ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिन लादेनकी आमा आलियाले पहिलो पटक लादेनका बारेमा यस्तो भनिन्


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   ७ : ४५   बजे

एजेन्सी/अल कायदाका नेता ओसामा बिन लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले सार्वजनिक रुपमा छोराका बारेमा बोलेकी छिन् ।

लादेनकी आमा आलिया गानेमले साउदी अरेबियामा रहेको आफ्नो खानदानी घरमा ‘द गाजिर्यन’ लाई अन्तार्वार्ता दिएकी हुन् ।

आलियाले द गार्जियनसँग कुरा गर्दै ओसामा सानोमा ‘लजालु’ र ‘असल बालक’ भएको तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गरेर उनको विचार परिवर्तन गरिएको बताइन् ।

परिवारका अनुसार उनीहरुले अन्तिम पटक ओसामालाई सन् १९९९ मा अफगानिस्तानमा देखेका थियो । यो ठ्याक्कै सेप्टेम्बर ११ को घटना घट्नुभन्दा दुई वर्ष अगाडिको कुरा थियो ।

सुरुमा ओसामा सोभियत सेनाविरुद्ध लड्नका लागि अफगानिस्तान आएका थिए । तर सन् १९९९ सम्म उनी विश्वसामू एक संदिग्ध चरमपन्थीका रुपमा परिचित भइसकेका थिए ।

जब छोरा जिहादी लडाकु भएको थाहा भयो त्यति बेला कस्तो महसुस भयो भन्ने प्रश्नमा आलिया भन्छिन्, ‘हामी निकै चिन्तित थियौँ । म त्यस्तो नहोस् भन्ने नै चाहन्थेँ । उनी कसरी सबै तहसनहस गर्न सक्थे ?’

आलियाका अनुसार विश्वविद्यालयमै अध्ययनका क्रममा ओसामा ‘मुस्लिम ब्रदरहुड संगठन’ को सम्पर्कमा आएका थिए । त्यसै क्रममा उनी चरमपन्थी स्वभावका भएका थिए ।

बिन लादेनको परिवार साउदी अरेबियामा सबैभन्दा प्रभावशाली परिवारमा गनिन्छ । निर्माण व्यवसायबाट लादेन परिवारले  निकै सम्पत्ति जोड्न सफल भएको छ ।

बिन लादेनका बुवा मोहम्मद बिन अवाद बिन लादेनले आलिया गानेमसँग ओसामा जन्मिएको तीन वर्षपछि सम्बन्ध विच्छेद गरेका दिए । अवाद बिन लादेनका ५० भन्दा बढी छोराछोरी थिए ।

सेप्टेम्बर ११ पछि के भएको थियो ?

सेप्टेम्बर ११, २००१ को आक्रमणपछि साउदी अरबले उनीसँग सोधपुछ गर्यो । उनलाई विदेशयात्रामा पनि रोक लगायो ।

गार्जियनका पत्रकार मार्टिन चुलोवलाई आलिया गानेमसँग कुराकानी गर्न यसकारण दिइयो कि साउदी अरब अलकायदाका नेता ओसामालाई सरकारी एजेन्ट नभएर बहिष्कृत व्यक्तिका रुपमा विश्वसामू चिनाउन चाहन्छ ।

बिन लादेनका भाइ हसन तथा अहमद पनि अन्तर्वार्ताको क्रममा आमासँगै थिए । उनीहरुले सेप्टेम्बर ११ को घटनामा ओसामाको हात रहेको सुनेपछि छाँगाबाट खसेझै भएको बताए ।

अहमद भन्छन्, ‘परिवारका सबै सदस्य उनको हर्कतले गर्दा लज्जित थियौँ । हामी सबैलाई थाहा थियो कि यसको परिणाम भयानक हुनेछ । हाम्रो परिवार विश्वका जुनसुकै कुनामा थियौँ, सबै साउदी फर्कियौँ ।’

उनकी आमा सेप्टेम्बर ११ को घटनामा ओसामा मात्रै होइन, उनीसँग जोडिएका अरु व्यक्तिको पनि संलग्नता रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन रोकियो, आयोग फाइल सुरक्षित गर्न व्यस्त

राष्ट्रियसभा बैठक आज, गृहमन्त्रीसँग मौखिक प्रश्न–उत्तरदेखि पशु रोग नियन्त्रण विधेयक प्रस्तुत हुने

सम्बन्धित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu