ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोखिमलाई सम्बोधन गर्न कार्यसञ्चालन केन्द्र सक्रिय


एबीसी न्यूज
२० असार २०७५, बुधबार   ११ : २८   बजे

काठमाडौँ, २० असार।   मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढी, पहिरोको जोखिमलाई ध्यान दिँदै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ ।

प्राकृतिक विपद्का प्रभावितलाई आपत्कालीन आवास, प्राथमिक उपचार, स्वास्थ्य र सरसफाइ, खानेपानीलगायतका क्षेत्रमा केन्द्रले सहयोग गर्नेछ ।

सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले मानवीय सेवाको सर्वाेच्च निकाय रेडक्रस आफ्नो उद्देश्यअनुसार रेडक्रसकर्मी प्राकृतिक विपद्मा परेकालाई मानवीय सेवामा जुटिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातवटै प्रदेशमा प्राकृतिक विपद्मा परेको अवस्था, राहत, पुनःस्थापनाका अवस्थाको प्रतिवेदन लिने, तत्काल विपद्पीडितलाई आवश्यक मानवीय सहयोगका सबै सामग्रीसहित स्वयंसेवक परिचालन गर्ने व्यवस्था केन्द्रले मिलाएको छ ।

आवास, स्वास्थ्य, सरसफाइ, प्राथमिक उपचार, स्वयंसेवक परिचालन, सूचना तथा अन्तर्राष्ट्रिय सहयोग, समन्वय, अनुगमनलगायतका क्षेत्रमा सातवटै प्रदेशमा १९ कार्यसमूह सक्रिय रहेका छन् ।

बाढी पहिरोलगायत अन्य विपद् प्रभावित परिवारलाई तत्काल सहयोग गर्न १० हजार सेट सामग्री तथा ६ सय आपत्कालीन आवास सेट आफ्ना गोदामघरमा तयारी अवस्थामा राखेको छ ।

सोसाइटीका मानवीय सेवा तथा सञ्चार विभागका प्रमुख दीव्यराज पौडेलले पहिलोचरणमा नेपाल रेडक्रसले २१ हजार परिवारका लागि मानवीय सेवाका ती क्षेत्रमा सहयोग गर्नेगरी आपत्कालीन सहयोग योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १० हजार परिवारका लागि आफ्नै स्रोत र बाँकी रेडक्रसको अभियान लगायत सहयोगी संस्थाबाट सहयोग जुटाईनेछ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट आउनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र तत्काल सहयोग गर्न सोसाइटीले आफ्ना जिल्ला शाखालाई तयारी अवस्थामा रहन आह्वानसमेत गरेको छ ।

तराई मधेशका केही जिल्लामा वर्षाका कारण डुबानमा परेका परिवारलाई उद्धार तथा राहत वितरण कार्य जारी रहेको पनि सोसाइटीले जनाएको छ ।

तत्काल मानवीय सहयोग आवश्यकता परेका वा जानकारी लिन परेका सोसाइटीले निःशुल्क टेलिफोन नं ११३० मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको सञ्चार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, आपत्कालीन कार्यसञ्चालन केन्द्रको मंगलबार बसेको बैठकले प्राकृतिक विपद्पीडितको खोज, उद्धार तथा राहतमा मानवीय सेवा तथा बाढी पहिरोको पूर्व जानकारी समुदायलाई दिन आफ्ना स्वयंसेवकलगायत स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

विगतका वर्षमा तराई मधेशका जिल्लामा आएको बाढी, डुबान पीडितलाई सोसाइटीले गरेको मानवीय सहयोग तथा विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा राहत वितरण कार्यको अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

शुक्रबारदेखि रेड बुल राष्ट्रिय इन्डोर टी–१० क्रिकेट, २४ टोली सहभागी

Trump Suggests Renaming Lake Ontario ‘Lake America’ Amid Trade Dispute

Drone Attacks Target Russian Refinery and Nuclear Plant, Killing Two

Run-Off Elections Held in South Carolina, Georgia and Oklahoma

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu