हे ! भानु
अाज दुनियाँ तिमीलाई पुजिरहेछ
तिम्रो कवितालाई मुखले गुनिरहेछ
म पनि सम्झिरहेछु तिमीलाई मनदेखि
र अाफूलाई अाफ्नै मनले ठुङ्गिरहेछु
संसारमा कुनै पनि घाँसीकाे घाँस
यति धेरै बिकेन हाेला
जति
तिम्रो चेतनाकाे दैलाे खाेल्ने घाँसीकाे बिक्याे
त्यसपछि तिमीले मनको खेतमा
कविताको बाली लगायाै अनि
इतिहासमा नमेटिने सुनौला गाथा फलायौ
सायद इतिहासकाे बजारमा
तिम्रो चर्चाकाे धान जति अरु कसैको बिकेन
हाे , म पनि
मभित्रकाे भानुलाई जगाउन चाहन्थें
सिर्जनाकाे बागमा सेवाकाे सुन्दर फूल
फुलाउन चाहन्थें
तर
दुर्भाग्य त याे छ कि
यहाँ अचेल कुटिल रुप बिक्छ
याैवनताकाे धूप बिक्छ
झूटो विश्वास बिक्छ
नाटक अनि जालझेल बिक्छ
तर चाेखाे मन कहीँ कसैको नजरमा पर्दैन
न त मन भित्रका निश्चल भावना देखा पर्छन
अाँसुहरुकाे त कुनै मूल्य नै हुँदैन
यहाँ दृष्टिहरु नै खुनी भएपछि
अब तिमी नै भन भानू
म कुन पवित्रताकाे रामायण लेखूँ?
रामहरुले नै रावणलाई
बदनियतकाे माथ खुवाएपछि
अब कुन सच्चरित्रताकाे भजन गाऊँ????
यहाँ लाचार सीताहरु
उत्पीडनकाे सिस्नाेले पाेलिएर
खारानी हुँदै तिरस्कारकाे अाँसु पिउँदै
चरम उपेक्षाकाे अग्निपरीक्षा सहन नसकी
इजरायल र कुवेततिर भासिएपछि
त्यो कालो धनका लागि
त्यो पापी भोक अनि
कलिला रहरहरुको मिठो सपनाका लागि
तिमी नै भन भानु
म कुन स्वाभिमानकाे गाथा रचूँ ???
प्रत्येक दिन कति विवश रामहरु
समस्यारुपि कैकेयीकाे जालझेलमा परेर
स्वघाेषित वनवासतिर प्रस्थान गर्छन्
जहाँ निर्दाेष भावनाको काैडी जत्ति मूल्य
हुँदैन
यस्तोमा म कुन स्वदेशप्रेमकाे गीत गाऊँ ???
भन, तिमी नै भन, भानु
म तिम्रो जन्म जयन्ती गीत कसरी गाउं ?????
प्रतिक्रिया दिनुहोस्