ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को बन्लान पत्रकार महासंघको सभापति ?


admin
४ भदौ २०७४, आइतबार   ९ : ०८   बजे

काठमाडौं, ४ भदौ । नेपाली पत्रकारीताको इतिहास गर्व गर्न लायक छ । नेपाली पत्रकारहरुले हरेक परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेका छन् । राणा शास, पञ्चायती व्यवस्था र निरंकुस राजतन्त्रको विरुद्ध भएका आन्दोलनको अग्रपंतिमा पत्रकार नै थिए । यी पत्रकारहरुको छाता संगठन हो, नेपाल पत्रकार महासंघ । स्थापनाको ६२ वसन्त पार गरिसकेको महासंघ यतिखेर २५औं महाधिवेशमा छ ।

स्थापना पछिको यो अवधिमा महासंघले अनेकौ आरोह र अवरोह पार गरेको छ । मुलत: पत्रकारको हक हितका लागि महासंघको भूमिका उल्लेखनिय छ । महासंघले अहिलेसम्म पेसागत सुरक्षा र व्यवसायीक पत्रकारीको पक्षमा वकाल गर्दै आएको छ । स्थापनाको ६ दशकमा महासंघलाई धेरैले नेतृत्व गरिसकेका छन् । धेरै नेतृत्वको रुपमा स्थापित भए । उतिखेर पत्रकार महासंघ २५औं महाधिवेशन मार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्ने संघारमा छ ।


नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संगठनको रुपमा स्थापित छ । केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति गर्न पत्रकार महासंघको विकल्प खोज्ने प्रयत्न गरे पनि सबै असफल भएका छन् । त्यसैले अहिलेसम्म नेपाल पत्रकार महासंघ पत्रकारहरुको निर्भिकल्प छाता संगठन हो । पत्रकार महासंघले गौरवमय ६ दशक पार गरिसकेको छ । यो अवधिमा धेरै पत्रकारले महासंघको नेतृत्व गरिसकेका छन् ।

यतिखेर महासंघ नयाँ नेतृत्व चयनको संघारमा छ । महासंघलाई नेतृत्व गर्न तीन वरिष्ठ पत्रकार चुनावी मैदानमा छन् । गोविन्द्र आचार्य, तर्थ कोइराला र उजिर मगर मध्ये एक जना आगामी ३ वर्षका लागि नेपाल पत्रकार महासंघको अध्यक्ष्को रुपमा निर्वाचित हुनेछन् । अध्यक्षका तीनै उम्मेदवारले नेपाली पत्रकारीताको विकासका लागि कुनै न कुनै रुपमा योगदान पुर्‍याएका छन् ।

को हुन गोविन्द आचार्य ?
प्रेस सेन्टर र प्रेस यु्नियनको तर्फबाट सभापतिका साझा उम्मेदबारको रुपमा चुनावी मैदानमा रहेका गोविन्द आचार्य श्रमजिवी पत्रकारको पक्षमा वकालत गर्ने नेतृत्वको रुपमा स्थापित छन् । आचार्यले यस अघि नै नेपाल पत्रकार महासंघको उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनलाई पत्रकारिता र पत्रकारको समस्याबारे जानकार मानिन्छन् । श्रमजीवी पत्रकारका लागि बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको रुपमा काम गरिसकेका छन् ।

प्रेस काउन्सिलको सदस्य, क्रान्तिकारी पत्रकार संघको पूर्वअध्यक्ष, प्रेस सेन्टरको पूर्व उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका आचार्य पछिल्लो पटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए । विगत हेर्दा नेपाली पत्रकारीता र विशेषगरी श्रमजिवीहरुको पक्षमा आचार्यले धरै काम गरेका छन् । उनै आचार्य यतिखेर पत्रकार महासंघलाई नेतृत्व गर्न चुनावी मैदानमा छन् ।

को हुन तीर्थ कोइराला ?
प्रेस चौतारी नेपालको समर्थनमा पुराना पत्रकार तीर्थ कोइराला पनि नेपाल पत्रकार महासंघको नेतृत्व गर्न चुनावी मैदानमा छन् । चुनावी मैदानमा रहेका कोइराला यस अघि महासंघको कुनै पनि पदमा रहेर काम गरेका छैनन् । डा. सुरेर आचार्य सभापति निर्वाचित हुँदा महासचिव पदका प्रत्यासी थिए । तर, उनी महासचिव निर्वाचित हुन सकेनन् । यसरी हेर्दा तीर्थ कोइराला अध्यक्ष निर्वाचित भइहाले पहिलो पटक पत्रकार महासंघको नेतृत्व गर्नेछन् ।

पत्रकार महासंघ र पत्रकार जन्य संगठनमा काम नगरेका कोइरालाले नेपाली पत्रकारीतामा भने लामो समय विताइसकेका छन् । कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजनमा लामो समय काम गरेका छन् । त्यति मात्र होइन, कोइरालाले नेपाल टेलिभिजनको अध्यक्ष भएर समेत काम गरेका छन् । तीर्थ कोइरलासँग संगठनको नेतृत्व गर्ने भन्दा पनि कामको बढी अनुभव छ ।

को हुन उजिर मगर ?
लामो समय देखी श्रम गरेर बाच्ने पत्रकार मध्येका एक हुन उजिर मगर । कान्तिपुर दैनिकलाई स्थापित गरेर आफु पनि स्थापित हुने पत्रकार मध्ये उजिर मगर एक हुन । कान्तिपुरलाई स्थापित गरेर नागरिक दैनिक स्थापित गर्न लागिपरेका बेला मगर नेपाल पत्रकार महासंघको महासचिव निर्वाचिन भएका हुन ।

माओवादीको जनयुद्धलाई पत्रकारको रुपमा मिहिन अध्यनन र अनुसन्धान गरेका मगर नेपालमा माओवादीलाई आन्दोलनका एक साक्षी हुन । महासंघको मौजुदा समितिको महासचिव रहेका उजिर मगर पनि यतिखेर सभापतिको रुपमा महासंघलाई नेतृत्व गर्न चुनावी मैदानमा छन् । तत्कालिन क्रान्तिकारी पत्रकार संघबाट महासचिव बनेको भए पनि मगरले यस पटक स्वतन्त्र उम्मेदवारी घोगषणा गरेका हुन । गरिखाने वर्गका पत्रकारको रुपमा स्थापित मगर आफुले जित्नै पर्ने दावी गर्छन् ।

पत्रकार महासंघको सभापति बन्ने दौडमा रहेका तीनै जनाकोले पत्रकारको हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । विगतदेखी नेपाल पत्रकार महासंघको निर्वाचनमा न्यूनतम पारिश्रमिक कामय गर्ने विषयले ठूलै स्थान पाउने गरेको छ । तर, धेरै पत्रकारले न्यूनतम पारिकश्रमिक पनि पाउन सकेका छैनन् । त्यसैले निर्वाचनको बेला कुनै उम्मेदवारले गरेको प्रतिवद्धता पुरा गर्लान भन्नेमा विश्वस्त हुन सक्ने अवस्था रहँदैन ।

१२ हजारभन्दा बढी पत्रकारको नेतृत्व गर्नु चानचुने कुरा होइन । त्यसैले पत्रकार महासंघका नेतृत्वले चाहने हो भने धेरै काम गर्न सक्छन् । तर, अहिलेसम्मका नेतृत्वले श्रमजिवी पत्रकारको पक्षमा काम गर्न सकेनन् या चाहेनन् उनीहरुनै जानुन् । तर, महासंघका नेतृत्वले काम नगरेको भने पक्कै हो ।

यदी पत्रकार महासंघका अहिलेसम्मका नेतृत्वले श्रमजिवी पत्रकारकै पक्षमा काम गरेको भए कुनै पत्रकार पेसाबाट विस्तापित हुनु पर्ने कुनै कारण छैन । र, पत्रकारी पेसा नै बदनाम हुनेगरी कसैले काम गर्ने पनि थिएनन् होला । तर, महासंघका अहिलेसम्मका नेतृत्वले अपेक्षाकृत काम गर्न सकेका छैनन् । यस्तै अवस्थामा पत्रकार महासंघले नयाँ नेतृत्व चुन्दै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं– प्रचण्ड

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu