ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सारंगी रेटेरै बिताए दिलबहादुरले ४० वर्ष


bhawani desk
७ असार २०७५, बिहिबार   १० : ५८   बजे

आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। 

कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।। 

 म्याग्दी, ७ असार ।गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारंगी रेट्दै यो गीत गाउँदा म्याग्दीको मंगला गाउँपालिका–४ बरङ्जामा धेरैका आँखा रसाए ।

२०३५ सालमा १७ वर्षको उमेरदेखि सारंगी भिरेर विभिन्न जिल्लाका गाउँगाउँमा गीत गाउँदै निस्केका गन्धर्वका तीन छोरी, एक छोरा र एक श्रीमती छन् । परिवारको हातमुख जोड्नका लागि सारंगी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर वरङ्जाकी सुमित्रा सापकोटाले रु १०० र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुशीले भरियो ।

कुनै दिन बम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फक्ल्याण्डको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारंगी रेट्ने गाईने दाइ हिजोआज देखिन छाडेका छन् ।

देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाईने दाइ (गन्धर्व) लोप हुँदैछन् । सारंगीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाईने दाइका सारंगी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् ।

सूचना र सञ्चारको पहुंचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीतसंगीतको प्रभाव बढ्दै गइरहेका बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारँगी रेटेर वीरहका भाका गाउने गन्धर्व हिजोआज विकास निर्माण, जनप्रतिनिधिप्रतिको निराशा र सामाजिक बेथितिका गीत समेत गाउन थालेका छन् ।

बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीतसंगीतमा झुम्न थालेपछि हो वा पुख्र्यौली पेशाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका वीरह र बेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।

धेरै समयपछि बेनपा–२, बगरफाँट र मंगला–४ वरङजामा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरु कुनै सीप नभएकाले पुख्र्यौली पेशालाई अपनाउनु आफ्नो बाध्यता भएको दुखेसो पोख्दै सारंगीको धुनमा जनतामा ब्याप्त निराशा र जनप्रतिनिधिप्रतिको अपेक्षाका बारेमा ¥याँइ¥याँइ सारंगी रेट्दै तीतो यथार्थ व्यक्त गर्नुभयो ।

गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको वरङ्जा आइपुगेका गन्धर्वले गीतमा संविधान निर्माणका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्तता, तीनवटै तहको निर्वाचन र त्यसपछिको समसामयिक अवस्थालाई सरल शब्दमा जनताले बुझ्ने गरी व्यक्त गर्नुभएको थियो ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँ घरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् ।

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुर्खौली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन्, केही गन्धर्वले । गुल्मी जिल्लाको गडगाउँ गाविस–५ घर भई (हाल बागलुङ नगरपालिका–२ बस्ने) टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजनाको परिवारको गर्जाे टार्ने गरेका छन् ।

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारंगी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु ५÷७ सय आम्दानी हुने बताउनुहुन्छ ।

सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारंगीको महत्व ह्वात्तै घटेको छ टोपबहादुरले भन्नुभयो– “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चारमाध्यमले सारंगीको महत्वलाई उचित स्थान नदिए सारंगी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भन्नुभयो– “यसको संरक्षण र सम्वद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।”

नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारंगीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारंगी बाजालाई समावेश गरे सारंगीले जीवन्तता पाउने बुद्धिजीवीको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेशाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group