ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   ३ : ४६   बजे

विराटनगर, १९ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना पुरा भएको छ । उनले जनताको घरघरमा पाइप विछ्याएर वायोग्यास पुर्याउने सपना देखेका थिए ।

विस २०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको गौशालाबाट निस्किएको गोबरलाई कसरी सदुुपयोग गर्ने भन्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन समितिको छलफलपछि वैकल्पिक वायोग्याँस संचालनमा ल्याइएको हो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपबाट ग्याँस पुर्याउने बताएपछि समितिले यस विषयमा गम्भिर चासो दिएर वैकल्पिक ऊर्जा उत्पादन गर्ने परियोजनाका रुपमा खेर गएको गोबर सदुपयोगमा ल्याइएको हो ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा यतिबेला घरघरमा पाइपवाट ग्याँस पुर्याउने अभियान चलेको छ । गौसेवा सदनले स्थानीयको घरघरमा पाइप विछ्याएर वायोग्याँस पुर्याएउने काम अन्तिम चरण पुर्याएको हो ।

यतिबेला प्राविधिकहरूले स्थानियवासीको घरमा ग्याँस पुर्याउन धमाधम काम गरिहेको छन् । गौशला भित्र रहेका २ सय ७ वटा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्याँस स्थानीयको चुलोसम्म पुर्याउनको लागि शुरु भएको काम लगभग अन्तिम चरणमा पुगेको गौसेवा सदनका प्रबन्धकले बताए ।

गौशलादेखि करिब ३ सय मिटर टाढा रहेका ३२ वटा घरमा पहिलो चरणमा वायोग्याँस जडान गरिसकिएको छ र शुक्रबार मात्रै प्राविधिकहरूले स्थानियको घर–घरमा गएर चुलो बालेर परिक्षण गरेका छन् । विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धनले पाइप लाइनमार्फत स्थानीयवासीको भान्सासम्म ग्याँस बाल्न शुरु गरेको हो ।

ग्याँस उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएसँगै अबको एक साताभित्र घरघरमा वायोग्याँस पुर्याउने नेपाल उर्जा कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले बताए ।

घरघरमा पाइपबाट ग्याँस पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कतिपयले हावाको रुपमा लिएको अवस्थामा यसरी बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा शुरु भएको यो अभियानपछि स्थानीयमा गर्यो भने सहजै ग्याँस उत्पादन हुनसक्ने रहेछ भन्ने प्रमाण यो वायोग्याँस प्लान्टबाट देखिएको छ । यस प्रणालीबाट स्थानीय पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group