ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट काे–काे बन्दैछन् प्रदेश कमिटीका अध्यक्ष ?


एबीसी न्यूज
३१ जेष्ठ २०७५, बिहिबार   ४ : २६   बजे

काठमाडौँ, ३१ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटा प्रदेश कमिटी अध्यक्ष स्थायी कमिटी सदस्यमध्येबाट चयन गर्ने भएकाे छ । प्रदेश महाधिवेशन नभएसम्मका लागि संगठन कमिटीका रुपमा स्थायी कमिटी सदस्यले नै प्रदेशको नेतृत्व गर्ने समझदारी भएको स्रोतले जनाएको छ ।

प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय केन्द्रीय कमिटीले टुंगो लगाउने भएकाले निर्देशिकामा उल्लेख नगरिएको मस्यौदा कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

नियमावलीमा राज्यको कार्यकारी पदमा रहेका व्यक्तिलाई भने कुनै पनि कमिटीको प्रमुख नबनाउने व्यवस्था गरिएको छ । नियमावलीको यो व्यवस्था अनुसार संघीय सरकार, प्रदेश र स्थानीय तहका कार्यकारी पदमा रहेका नेताले प्रदेश,जिल्ला लगायत कुनै पनि कमिटीको कार्यकारी पदको जिम्मेवारी पाउने छैनन् ।

नियमावलीको यो व्यवस्था अनुसार मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश कमिटीको नेतृत्व गर्न पाउने छैनन् ।

विगतमा पनि तत्कालीन एमालेमा मन्त्री भएका नेताहरुलाई पार्टीको विभागीय जिम्मेवारीबाट बिदा गर्ने गरिएको भुसालले बताए ।

स्थायी कमिटी सदस्यबाट प्रदेश कमिटीको नेतृत्व गरेपछि त्यो भन्दा माथि इन्चार्ज राख्ने कि नराख्ने भन्ने टुंगो छैन । यसबारेमा पार्टी अध्यक्ष र महासचिव बिष्णु पौडेलबीच छलफल हुन बाँकी रहेको स्रोतले जनाएको छ । भातृ संगठन एकीकरणअघि पार्टीका कमिटीहरु एकीकरण गर्न नेताहरु गृहकार्यमा छन् ।

केन्द्रीय कमिटीपछिको महत्वपूर्ण प्रदेश कमिटीको नेतृत्व स्थायी कमिटी सदस्यले गरेपनि सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटीमा राख्ने कि नराख्ने भन्ने टुंगो लागेको छैन ।

अध्यक्षद्वयले पठाएको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्यलाई प्रदेश कमिटी सदस्यमा सिफारिस नगर्न प्रदेश कार्यदललाई निर्देशन दिइएको छ ।

दुई पार्टी एकीकरणपछि नेताहरुको ठूलो संख्या केन्द्रीय कमिटी बाहिर परेकाले उनीहरुलाई प्रदेश कमिटीमा समेट्न केन्द्रीय सदस्यहरुलाई प्रदेश कमिटीमा नराख्ने सोचमा नेताहरु छन् ।

प्रदेश कमिटीमा पनि केन्द्रीय कमिटीका जस्तै निर्वाचन आयोग,लेखापरीक्षण आयोग र अनुशासन आयोग राखिने भुसालले बताए ।

को को छन् प्रदेश अध्यक्षका दाबेदार ?

स्थायी कमिटी सदस्यमध्येबाट प्रदेश कमिटीको अध्यक्ष वा संयोजक बन्दा मुख्यमन्त्री र मन्त्री बाहेक अन्य सबै नेता दाबेदार छन् । सात प्रदेशको नेतृत्व पूर्व एमालेले ४ र पूर्व माओवादीबाट ३ जनाले पाउने सम्भावना छ । यद्यपि नेताहरुले संख्या होइन, व्यक्ति हेरेर जिम्मेवारी दिइने बताएका छन् ।

प्रदेश १ को नेतृत्वको दाबेदारका रुपमा योगेश भट्टराई र भीम आचार्य देखिएका छन् । सुवास नेम्वाङ संसदीय दलको उपनेता भएका कारण उनले प्रदेश कमिटीको नेतृत्वमा दाबी गरेका छैनन् । स्थायी कमिटीमा प्रदेश १ बाट तत्कालीन माओवादीको कोही पनि नेता परेका छैनन् ।

प्रदेश २ बाट स्थायी कमिटी सदस्यमा मात्रिका यादव, रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । यादव र महासेठ मन्त्री भएका कारण मण्डल प्रदेश कमिटीको नेतृत्वका दाबेदार छन् । तर, उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाइएकाले प्रदेश २ को नेतृत्व चयनमा हेरपफेर हुन सक्ने नेताहरु बताउँछन् ।

प्रदेश ३ बाट सबैभन्दा धेरै नेताहरु नेतृत्वको दाबेदारका रुपमा छन् । अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, अग्नि सापकोटा, हरिबोल गजुरेल, रघुजी पन्त र पम्फा भुसाल लगायतका नेता यहि प्रदेशबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्छन् । प्रदेश ३ को नेतृत्वमा शाक्यलाईनै जिम्मा दिने सम्भावना छ ।

प्रदेश ४ बाट किरण गुरुङ र देवेन्द्र पौडेलमध्ये एकजनाले नेतृत्वको जिम्मेवारी पाउने सम्भावना छ । देव गुरुङ प्रमुख सचेतक र पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीको जिम्मेवारीमा रहेकाले यी दुई नेता मुख्य दाबेदार हुन् ।

प्रदेश ५ मा नेकपाका सबैभन्दा धेरै स्थायी कमिटी सदस्य छन् । तर बिष्णु पौडेल महासचिव र शंकर पोखरेल मुख्यमन्त्री तथा वर्षमान पुन संघीय सरकारको मन्त्रीको जिम्मेवारीमा छन् ।

त्यस्तै प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि संघीय सरकारमा मन्त्री छन् । त्यो अवस्थामा घनश्याम भुसाल र छविलाल विश्वकर्मा मध्ये एकजनाले प्रदेश कमिटीको नेतृत्व पाउन सक्छन् ।

प्रदेश ६ को नेतृत्व जनार्दन शर्माले गर्ने सम्भावना छ । यद्यपि तत्कालीन माओवादीका केही नेताहरु जनार्दनलाई रोक्न युवराज ज्ञवालीको पक्षमा उभिने सम्भावना छ ।

प्रदेश ६ बाट स्थायी कमिटी सदस्य शक्ति बस्नेत संघीय सरकारको मन्त्री भएकाले उनी पार्टीको कार्यकारी नेतृत्वमा आउने सम्भावना छैन । तर, यस अघि तत्कालीन एमालेको प्रदेश ६ का संयोजक रहेका युवराज ज्ञवालीलार्इ भारत प्रवासको इन्चार्ज बनाउने बारे छलफल भइ रहेको नेकपा स्रोतले जनाएको छ ।

प्रदेश ७ बाट भने भीम रावल र लेखराज भट्ट मध्ये एकजना प्रदेश नेतृत्व गर्ने छन् । रावलले केन्द्रीय सचिवालयमै दाबी गरेका छन् । प्रदेश कमिटीमा अध्यक्ष र सचिव बाहेक अरु पदाधिकारी नहुने भनिएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच स्थायी कमिटी बैठक बोलाउने बारे छलफल भइरहेको स्रोतले जनाएको छ । स्थायी कमिटीले प्रदेश कमिटी गठनको संरचना बनाउने भएको छ । त्यसअघि सबै प्रदेशका कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम सिफारिस गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group