ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि आएपछि स्थानीय बासिन्दामा हर्ष


एबीसी न्यूज
३१ असार २०७५, आइतबार   १ : १४   बजे

कञ्चनपुर, ३१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ बैलकुण्डीमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा जनप्रतिनिधि आएपछि गाउँ जोड्ने एक मात्रै सडकको स्तरोन्नति भएपछि खुशी भएका छन् ।

वषौंदेखि बन्न नसकेको सडक जनप्रतिनिधि आएपछि ग्राभेल गरी हिँडडुल गर्न, बिरामीलाई स्वास्थ्य चौकी पु¥याउन, बालबालिकालाई विद्यालय लैजान र गाउँमा उत्पादित कृषिउपज बजारसम्म पु¥याउन पाउँदा यहाँका बासिन्दाले सन्तुष्टि व्यक्त गरेका हुन् ।

सडकै समस्याले गाउँमा एम्बुलेन्स नआउँदा यहाँका बासिन्दाले बिरामीलाई गोरु, गाडा र खटियामा बोकेर टाढाको स्वास्थ्य चौकीसम्म पु¥याउँदै आएका थिए । सडकको स्तरोन्नति भएपछि गाउँसम्मै एम्बुलेन्स पुग्न थालेको छ । बिरामीको उपचारमा सहजता आउन थालेको छ ।

पहिला बैलकुण्डीमा बस्ती छ, वा छैन, भन्नेसम्म स्थानीय निकायलाई थाहासम्म थिएन, स्थानीयवासी सीताराम चौधरीले भन्नुभयो, “जनप्रतिनिधि आएपछि पिरमर्का सुन्न थालेका छन्, गाउँको विकासका लागि समन्वय गर्न थालेका छन् ।”

आ–आफ्ना पिरमर्का जनप्रतिनिधि समक्ष राख्न थालेपछि सुनवाइ हुनथालेको उहाँले बताउनुभयो । पूरै गाउँमा पूर्व मुक्तकमैया बस्दै आएका छन् । नगरपालिकामा जनप्रतिनिधि आएसँगै वर्षौदेखि बुझाउँदै आएको मालपोतबापतको रकम मिनाहा भएको छ । रामचरण रानाले भन्नुभयो, “व्यावसायिक खेती गर्नका लागि उन्न बिउबिजन, किटनाशक र मल अनुदानमा पाइएको छ ।”

बस्तीका सबै घरमा विद्युत् थिएन । हाल अधिकांश परिवारका घरमा विद्युत् पुगेको छ । विद्युत् नपुगेका घरमा विद्युत् पु¥याउनका लागि पोल गाड्ने कार्य भइरहेको छ ।

गाउँमा आधारभूत तहको कक्षा तीनसम्म पढाइ हुने एक मात्रै विद्यालय रहेको छ । तीन कक्षापछि पढ्नका लागि टाढाको विद्यालयमा बालबालिकालाई पु¥याउन अभिभावक आफैंले जानुपर्दछ बुद्धिराम चौधरीले भन्नुभयो, “जंगलको बाटो भएकाले बालबालिकालाई एक्लै विद्यालय पठाउन सकिदैन । नगरपालिकामा कक्षा ८ सम्म पढाइ हुने व्यवस्था मिलाइ दिन नगर प्रमुख समक्ष कुरा राखेका छौं । सकारात्मक जफाव पाएका छौं ।”

खानेपानीका लागि गाडेका नल्कामा आर्सेनिक आउने हँुदा शुद्ध पानीका लागि कार्य अगाडि बढेको छ । सिँचाइका लागि दातृ निकायको सहयोगमा वर्षौ पहिले गाडेका बारिङमा पानी आउन बन्द भएको छ भागरथी रानाले भन्नुभयो, “नगरपालिकाको वडा कार्यालयले यसका लागि कार्य अगाडि बढाएको छ, सिँचाइ सुविधा चाडै पुग्नेमा आशावादी छौं ।”

यहाँका बासिन्दा दोदा नदीको छेउँमै बस्दै आएकाले नदीको बाढीले बस्तीलाई वर्षेनी डुबानमा पार्दै आएको छ । नदीको बाढीको पानी सुर्जा खोलामा चढेर बस्तीमा पुगेर डुबानमा पार्दै आएको छ । नदीले जग्गा कटान गर्दा यहाँका ६ घरपरिवार विस्थापित भइसकेका छन् ।

स्थानीय बासिन्दाले बाढी नियन्त्रण गर्नका लागि नगरपालिकालाई गुहारेका छन् । नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले नदी नियन्त्रणका लागि प्रभावकारी योजना सञ्चालन गर्ने बताउनुभएको छ । नदीका कारण स्थानीय बासिन्दालाई विस्थापित हुनबाट जोगाउनका लागि भरपर्दो तटबन्ध र अन्य विपद् प्रतिकार्यका कार्य अगाडि बढाइने उहाँले बताउनुभयो ।

गाउँका केही परिवारले व्यावसायिक तरकारीखेती, केराखेती र उखुखेती गर्दै आए पनि अधिकांश परिवार ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका छन् । गाउँमा एक सय ६६ परिवारको बसोवास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu