका निर्वाह गर्दै शैक्षिक क्यालेण्डर लागू गर्नु आवश्यक छ ।
त्रि.वि. ऐन नियमलाई समेत समय सापेक्ष परिमार्जन गरी राजनीतिक हस्तक्षेप रोक्ने र ट्रेड युनियनअन्तर्गत खोलिएका संस्थालाई बन्दै गराउन सकेमा सुधार हुन सक्ने धेरैको मत छ । विश्वविद्यालय प्रशासनले पनि बिस्तारै सुधारको बाटोमा लागेको दावी गरेको छ ।
झन्झट हल होला ?
विकेन्द्रीकरण ऐन २०४९ लागू गरि समयसपेक्ष शिक्षा प्रदान गर्ने दायित्व दिएको छ विश्वविद्यालयलाई । ६ दशक लामो इतिहास बोकेको विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा सजिलै खपत हुनु पर्ने हो । तर राजनीतिक गन्जागोलको भूमरीमा फसेको विश्वविद्यालयले उद्देश्य अनुरुप क्षमता प्रदर्शन गर्न सकेको छैन । विश्वविद्यालयको जिम्मेवारी बोकेर विश्वविद्यालय प्रशासनमा प्रवेश गर्नेले केही सुधार गर्ने प्रयास नगरेका पनि होइनन् । तर चौतर्फी घेराबन्दीको मारमा जति सपार्ने योजना बनेपनि पुरा हुदैनन् । नेतृत्वको सपना निराशामा बदलिएको छ । विश्वविद्यालय सुधार्न भन्दै बिग्रेकैमा सबै सन्तुष्ट देखिन्छन् तर त्यसको पहिलो मार सुनौलो भविष्यको सपना बोकेर केन्द्रीय विश्वविद्यालय छिरको दुर्गमको विद्यार्थीले खेप्दै आएको छ ।
यद्यपी पछिल्लो राजनीतिक स्थिरताले सबै क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको बेला विश्वविद्यालय प्रशासन विद्यार्थी केन्द्रीत कार्यक्रमका साथ अघि बढेको देखिन्छ । एनुअल सिस्टमबाट सेमेष्टार सिस्टमहुदै इएमएस प्रणालीबाट सहजै उत्तिर्ण प्रमाण पत्र दिने घोषणा गरेको छ । प्रमाण पत्र दिने नयां प्रणाली शुरु गर्नु सामान्य नै होला । तर सर्वत्र लथालिंग बनेको विश्वविद्यालयले थालेको कदमले केही भरोसा भने अवस्य थप्ने विश्वास छ धेरैको ।
मुलुककै जेठो विश्वविद्यालयले उत्तिर्ण प्रमाणपत्र दिनु पनि पहाड भत्काउनु सरी छ यतिबेला । विद्यार्थीको अभिलेखको आधारमा दिन कुनै कठिन होइन । तर संस्थागत कमजोरीका कारण अभिलेखालयहरु व्यवस्थित छैनन् । कम्प्युटर प्रविधिको जमानामा पनि पुरानै ढर्राका कर्मचारी काम गर्छन् यहां । निजी लाभ र हानीमा मात्र काम गर्ने तर दायित्वबोधविहिन् कर्मचारीले विश्वविद्यालय धराशयी भएको पक्कै हो । सङ्गठनात्मक सुदृढता तथा संस्थागत क्षमताको विकास गरी यसको उन्नतिमा सघाउ पु¥याउने मूल उद्देश्यका साथ ऐन नीति निमय नबनेका पनि होइनन् तर नीति पद्दती नै नमान्ने भएपछि सबै निस्काम भएका हुन् विश्वविद्यालयका अगाडि ।
आङ्गिक क्याम्पसहरूको संस्थागत कार्य सञ्चालन र विकासका लागि समूचित स्वायत्तता तथा अधिकारलाई एकआपसमा आबद्ध गराई क्याम्पस तथा अनुसन्धान केन्द्रहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनु यसको उद्देश्य रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले समय सापेक्ष वैज्ञानिकीकरण र प्रविधिलाई प्रयोग गर्दै विगत तीन वर्षदेखि कम्प्युटर प्रविधिमार्फत परीक्षा लिने कार्य गरिरहेको छ । त्यस्तैगरी चिकित्साशास्त्र अध्ययन संस्थानले पनि दक्ष चिकित्सक उत्पादनमा टेवा पु-याउदै विश्व विद्यालयको सानोतिनो साखसम्म जोगाइदिएको छ । तर भरपर्दाे भने अवस्य छैन ।
थुप्रै भौतिक संरचना, जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग हुन नसकेको सन्दर्भमा समेत यो विश्वविद्यालयले त्यस्ता भौतिक संरचना लिजमा दिई आम्दानीको स्रोत दह्रो बनाउनुपर्छ । विश्वविद्यालयको मुख्य आय स्रोत भन्नु नै विद्यार्थीहरू नै हुन् । उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु विश्वविद्यालयको कर्तव्य हो । विश्वविद्यालयमा हुने गरेको चर्को राजनीतिका कारण धेरै समयसम्म तालाबन्दीमा गुज्रिनु पर्दा विद्यार्थीको शैक्षिक गतिविधिमा समेत नराम्ररी असर पुगेको तथ्य छर्लङ्ग छ । यहा“ रहेका प्राध्यापक, कर्मचारी र विभिन्न संघसङ्गठनले बेलाबेलामा विभिन्न माग राखी आन्दोलन गर्दा शैक्षिक उन्नयनमा अवरोध खडा हुने गरेको छ । विश्वविद्यालयले आगामी दिनमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समन्वयमा प्रगति र उन्नतिका लागि अगाडि बढ्नु उत्तम हुन्छ । विश्वविद्यालयमा बल्झिएका समस्यालाई सबैको सहकार्यमा सल्टाउने र समयसापेक्ष तर्फ उन्मुख गराउने विद्यमान त्रिभुवन विश्व विद्यालय नलागेको पनि होइन । तर लामो समयदेखि राजनीतिले गलेको विश्वविद्यालय सजिलैगरी सुधार हुने भने सम्भव छैन । तर विश्वविद्यालय प्रशासनले भने नयां परिस्थितिमा सुधार गर्ने पहल लिएको त्रिविका उपकुलपति प्रा.डा. तिर्थराज खनिया बताउछन् ।
पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले खुला तथा आन्तरिक विज्ञापन गरी नतिजासमेत प्रकाशित गर्ने महत्वपूर्ण कार्य गरेको छ । यस्ता कामलाई निरन्तरता दिइनुपर्छ । शिक्षामा राजनीति नगरी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो परिचय विश्वसामु राख्नु अर्को जिम्मेवारी हो विश्वविद्यालयको । शैक्षिक क्यालेण्डर अनुरूप परीक्षा लिने र परीक्षाफल समयमै प्रकाशित गर्ने, अन्तर्रा्ष्ट्रिय स्तरका विश्वविद्यालयहरूसंग शैक्षिक गतिविधि आदानप्रदान गर्दै विश्वविद्यालय अघि बढ्न सक्नुपर्छ ।
त्रिभुवन विश्वविद्यालयको हैसियत प्रतिस्पर्धी हो । त्रिविको परीक्षा प्रणाली समयानुकुल परिमार्जन गर्दै सेमेष्टर प्रणालीमा रुपान्तरण भए पनि वार्षिक प्रणाली पनि विदेशबाट मान्यताप्राप्त छ । लेखिए अनुसार पठाई नहुनु बेग्लै कुरा रह्यो, परिमार्जन नहुनु अलग्गै छलफलको विषय रह्यो, तर, त्रिविको पाठ्यक्रम पनि विदेशी विश्वविद्यालयबाट प्रशंशा प्राप्त पाठ्यक्रम नै हो । भौतिक सम्पति र जनशक्तिको कुरा गर्ने हो भने त्रिविलाई कसैले भेट्दैन । तर, पनि कैयौं वर्षसम्म त्रिविलाई मागिखाने भांडो मात्र बनाइयो । त्रिविलाई राजनीतिको प्लेटफर्म बनाइयो । जसका कारण त्रिविले साख मात्र गुमाएन सबैतिरबाट काख पनि गुमाउंदै गयो । सयौं वर्षसम्म संचालनमा रहेका विश्वका अन्य विश्वविद्यालयको तुलनामा त्रिविको इतिहास कम हो तर, सांच्चि नै त्रिविलाई सुधार गर्ने हो भने अन्तर्रा्ष्ट्रिय परिवेशअनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्नु आवश्यक छ । त्यसपछि मात्र त्रिविले छर्ने शैक्षिक उज्यालो बढ्नसक्ने छ ।
प्रतिक्रिया दिनुहोस्