ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दल ,शिक्षा र वर्तमान अवस्था


bhawani desk
२ श्रावण २०७५, बुधबार   ११ : ३१   बजे

नेपाल एउटा यस्तो मुलुक हो जहां राजनितिक दलका नेताका छोराछोरीहरु बोर्डिङ स्कुलमा पढाउछन् । विदेशमा पढाउछन्।अनि सर्वसाधरणका छोराछोरीहरु सरकारी स्कुलमा ,यहाँ मजाको कुरो त के छ भने परिवर्तनका मुख्य मोडहरु विभिन्न आन्दोलनहरुमा सरकारी स्कुलका विद्यार्थीहरुनै सबथोक त्यागेर लाग्छन् तर,धेरै कुरामा अवसरबाट बन्चित उनीहरुनै हुन्छन्। आन्दोलन गरि दिन सर्वसाधरणका छोराछोरीहरु काम पढाइ छाडी छाडी लाग्नु पर्ने तर,त्यस्को जस नेताका सन्तानले पाउनु पर्ने । अहिले सबै राजनितिक दल परिवारबादी नाताबादी भएका छन्। यो रोग पुरानै हो।लगभग दुई दशक लगाएर विभिन्न संघर्ष गरेर राम्रो शैक्षिक नतिजा प्राप्त गरेका सर्वसाधरणका छोराछोरीहरुलाई पछाडि पार्दै दलका नेताका छोराछोरीहरु नक्कली सर्टिफिकेट प्रयोग गरेरै राज्यका महत्वपुर्ण ठांउहरु ओगटेर बसेका छन् । यहाँ उनीहरुकै निर्देषण चल्छ । अझ ईमान्दार सोझा योग्य परिश्रमी व्याक्ति जो आफ्नो मेहनतमा बढी विश्वास गर्छ, उसैलाई नक्कली सर्टिफिकेटधारी उच्च ओहोदाका व्याक्तिहरुले लामो अनुभवको माग गर्छन् जो आफै लामो समय असफल भै नक्कली कामले असल र सक्कली कामलाई ठगिरहेका छन्।शिक्षा आफैेमा परिवर्तनको वाहक हो भनिन्छ । तर, नेपालमा यसले धेरै जसो मानिसहरुलाई फटाहा बनाउदै गईरहेको छ । यहाँ अध्ययन गर्ने मान्छेहरु असल हैन खराब बन्दै गईरहेका छन् ।

शैक्षिक सँस्थाहरुलाई भ्रष्टचारी ,गुण्डागर्दी,जाली फटाहा र दलालहरु उत्पादन गर्ने थलोको रुपमा विकास गरिदैँछ । यो समाज विकासकोलागि सकरात्मक संकेत होईन । मुलुक संघियतामा प्रवेश गरिसकेको अवस्थमा यसलाई वेलैमा नियन्त्रनण गर्न नसके संघियता धरापमा पर्ने निश्चित छ । सोझा सिधा जनतालाई भ्रममा पारेर केही मुठ्ठीभरका पुजीपतिहरुले मुलुकको बाग्डोर समालिरहेका छन् । त्यहाँ समतामुलक नयाँ समाज निर्माणको कुनै संकेत देखिनेवाला छैन । बरु उल्टै बडो क्रान्तिकारी भनिनेहरु पुजीपतिहरुको दलालको रुपमा स्थापित हुनेछन्।जसले जतिनै चिप्लो घसेर जनताको कुरा गरेनि त्यो व्यावहारमा देखिने छैन । उनिहरुका पछिल्ला कामहरुनै उदाहरण दिनका लागि काफि छन्।

यतिखेर लाग्छ चुनाव एउटा वाहाना थियो।मुलुक गणतन्त्रमा छ।संविधान नेता र दलालमुखी बनेको भान हुन थालेको छ ।शिक्षा व्यापारीहरुलाई पैसा कमाउने व्यापारीक थलोको रुपमा विकास गरिदै लगेको देखिन्छ।महंगी सोचिनसक्नु छ।आम्दानी न्यून र खर्च अधिक हुँदै गइरहेको छ।

संबन्धित पक्ष संबेदनशील हुनुको सट्टा ख्याल ठट्टा र उखान टुक्कामा जनता अलमल्याउने कोसिस गरिरहेको छ।असमानता झनै व्याप्त देखिन थालेकोछ।कुनै दलको कार्यकर्तामा पनि आफन्त वा पहुँचवालाको भन्दा वाहेक वास्तविक श्रमजिवी जनताको काम बन्ने छाँट अत्यन्तै कम हुँदै गईरहेकोछ।मत माग्ने वेला ढोगेर हिड्ने नेताहरु यतिखेर भेट्न मुस्किल, यति भेटिहाले ठोकेर हिड्ने रवाफमा देखिन्छन्,लाग्छ अर्कै संसारबाट कतै भुँईफुट्टा भएर आए जस्तो नचिने जस्तो,देवतै हुन जस्तो ,मानिदिनु पर्ने,उनीहरुलाई निकै ठुलै ठानिदिनु पर्ने।तर नेपाली जनताले यो चाहेका थिएनन्।जुन अहिले देखिदैछ।विभिन्न संघर्ष,आन्दोलन,त्याग,वलिदान आज प‌ैसामा किनिन थालेका छन्।लामो समय इमान्दार व्याक्तिहरु संघर्षमा सबै थोक त्यागेर लागिदिनु पर्ने अनि नेता बनाईदिनु पर्ने अन्त्यमा उहीँ बेचिनु पर्ने।आज लाखौं कार्यकर्ताका त्याग बलिदान कौडिको दाममा बेचिएका छन्।हुने र नहुने सर्लक्कै छुट्टिन थालेको छ।दुख र श्रम गरेर कमाउनेहरुलाई समेत संकाको घेरामा हेर्ने वातावरण बनेकोछ।

कसरी कहाँबाट कहिले कमायो भन्ने भान परेकोछ।समाजमा हुनेखानेहरु भड्काउको रवाफमा देखिन थालेकम छन्।विहेपार्टी भोजभतेर र चाडवाडले मानिसलाई नयाँ मोडमा लगिरहेकोछ।मंहगा किसिमका गरगहना ल्वाई ख्वाईले समाज साँस्कृतिक रुपमा विचलनको बाटोमा हिड्न थालिसकेकोछ। हाम्रो देशको शिक्षाले कस्तो समाज निर्माण गरिरहेकोछरुयसले कस्तो रुप लिदैछरुप्रश्न चिन्हहरु खडा हुन थालेका छन्।शिक्षाले समाजलाई सकरातमक ढंगले डोर्यायाउन सक्नु पर्ने थियो तर आज त्यो देखिएको छैन।जसरी हुन्छ पैसा कमाउको धन्दामा शिक्षालाई विकास गरिनु हुदैन थियो।

सीप र प्रतिभासँग जोडाउने काम गरिनु पर्दथ्यो शिक्षा जनतासँग,जनता श्रमसँग र श्रम विज्ञानसँग जोडिएर समाज र मुलुकको विकासमा लाग्नु पर्ने वेलामा आज परिणामले कोल्टो फेरेको देखिन्छ।यसलाई चाँडै सिधा दिसामा ल्याउन जरुरी छ हैन भने प्राणी मध्येकै उच्च चेतनशील र अहिले शिक्षित मानिस भनेर मानवताको पगरी गुथ्नुको कुनै अर्थ छैन।न मानवता छन समानता  त्यसैले केको चेतनशीलरु केको शिक्षितरु
जब राजनितिक दलहरु वैज्ञानिक समाजबादी दृष्टिकोण सहितको सामाजिक रुपमा व्यावहारिक र वैज्ञानिक शिक्षाद्वारा प्रशिक्षित र तालिम प्राप्त हुदैनन् तब सम्म चेतनशील र शिक्षित हुनै सक्दैनन्।

त्यसैले आजको शिक्षा सिधै विज्ञान र प्रविधिसँग जोडिएको हुनाले त्यो विज्ञान र प्रविधि सिधै जनता सँग जोडिन सक्ने हुनु पर्छ । श्रम ,सीप र प्रतिभाको उचित मुल्याङकन सहित सम्मान र संरक्षण गर्नु पर्दछ ।यहाँ प्रतिभाहरु फुल्नै नपाई झर्ने रोगले ग्रसित छ शिक्षा नीति।यसलाई यसो हुन दिनु हुदैन।शक्ति सत्ताको बलमा मात्रै परिचालन भैरहेको आजको शिक्षा नीति पुर्ण रुपमा परिवर्तन नगरी सबै जनताले शिक्षामा समान पँहुच प्राप्त गर्न सक्ने अवस्था अझै कमजोर हुने खतराबाट जोगाउन जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group