ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन


bhawani desk
१३ श्रावण २०७५, आइतबार   ३ : ०७   बजे

काठमाडौं,१३ साउन । पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन सकिरहेको छैन ।

‘रक्तदान गर्दा स्वास्थ्यमा खासै असर पर्दैन’ भन्ने पर्याप्त जानकारी नहुदा महिला रक्तदाता संख्या बढ्न नसकेको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले गत वर्ष ६२ हजार ३५३ युनिट रगत संकलन गरेको थियो । ती मध्ये १० हजार ६८ युनिट महिला र ५२ हजार २८५ पुरुष रक्तदाताबाट संकलन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा महिला रक्तदातामा केही सुधार देखिएको छ । अघिल्लो वर्ष करीब नौ हजार महिलाले रक्तदान गरे ।

“ महिला रक्तदाताको संख्या बढाउन देशव्यापी अभियानमा जुटिरहेको छ,” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो ।

देशव्यापीरुपमा आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ६२ हजार ४३९ युनिट रगत संकलन भएको थियो । तीमध्ये तीन लाख ४४ हजार ९३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको थियो ।

हाल ७३ जिल्लाका १०८ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइबाट रक्त संकलन भइराखेको छ । ती रक्तदातामध्ये ६६ जनामा एचआइभी पोजेटिभ देखिएको छ । केन्द्रका अनुसार हेपाटाइटिस बी र सी देखिएका रक्तदाताको संख्या क्रमशः ४६६ र ३५१ छ ।

नेपालभर ३.१० प्रतिशत रक्तदातामा ए, बी, ओ र एबी नेगेटिभ रहेको जनाइएको छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने रक्तदाता २.९ प्रतिशत रहेको बताइएको छ ।

नेपालमा विसं २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको स्थापना भएको थियो । सो वर्ष १५७ युनिट रगत संकलन भयो । काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी रगत खपत हुने गर्दछ ।

यसैबीच, केन्द्रको ५२ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आइतबार मनाइयो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष थापाले रक्तसञ्चार सेवा र वितरणलाई अझ गुणस्तरीय बनाउन सोसाइटीले उच्च प्राथमिकता दिएको चर्चा गर्दै रक्तसञ्चार सेवामा सरकारको लगानी बढाउँदै लान आग्रह गर्नुभयो ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा हरिशचन्द्र उप्रेतीले ५२ वर्षदेखि रक्तसञ्चार सेवामा केन्द्रले राम्रो काम गर्दै आएको बताउनुभयो ।

केन्द्रका प्रमुख डा मनिता राजकर्णिकारले अझै १८ प्रतिशत रगत सेवा बिरामीको आफन्तबाट सोध भर्ना गर्नुपरेको अवस्थालाई अन्त्य गर्न केन्द्रले जोड दिइराखेको छ भन्नुभयो ।

कार्यक्रममा सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकाल, प्रदेशसभा सदस्य नरोत्तम वैद्य, आइसीआरसीका प्रतिनिधि प्रमेश पौडेल, नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा र उममहामन्त्री हरि न्यौपानेले रक्तसेवा केन्द्रका गतिविधिबारे चर्चा गर्नुभयो ।

नेपाल रेडक्रसले केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अतिरिक्त विराटनगर, पोखरा, नेपालगञ्ज, कैलाली र चितवन पाँच स्थानमा क्षेत्रीय रक्तसञ्चार सेवा, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक तथा ३८ वटा अस्पतालमा रक्तसञ्चार सेवा एकाइको सञ्चालन भइराखेको सोसाइटीका सञ्चार अधिकृत दीव्यराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group