ठ्याक्कै इब्राहिमोभिचकै मर्ममा संसार लियोको बायाँ खुट्टाको जादुमा लठ्ठ परिरहेछ । तर, क्लब फुटबलमा सम्भव सबै ट्रफी चुमेका फुटबलका यी जादुगरले विश्वकप उचालेको हेर्ने रहर भने अभैm पूरा भएन । १३ जुलाइ, २०१४ को साँझ रियो दी जेनेरियोको माराकाना रंगशालामा ७५ हजार दर्शकमाझ गोन्जालो हिगुइन, रोड्रिगो र लियोले वान भर्सेज वानका अवसरमा म्यानुयल नुयुरलाई विट गर्न सकेको भए असफलताको सिलसिला तोडिने थियो । तर, मारियो गोइट्जेले ११२ औं मिनेटमा गरेको प्रहारले अर्जेटिनाको सपनामा उराठलाग्दो तुषारापात गरिदियो । फुटबलका जादुगरलाई फेरी एकपटक आँसुमा डुबायो।
अतिरिक्त समयसम्म पुगेको जर्मनीविरुद्धको फाइनलमा पराजयका बावजुद, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि थापेपछि लियोले भावना पोखेका थिए, ‘यो फाइनल एक पटक फेरि खेलिनु जरुरी छ ।’ फेरि खेल्न पाए जर्मनीलाई हराउन सक्षम भएको आत्मविश्वास व्यक्त गरे पनि मेसी नै न्यु जर्सीको मेट लाइफ रंगशालामा फेरि चुके । कोपा अमेरिकाको त्यो फाइनलमा आफ्नै पेनाल्टी बाहिरिएपछि २०१६ मा मेसीले राष्ट्रिय टिम नै त्यागिदिए।
‘हार या जित, लियो तिमी विश्व नम्बर एक हौं,’ भन्दै विजेता चिलीका गोलकिपर क्लाउडियो ब्राभोले मैदानमै सान्त्वना दिए । तर, मेसीको आँसु रोकिएन ।मेटलाइफको त्यो क्षणको प्रत्यक्षदर्शी हुने अवसर मैले पाएको थिएँ । फुटबल र अझ खासगरी मेसीको कट्टर समर्थक भएका कारण अमेरिकामा रहँदा मैले त्यो फाइनलका लागि धेरै मिहिनेतका साथ रंगशाला पुग्ने प्रबन्ध मिलाएको थिएँ ।
एउटा प्रत्यक्षदर्शीको नाताले म दाबीका साथ भन्न सक्छु की त्यो क्षण १९९४ को विश्वकप फाइनलमा इटालीका रोबटो बाजियोले क्यालिफोर्नियामा ब्राजिलविरुद्ध पेनाल्टी खेर फालेको भन्दा पनि ह्दयविदारक थियो । मेसीको त्यो असहाय अवस्थाले अन्तर्राष्ट्रिय फुटबलमा उनका सदाबहार प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई समेत भावुक बनायो । ‘मेसीको आँखामा आसुँ देख्दा धेरै हर्ट भयो,’ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा वेल्सविरुद्ध उत्रनुअघि पेरिसमा रोनाल्डोले भनेका थिए।
फ्रेच्च लिजेन्ड जिनेदिन जिदानले दुई वर्षअघि मेसीको प्रशंसामा ‘जस्ट इन्जोए द शो’ भनेजस्तै पछिल्लो एक दशक संसारले उनको जादूमय फुटबलको मजा लिइरहेको छ । तर, फुटबलमा जादु गर्न सक्ने फुटबलका सर्वोत्कृष्ट यी मानवलाई जितले अहिलेसम्म पछ्याउन सकेको छैन । जर्मन गोलकिपर म्यानुयल नुयुरसँग वान भर्सेज वानको अवस्थामा पनि पोस्टबाहिर पुगेको ४६ औं मिनेटको प्रहारबारे मेसीले चार वर्षपछि गत महिना रोसिरियोमा मुख खोले, ‘मैले रिप्ले हेरेँ, ठूलो पश्चाताप छ । उफ् १ कसरी पोष्ट बाहिर हानेँ।’
वास्तवमा सन् २०१० र २०१४ को विश्वकपमा अर्जेटाइन टिमका अद्भूत आश्चर्यहरू के थिए भने म्याराडोनाले मेसीबाहेक अरुले हान्नै नसक्ने मनोविज्ञान निर्माण गरे । अनि अलेसान्द्रो साबेलाले मेसीबाहेक अरुले नखेले पनि हुने छुट दिए । फुटबल ११ जनाको सामूहिक प्रयत्नले जितिन्छ भन्ने सामान्य सत्यबाट बिमुख हुँदाको परिणाम अर्जेन्टिनाले पछिल्ला दुई संस्करणमा तिर्नै नसक्ने गरी चुकायो।
समर्थकले ‘नो ते भायस लियो’ ९छाडी नजाउ लियो० भनेर अर्जेन्टिनाका सडकहरूमा मार्चपास नगरेको भए, इडुवार्डो बाउजाले क्याम नोउ पुगेरै सम्झाउन नसकेको भए र राष्ट्रपति माउरिसियोले क्वान्ता दे ओलिभोसको अति विशिष्ट कक्षमा राखेर मेसीलाई मनाउन नसकेको भए आज अर्जेन्टाइन समर्थकहरू मस्कोतिर होइन, बरु सन् १९८६ को विश्वकपको रिप्ले हेरिरहेका हुने थिए । १० अक्टोबर, २०१७ को साँझ सदाबहार ‘ह्याप्पेनिङ’ सहर क्विटोमा इक्वेडरविरुद्ध मेसीले जे गरे, के त्यो अर्जेन्टिनाको लागि आफैमा विश्वकप भन्दा कम थियो रु
म सम्झन्छु, एक स्थानीय टेलिभिजन कमेन्टेटरको भावुकता ‘मेरो भगवान् तिमीलाई धन्यवाद छ, मैले मेसीको खेल हेर्न पाएको छु,’ आवाजको लय बिल्कुलै क्षतविक्षत थियो । छनोट चरणको अन्तिम खेलको ६१ औं मिनेटमा ह्याट्रिक पूरा गरी आफ्नो देशलाई मस्कोको टिकट कटाएपछि लियोले विजयी भावमा भने, ‘हामी विश्वकपमा नहुनु जायज थिएन ।’ फक्स स्पोर्टसले पनि कन्जुस्याई नगरी भन्यो, ‘अर्जेन्टिना २००१ यता कहिल्यै विजयी हुन नसकेको अति लेक लाग्ने त्यो रंगशालामा घरेलु टोलीलाई पराजित नगरेको भए के रुस विश्वकप जुन हराएको आकाश हुने थिएन रु’ मेसीको प्रशंसा गर्ने होडमा गोल डटकम पनि आइपुग्यो, ‘मेसीले विश्व फुटबललाई फेरि रोमाञ्चक बना।’
जितका लागि कुशल रणनीति बनाउन सक्ने खास क्षमताका कारण ‘स्पेसल वान’ को बुझाइमा मेसी विश्वकप विनाका सर्वोत्कृष्ट फुटबलर हुन् । क्रोयसियाका मिडफिल्डर इभान राकेटिचले गत साता मस्कोका लागि उड्नुभन्दा अगाडि पत्रकार सम्मेलनमा दोहोर्याए, ‘मेसी डज नट निड वल्र्डकप ।’ यी सबै सत्य हुन् । तर, सँगै अर्को सत्य के पनि हो भने, आजको विश्व त्यो निलो रंगको जर्सीधारी दारीले छपक्कै छोपेको मेसीको अनुहार त्यो स्वर्णद्विपमा एकपटक टलक्क टल्किएको हेर्न आतुर छ।आखिर त्यसो किन–अर्जेन्टिनाको फ्यान भएरै हो त रु अवश्य होइन । के संसारमा बहुसंख्यक मेसीका फ्यान छन् रु त्यसो पनि होइन । अर्जेन्टिना प्रतियोगितामा सबैभन्दा बलियो टिम हो त रु त्यो झनै होइन ।
बरु मेसीको फुटबलप्रतिको समर्पण, कौशलता र इमान्दारीका कारण । मेरा मित्र, स्पेनिस फुटबल विश्लेषक, बेन हावार्ड लेख्छन् ‘यो ट्रफी उनको हातमा सुन्दर देखिनेछ ।’ बार्सिलोनाको ‘अलमस्ट अनबिटन रन’ समाप्त हुनुभन्दा दुई महिनाअघि, १९ मार्च २०१८ मा, लियो स्वयमले अमेरिका टिभीसँग भने, ‘संसारभरका मानिसहरू मैले विश्वकप उचालेको हेर्न चाहन्छन् ।’ त्यसोभए के यसपटक अर्जेन्टाइनले मेसीको मियोमा साइबेरियाको सकरमाथि सनसनी मच्चाउलान् रु
अन्तमा,‘के तिमीले गत सप्ताहन्तको हाम्रो खेल मनपरायौं रु’ बार्सिलोना फुटबल क्लबको अति विशिष्ट कक्षमा आफ्नो बायाँ हात मतर्फ अघि बढाउँदै उनले सोधे । मेसी तिम्रो क्यामरासामु नआउँदासम्म कन्र्फम नमान्नु है भनेका चामी टेरेज ९बार्सीलोना फुटबल क्लबका विदेश विभाग प्रमुख० सँगै फुटबलका महारथीलाई सामुन्ने पाउँदा म अवाक् थिएँ । टेलिभिजनमा तीन हजारको हाराहारीमा सो गरिसकेको मैले त्यसअघि लाइभमा जानुअघि समेत कहिल्यै रिहर्सल गरेको थिइनँ । तर, करिब तीन घन्टा मेसीलाई कुर्दा मैले छेवैको बाथरुमको ऐनामा २१ पटक रिहर्सल गरेको थिएँ । जब हामीले हात मिलायौं ।
म अचम्ममा परेँ, ‘उनको हात अत्यन्त कोमल थियो, करिब करिब बालकको जस्तै । ‘के खुट्टा पनि त्यति नै कोमल भए त्यस्तो कडा प्रहार सम्भव छ रु’ अवश्य, आखिर कला भन्ने चिज कोमलतामै फुल्ने रहेछ । ‘मेसी पनि फुटबलका महान कलाकार न परे,’ मैले निश्कर्ष निकालें । मैले दिएको नेपाली ढाकाटोपी उनले ओल्टाइपल्टाइ हेरे र थ्यँ क्यू भन्दै नेपाल आउने बाचा समेत गरे । मेरा लागि त्यो लाख थियो ।
वास्तवमा मेसीलाई हेर्नु, वसन्त क्रृतुमा सुन्दर वनमा विचरण गर्नु जस्तै आनन्ददायक रहेछ ।सिद्धान्तः विश्वकपसम्मको यात्रा तय गर्ने सक्ने जुनकुनै पनि टिम विश्वकपको हकदार हुन् । तर, यो विश्वकपमा जर्मनी र ब्राजिल जस्ता सनसनीपूर्ण टिम छन्, फ्रान्स, स्पेन र बेल्जियम जस्ता अत्यन्त सन्तुलित टिम पनि छ ।
मेसी फेभरेट भए पनि, विपक्षीको कुनै पनि कर्नरबाट गोल गर्ने सक्ने क्रिस्टियानोको कौशलता, बिजुलीको गतिमा विपक्षीको पोस्ट पुग्न सक्ने नेइयमार, एन्टोनी ग्रिजम्यान, किलियन एमबाप्पे, मोहम्मद सालाह, रोबर्ट लेवान्डोवस्की वा ह्यारी केनको क्षमता र मिडिफिल्डबाटै संकट सिर्जना गरिदिने टोनी क्रुसको कलाको म सदा प्रसंशक रहेँ । तर, आज एटलान्टिक महासागरको किनारमा उभिएर, एक वाक्य अन्डरलाइन दिएर भन्न मन छ, ‘लियो, त्यो ट्रफी केबल तिम्रै हातमा सुहाउँछ ।’
प्रतिक्रिया दिनुहोस्