ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भानु


एबीसी न्यूज
२९ असार २०७५, शुक्रबार   ७ : १२   बजे

रिमा के.सी.
रिमा के.सी.
हे ! भानु
अाज दुनियाँ तिमीलाई पुजिरहेछ
तिम्रो कवितालाई मुखले गुनिरहेछ
म पनि सम्झिरहेछु तिमीलाई मनदेखि
र अाफूलाई अाफ्नै मनले ठुङ्गिरहेछु
संसारमा कुनै पनि घाँसीकाे घाँस
यति धेरै बिकेन हाेला
जति
तिम्रो चेतनाकाे दैलाे खाेल्ने घाँसीकाे बिक्याे
त्यसपछि तिमीले मनको खेतमा
कविताको बाली लगायाै अनि
इतिहासमा नमेटिने सुनौला गाथा फलायौ
सायद इतिहासकाे बजारमा
तिम्रो चर्चाकाे धान जति अरु कसैको बिकेन
हाे , म पनि
मभित्रकाे भानुलाई जगाउन चाहन्थें
सिर्जनाकाे बागमा सेवाकाे सुन्दर फूल
फुलाउन चाहन्थें
तर
दुर्भाग्य त याे छ कि
यहाँ अचेल कुटिल रुप बिक्छ
याैवनताकाे धूप बिक्छ
झूटो विश्वास बिक्छ
नाटक अनि जालझेल बिक्छ
तर चाेखाे मन कहीँ कसैको नजरमा पर्दैन
न त मन भित्रका निश्चल भावना देखा पर्छन
अाँसुहरुकाे त कुनै मूल्य नै हुँदैन
यहाँ दृष्टिहरु नै खुनी भएपछि
अब तिमी नै भन भानू
म कुन पवित्रताकाे रामायण लेखूँ?
रामहरुले नै रावणलाई
बदनियतकाे माथ खुवाएपछि
अब कुन सच्चरित्रताकाे भजन गाऊँ????
यहाँ लाचार सीताहरु
उत्पीडनकाे सिस्नाेले पाेलिएर
खारानी हुँदै तिरस्कारकाे अाँसु पिउँदै
चरम उपेक्षाकाे अग्निपरीक्षा सहन नसकी
इजरायल र कुवेततिर भासिएपछि
त्यो कालो धनका लागि
त्यो पापी भोक अनि
कलिला रहरहरुको मिठो सपनाका लागि
तिमी नै भन भानु
म कुन स्वाभिमानकाे गाथा रचूँ ???
प्रत्येक दिन कति विवश रामहरु
समस्यारुपि कैकेयीकाे जालझेलमा परेर
स्वघाेषित वनवासतिर प्रस्थान गर्छन्
जहाँ निर्दाेष भावनाको काैडी जत्ति मूल्य
हुँदैन
यस्तोमा म कुन स्वदेशप्रेमकाे गीत गाऊँ ???
भन, तिमी नै भन, भानु
म तिम्रो जन्म जयन्ती गीत कसरी गाउं ?????

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group