ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिकरणले थलिएको छ देशकै केन्द्रीय विश्वविद्यालय


admin
२१ जेष्ठ २०७५, सोमबार   ५ : ३८   बजे

देशको सबैभन्दा पुरानो विश्वविद्यालय, देशको सबैभन्दा ठूलो विश्वविद्यालय । यतिमात्र होइन विश्वकै ठूला विश्वविद्यालयमध्ये एक त्रिभुवन विश्वविद्यालय । हामी, यस विश्वविद्यालयको बारेमा निरन्तर बोलिरहेका छौं । कुनै समयको शसक्त त्रिवि किन आज कमजोर भयो ? कुनै समयको शक्तिशाली त्रिविको सर्टिफिकेट आज किन प्रतिस्पर्धा गर्न नसक्ने भयो ? त्रिविलाई सांच्चि नै विश्वका प्रतिस्पर्धी विश्वविद्यालय सरह बनाउन के ले रोकेको छ ? त्रिविलाई देशको मानक विश्वविद्यालय बनाउन रोक्ने प्रवृत्तिहरु के के हुन्, त्रिविलाई कमजोर बनाउनेहरु विरुद्ध सबैतिरबाट अभियान निरन्तर चलाउन जरुरी छ ।

गन्जागोल त्रिविविसं . २०१६ साल असार ३० स्थापना गते भएको हो त्रिभुवन विश्वविद्यालय । मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयलाई नेपाल सरकारले २०६९ मा केन्द्रीय विश्वविद्यालयको मान्यता दिएको छ । त्रिभुवन विश्वविद्यालय ऐन २०४९ बमोजिम सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा मान्यता मिलेको हो । तर सरकारले केन्द्रीय विश्वविद्यालयको मान्यता दिए पनि त्रिविको अवस्था भने अपेक्षाकृत कमजोर छ ।

विश्वविद्यँलयहरुको पनि विश्वविद्यालयको हैसियत प्राप्त छ त्रिभुवन विश्वविद्यालयसंग । नेपालको शैक्षिक जनशक्ति उत्पादन गर्ने पहिलो शान बन्नुपर्ने हो यो विश्वविद्यालय । तर अनेकौं समस्या र चरम राजनीतिकरणले गिजोलिंदै जांदा त्रिविको शैक्षिक गुणस्तरसमेत दिनप्रतिदिन खस्किंदै गएको छ । ६ दशक बढी लामो शैक्षिक यात्रा पार गरेको विश्वविद्यालय समय सापेक्ष चल्न सकेको छैन । प्रजातन्त्रको पुर्नवहालीपछि सुरु भएको राजनीतिक हस्तक्षेपले देशकै प्रमुख प्राज्ञिक थलो वर्षाेदेखि कचहरी थलोको रुपमा बदलिएको छ ।

त्रिभुवन विश्वविद्यालयमा ६० आङ्गिक र ११ सय सम्बन्धन प्राप्त क्याम्पसमा करिब ८ हजार शिक्षक र सात हजार बढी कर्मचारी कार्यरत रहेका छन् । झण्डै ४ लाख विद्यार्थी अध्ययनरत छन् त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा । नेपालकै जेठा विश्व विद्यालयको केन्द्रीय क्याम्पसदेखि त्रिवि केन्द्रीय प्रशासन भने लथालिंग छ । नेपालमा अध्ययन गर्ने शैक्षिक संस्थाहरूको अभावमा अध्ययनकै लागि बाहिरिने प्रवृत्तिलाई रोक्दै देशभित्रै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य र उद्देश्य लिई त्रिभुवन विश्वविद्यालय स्थापना भएको हो । तर राष्ट्रिय राजनीतिमा भएको परिवर्तनसंगै विश्वविद्यालयमा समेत राजनीतिक भागबण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराले गर्दा यस विश्वविद्यालयले उद्देश्य अनुरूप काम गर्न सकेको छैन । कामचोर प्रवृत्तिको विकास हुंदा विश्विद्यालयको समग्र हैसियत खस्खिंदै गएको छ ।

यौटा यस्तो विश्वविद्यालय, जहां शिक्षकले पढाउदैनन्, हांजिर गर्ने निजी शिक्षणसंस्थामा टाप कस्ने, कर्मचारी काम नगर्ने, गरेपनि विद्यार्थीलाई सधै हैरानी दिने, अनि विद्यार्थी नपढ्ने राजनीतिकरणमा हावी हुने । विद्यविद्यालयका अनुसन्धानमुलक थेसिस विश्वविद्यालय प्राङ्गणभित्रै बेचविखन हुने । अनि परीक्षामा उच्च अंकाका साथ सर्टिफिकेट प्राप्त गर्ने । यो विकृत मानसिकताले प्रशय पाउंदा विश्वविद्यालयका वास्तविका उत्पादनयोग्य जनशक्ति पछि परेको छ । जसका कारण वास्तविक शैक्षिक जनशक्ति पछि परेको छ ।

विश्वविद्यालयका कर्मचारी मैत्रिपूर्ण नबन्दा आम विद्यार्थीले दुःख पाउनुपरेको छ । ३८ संकायको अध्यापन हुने विश्वविद्यालयमा परीक्षा उत्तिर्ण गरेपनि प्रमाणपत्र पाउन महिनौ कुर्नपर्छ । दुर्गमबाट काठमाडौ आउने विद्यार्थीले कर्मचारीको चरम लापरवाहीकै कारण आर्थिक रुपमा बोझ व्यहोर्नु पर्छ । समयमै काम नहुदा भौतिक र मानसिक तनाव झेल्नु पर्छ ।

अहिले देशमा त्रिवि बाहेक काठमाडौं विश्विद्यालय नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि विश्वविद्यालय लगायतका कयौं नयां विश्वविद्यालय स्थापना संचालनमा छन् । सबै विश्विद्यालय कुनै न कुनै रुपमा समस्याग्रस्त छन्, तर त्रिभुवन विश्वविद्यालयको हालत गतिलो छैन ।

राजनीतिक गुण्डागर्दीले विश्वविद्यालयको गरिमा ध्वस्त बनाइएको छ । लाखौ विद्यार्थीको धरोहर विश्वविद्यालय विद्याको मन्दिर भन्दा पनि दलका कार्यकर्ता भर्ती गर्ने र सधै कचहरी निम्त्याउने थलोको रुपमा स्थापित हुदै गएको छ । त्रिभुवन विश्वविद्यालयभित्रको अराजनीतिक गतिविधिलाई सुधार्न भन्दै धेरै प्रशासकहरु नियुक्त भएका छन् राजनीतिक भागबण्डामा । राजनीतिक आस्था र विचार सबैमा हुन्छ त्यसलाई अस्वीकार गर्न नसकिएला । यो लोकतन्त्रको सुन्दर पक्ष्ँ पनि हो । तर निहित स्वार्थमा विश्वविद्यालय जस्तो गरिमाको थलोमा रडाको मच्चाउनु दुनियांमा कतै भेटिदैन । नेपालकै जेठो विश्वविद्यालयमा यस्तो रडाको र उद्दण्डता भेट्न कुनै कठिन छैन । सधै राजनीतिक उदण्डताले वर्षाैदेखि विश्वविद्यालय धमिलिएको छ । विश्वविद्यालयको नीति उद्देश्य सबै टोकरीमा मिल्काइएको छ । अनि तहस नहस बनाइएको छ । जसलाई राजनीतिले मौन समर्थन गरिरहेका छ ।

भद्रगोल सुधार्ला त्रिवि प्रशासन ?
हाल देशमा नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल, लुम्बिनी र मध्यपश्चिम लगायतका नयँ विश्वविद्यालय स्थापना भएका छन् । अन्य विद्यालय खुलेपनि विद्यार्थी भर्ना चाप, क्याम्पस वार्षिक बजेट र कार्यक्रम आदिको पक्षबाट हेर्दा उच्च शिक्षा प्रदान गर्ने क्रममा त्रिभुवन विश्वविद्यालय निकै बलियो छ । तर विश्वविद्यालयमाथि हुदै आएका चरम राजनीतिले उदेश्य अनुसार चल्ने अवस्थामा रहन सकेको छैन त्रिभुवन विश्वविद्यालय । तर, सुधारको बाटोमा अघि बढेको विश्विद्यालय प्रशासनले दाबी गरेको छ ।

विश्वविद्यालय करिब अढाइ दशक यता विश्वविद्यालय चरम राजनीतिको घेरामा बल्झिएको छ । स्रोत साधन योजनाले निकै कामयवी बन्न सक्ने भए पनि आन्तरिक सुशासन नराम्ररी मक्किएको छ । दक्ष योग्य जनशक्ति उत्पादन गर्नेसंगै उत्पादित जनशक्तिका लागि आवश्यक मानक प्रमाणपत्र दिन नै त्रिविलाई महिनौ लाग्छ, भने अन्य सेवा कस्ता होलान् । जोकोहीले पनि मजाले अन्दाज गर्न सक्छ कि त्रिवि भित्रभित्रै राजनीतिक धमिरोले गलिसकेको छ ।

राजनीतिक निहित स्वार्थले स्रोत साधन योजना जति नै बलियो भएपनि विश्वविद्यालय सेवामा गुणस्तरीयता र विश्वसनीयता कायम गर्न सक्षम देखिएको छैन । विश्वविद्यालयले समयसापेक्ष शैक्षिक गतिविधिमा सुधार गर्न भन्दैे कीर्तिपुर केन्द्रीय क्याम्पसबाटै सेमेष्टर सिष्टम लागू गरेको छ । विगतमा हुदै आएको एनुअल सिस्टमको अन्त गर्देै सेमष्टर प्रणाली लागु भएको थियो । सेमष्टार प्रणालीपछि केही सुधारका संकेत त छन्, तर सन्तोष मान्ने स्थिति छैन । भौतिक पूर्वाधा र जनशक्ति छ, तर सेवा शुन्य जस्तै छ । शिक्षक विद्यार्थी कर्मचारी विश्व विद्यालय पुग्छन् तर अध्यापन अध्ययन र काम नै गर्दैनन् । यस्तो प्रवृत्ति आजको होइन हिजोदेखिको हो ।

अध्ययनशिल विद्यार्थीको लागि अध्ययनको वातावरण नै छैन । जताततै दलका झण्डावालहरुको बोलवाला छ । दलनिकट ट्रेड युनियनले घेराबन्दीमा परेको छ त्रिभुवन विश्वद्यिालय । विद्यार्थी नेता विद्यार्थीको समस्या हल भन्दा आफ्नै भागका लागि तछाडमछाड गर्छन् । तर विद्यार्थी समयमा पढ्न पाउदैन, समयमै प्रमाणपत्र समेत पाउदैनन, त्यसैका लागि विद्यार्थीले धेरै चक्कर लगाउनुपर्छ । सर्वत्र भद्रगोलले विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रेरणा होइन, थप निराश बनाउछ विश्वविद्यालय वर्तमान वातावरणले ।

त्रिभुवन विश्वविद्यालयमा हुने गरेको राजनीतिक नियुक्ति रोकी ज्येष्ठता र अनुभवका आधारमा पदाधिकारी नियुक्ति गरिनु अपरिहार्य भइसकेको छ । अधिकांश समय राजनीतिक खिचातानीका कारण नियुक्ति, सरुवा, बढुवा नहुनु, पाठ्यक्रमअनुसार परीक्षा समयमै सञ्चालन गर्न नसक्नु र परीक्षाफल समेत प्रकाशित गर्न नसक्नु विश्वविद्यालयको नियती जस्तै भएको छ ।

राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक र कर्मचारीहरू नियुक्ति सरुवा, बढुवा गर्नेजस्ता गलत प्रवृति ज्यूको त्य“ू छ विश्वविद्यालय भित्र । नेपालभरै छरिएर रहेका सम्बन्धन र आङ्गिक क्याम्पसहरूलाई समेत समय सापेक्ष तालिम गोष्ठी राखी शिक्षा क्षेत्रमा आधुनिक प्रवृत्ति, प्रविधिको जानकारीसहित उत्प्रेरित गर्नुपर्ने हो । तर त्यो पनि गर्न सकिरहेको छैन विश्वविद्यालय । विश्वविद्यालयको साख जोगाइराख्न र अझ अघि बढाउन सबै पक्षसंग समन्वयात्मक भूमिका निर्वाह गर्दै शैक्षिक क्यालेण्डर लागू गर्नु आवश्यक छ ।

त्रि.वि. ऐन नियमलाई समेत समय सापेक्ष परिमार्जन गरी राजनीतिक हस्तक्षेप रोक्ने र ट्रेड युनियनअन्तर्गत खोलिएका संस्थालाई बन्दै गराउन सकेमा सुधार हुन सक्ने धेरैको मत छ । विश्वविद्यालय प्रशासनले पनि बिस्तारै सुधारको बाटोमा लागेको दावी गरेको छ ।

झन्झट हल होला ?
विकेन्द्रीकरण ऐन २०४९ लागू गरि समयसपेक्ष शिक्षा प्रदान गर्ने दायित्व दिएको छ विश्वविद्यालयलाई । ६ दशक लामो इतिहास बोकेको विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्व बजारमा सजिलै खपत हुनु पर्ने हो । तर राजनीतिक गन्जागोलको भूमरीमा फसेको विश्वविद्यालयले उद्देश्य अनुरुप क्षमता प्रदर्शन गर्न सकेको छैन । विश्वविद्यालयको जिम्मेवारी बोकेर विश्वविद्यालय प्रशासनमा प्रवेश गर्नेले केही सुधार गर्ने प्रयास नगरेका पनि होइनन् । तर चौतर्फी घेराबन्दीको मारमा जति सपार्ने योजना बनेपनि पुरा हुदैनन् । नेतृत्वको सपना निराशामा बदलिएको छ । विश्वविद्यालय सुधार्न भन्दै बिग्रेकैमा सबै सन्तुष्ट देखिन्छन् तर त्यसको पहिलो मार सुनौलो भविष्यको सपना बोकेर केन्द्रीय विश्वविद्यालय छिरको दुर्गमको विद्यार्थीले खेप्दै आएको छ ।

यद्यपी पछिल्लो राजनीतिक स्थिरताले सबै क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको बेला विश्वविद्यालय प्रशासन विद्यार्थी केन्द्रीत कार्यक्रमका साथ अघि बढेको देखिन्छ । एनुअल सिस्टमबाट सेमेष्टार सिस्टमहुदै इएमएस प्रणालीबाट सहजै उत्तिर्ण प्रमाण पत्र दिने घोषणा गरेको छ । प्रमाण पत्र दिने नयां प्रणाली शुरु गर्नु सामान्य नै होला । तर सर्वत्र लथालिंग बनेको विश्वविद्यालयले थालेको कदमले केही भरोसा भने अवस्य थप्ने विश्वास छ धेरैको ।

मुलुककै जेठो विश्वविद्यालयले उत्तिर्ण प्रमाणपत्र दिनु पनि पहाड भत्काउनु सरी छ यतिबेला । विद्यार्थीको अभिलेखको आधारमा दिन कुनै कठिन होइन । तर संस्थागत कमजोरीका कारण अभिलेखालयहरु व्यवस्थित छैनन् । कम्प्युटर प्रविधिको जमानामा पनि पुरानै ढर्राका कर्मचारी काम गर्छन् यहां । निजी लाभ र हानीमा मात्र काम गर्ने तर दायित्वबोधविहिन् कर्मचारीले विश्वविद्यालय धराशयी भएको पक्कै हो । सङ्गठनात्मक सुदृढता तथा संस्थागत क्षमताको विकास गरी यसको उन्नतिमा सघाउ पु¥याउने मूल उद्देश्यका साथ ऐन नीति निमय नबनेका पनि होइनन् तर नीति पद्दती नै नमान्ने भएपछि सबै निस्काम भएका हुन् विश्वविद्यालयका अगाडि ।

आङ्गिक क्याम्पसहरूको संस्थागत कार्य सञ्चालन र विकासका लागि समूचित स्वायत्तता तथा अधिकारलाई एकआपसमा आबद्ध गराई क्याम्पस तथा अनुसन्धान केन्द्रहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनु यसको उद्देश्य रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले समय सापेक्ष वैज्ञानिकीकरण र प्रविधिलाई प्रयोग गर्दै विगत तीन वर्षदेखि कम्प्युटर प्रविधिमार्फत परीक्षा लिने कार्य गरिरहेको छ । त्यस्तैगरी चिकित्साशास्त्र अध्ययन संस्थानले पनि दक्ष चिकित्सक उत्पादनमा टेवा पु-याउदै विश्व विद्यालयको सानोतिनो साखसम्म जोगाइदिएको छ । तर भरपर्दाे भने अवस्य छैन ।

थुप्रै भौतिक संरचना, जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग हुन नसकेको सन्दर्भमा समेत यो विश्वविद्यालयले त्यस्ता भौतिक संरचना लिजमा दिई आम्दानीको स्रोत दह्रो बनाउनुपर्छ । विश्वविद्यालयको मुख्य आय स्रोत भन्नु नै विद्यार्थीहरू नै हुन् । उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु विश्वविद्यालयको कर्तव्य हो । विश्वविद्यालयमा हुने गरेको चर्को राजनीतिका कारण धेरै समयसम्म तालाबन्दीमा गुज्रिनु पर्दा विद्यार्थीको शैक्षिक गतिविधिमा समेत नराम्ररी असर पुगेको तथ्य छर्लङ्ग छ । यहा“ रहेका प्राध्यापक, कर्मचारी र विभिन्न संघसङ्गठनले बेलाबेलामा विभिन्न माग राखी आन्दोलन गर्दा शैक्षिक उन्नयनमा अवरोध खडा हुने गरेको छ । विश्वविद्यालयले आगामी दिनमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको समन्वयमा प्रगति र उन्नतिका लागि अगाडि बढ्नु उत्तम हुन्छ । विश्वविद्यालयमा बल्झिएका समस्यालाई सबैको सहकार्यमा सल्टाउने र समयसापेक्ष तर्फ उन्मुख गराउने विद्यमान त्रिभुवन विश्व विद्यालय नलागेको पनि होइन । तर लामो समयदेखि राजनीतिले गलेको विश्वविद्यालय सजिलैगरी सुधार हुने भने सम्भव छैन । तर विश्वविद्यालय प्रशासनले भने नयां परिस्थितिमा सुधार गर्ने पहल लिएको त्रिविका उपकुलपति प्रा.डा. तिर्थराज खनिया बताउछन् ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले खुला तथा आन्तरिक विज्ञापन गरी नतिजासमेत प्रकाशित गर्ने महत्वपूर्ण कार्य गरेको छ । यस्ता कामलाई निरन्तरता दिइनुपर्छ । शिक्षामा राजनीति नगरी गुणस्तरीय शिक्षा प्रदान गरी आफ्नो परिचय विश्वसामु राख्नु अर्को जिम्मेवारी हो विश्वविद्यालयको । शैक्षिक क्यालेण्डर अनुरूप परीक्षा लिने र परीक्षाफल समयमै प्रकाशित गर्ने, अन्तर्रा्ष्ट्रिय स्तरका विश्वविद्यालयहरूसंग शैक्षिक गतिविधि आदानप्रदान गर्दै विश्वविद्यालय अघि बढ्न सक्नुपर्छ ।

त्रिभुवन विश्वविद्यालयको हैसियत प्रतिस्पर्धी हो । त्रिविको परीक्षा प्रणाली समयानुकुल परिमार्जन गर्दै सेमेष्टर प्रणालीमा रुपान्तरण भए पनि वार्षिक प्रणाली पनि विदेशबाट मान्यताप्राप्त छ । लेखिए अनुसार पठाई नहुनु बेग्लै कुरा रह्यो, परिमार्जन नहुनु अलग्गै छलफलको विषय रह्यो, तर, त्रिविको पाठ्यक्रम पनि विदेशी विश्वविद्यालयबाट प्रशंशा प्राप्त पाठ्यक्रम नै हो । भौतिक सम्पति र जनशक्तिको कुरा गर्ने हो भने त्रिविलाई कसैले भेट्दैन । तर, पनि कैयौं वर्षसम्म त्रिविलाई मागिखाने भांडो मात्र बनाइयो । त्रिविलाई राजनीतिको प्लेटफर्म बनाइयो । जसका कारण त्रिविले साख मात्र गुमाएन सबैतिरबाट काख पनि गुमाउंदै गयो । सयौं वर्षसम्म संचालनमा रहेका विश्वका अन्य विश्वविद्यालयको तुलनामा त्रिविको इतिहास कम हो तर, सांच्चि नै त्रिविलाई सुधार गर्ने हो भने अन्तर्रा्ष्ट्रिय परिवेशअनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्नु आवश्यक छ । त्यसपछि मात्र त्रिविले छर्ने शैक्षिक उज्यालो बढ्नसक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group