ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनादेखि बन्द बायोग्यास प्लान्ट


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   २ : ०२   बजे
काठमाडौँ, १५ साउन। दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको बायोग्यास प्लान्ट अहिले बिग्रिएको छ ।

जैविक फोहरको उचित व्यवस्थापन गर्र्न २०७३ कात्तिकदेखि कामपा वातावरण व्यवस्थापन महाशाखाले टेकुमा उक्त प्लान्ट सञ्चालन गर्दै आएको थियो । अहिले उक्त प्लान्ट एक महिनादेखि बन्द भएको छ ।

विभागका प्रमुख हरि कुँवरका अनुसार अहिले प्लान्ट बिग्रिएको छ, सञ्चालन गर्नका लागि भारतमा सामान ल्याउनका लागि प्रतिनिधि पठाइएको छ । अबको एक साताभित्र मर्मतको सामग्री आइसक्ने र पुनः ग्यास निकाल्ने काम शुरु हुनेछ ।

कामपाका वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने फोहरबाट दैनिक ६०० टन फोहर प्रयोग गरी बायोग्यास निकालिँदै आएको थियो । यहाँबाट निकालिएको बायोग्यास कामपाको कार्यालयमा प्रयोग हुँदै आएको छ ।

बायोग्यास प्लान्ट राख्न युरोपेली संघकोे ८० र कामपाको २० प्रतिशत लगानी भएको थियो । यसलाई पहिलोे नमूना परियोजना रुपमा लिएको कामपाले सफल भएमा अन्य स्थानमा पनि विस्तार गर्ने भने पनि हालसम्म कामपाभित्र अन्यत्र कतै पनि यस किसिमको योजना शुरु भएको पाइँदैन ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर निष्कने छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक छ । करीब एक महिनादेखि उपत्यकामा थुप्रिएको फोहर एक हप्ता पहिले मात्र व्यवस्थापन गरेर सकिएको छ ।

काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका, महानगरपालिकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलमा अब फोहर राख्ने स्थान छैन । तीन महिनापछि पुनः उपत्यकामा फोहर थुप्रनेमा कुनै शंका नभएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवाली भन्नुहुन्छ । सिसडोलमा फोहर राख्नका लािग आजभन्दा १२ वर्ष अघि दुई वर्षसम्मको लागि भन्दै सहमति भए पनि हालसम्म फोहर व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu