ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका नेता हितमान ,कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा


एबीसी न्यूज
१२ असार २०७५, मंगलबार   १ : ०६   बजे

काठमाडौँ,१२ असार । नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । एकीकृत पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन ।  उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।

पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका शाक्य बैठकहरुमा उपस्थित हुन छाडेपछि विकल्पसमेत खोज्न थालिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकता भए पनि प्रदेशस्तरमा र जनवर्गीय संगठनस्तरमा भने एकता भइसकेको छैन । अहिले एकताको लागि कार्यदलस्तरमा छलफल जारी छ ।

यही क्रममा सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो । तर, बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य नै उपस्थित भएनन् ।

बैठकमा कार्यदल सदस्यहरु तत्कालीन एमाले विद्यार्थी फ्रयाक्सन इन्चार्ज रविन्द्र अधिकारी, अनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ मात्र उपस्थित थिए । त्यसपछि हितमानको सट्टा अर्को नेतालाई कार्यदलमा पठाइदिन नेकपालाई पत्र लेख्ने निर्णय गर्दै बैठक स्थगित गरिएको थियो ।

अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘हितमान दाइ बैठकमा उपस्थित हुन असमर्थ रहेको जानकारीमा आएकाले उहाँको स्थानमा अर्को कुनै कमेरडलाई कार्यदलमा पठाइदिन पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदल बैठकले विधान मस्यौदा, राजनीतिक शैक्षिक दस्तावेज र संगठनात्मक विवरण निर्माण उपसमिति गठन गरेको छ । साथै यही असार १४ गते अनेरास्ववियु र अखिल क्रान्तिकारीका पदाधिकारीहरुको संयुक्त बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।

नेकपाको स्थायी समितिमा नपरेपछि असन्तुष्ट

यसअघि हितमानलाई तीन नम्बर प्रदेशको पार्टी एकता कार्यदलमा पनि राखिएको थियो । तर, उनी बस्न नमानेपछि हाल अग्नि सापकोटालाई राखिएको छ ।

स्रोतका अनुसार हितमान नेकपाको स्थायी समितिमा नपारिएको भन्दै नेतृत्वसँग असन्तुष्ट छन् । आफू सँगैका नेताहरु सबै स्थायी समितिमा परे पनि आफूलाई नराखिएको उनको गुनासो छ । नेतृत्वसँग रुष्ट भएका उनले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताउने गरेको उनी निकट नेताहरु बताउँछन् ।

एकता प्रक्रियामा नेताहरुको व्यवस्थापन गर्न नसक्दा तत्कालीन माओवादीमा धेरै नेताहरु असन्तुष्ट छन् । प्रदेश र तल्ला कमिटीहरुमा एकता टुंगो लाग्दासम्म असन्तुष्टहरुको संख्या झन् बढ्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu