ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज नेवार समुदायले गठे मंगल पर्व मनाउदै


एबीसी न्यूज
२४ श्रावण २०७५, बिहिबार   ९ : ०३   बजे

काठमाडौं, २४ श्रावण । आज नेवार समुदायले गठे मंगल पर्व मनाउदैछन् । श्रावण कृष्ण चर्तुदशीका दिन मनाइने गठे मंगललाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भुत प्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर राक्षसी स्वरुपको घण्टाकर्णलाई दहन गर्ने चलन छ । यस दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मीत गठेमंगललाई घाम अस्ताएपछि टोलका मानिसहरुलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विर्सजन गर्ने परम्परा छ ।

नर्कटको गठेमंगल बनाउने परम्परा रहि आएको छ । धान रोपेर सिद्धीएपछि गठा मुंगको चलनले, घर भित्रका दुषित किटाणुहरु उपीँया, उडुस लुतो भगाउने, भूत भगाउने विश्वासका साथ यस दिन धुप वालेर धुँवाहरु पठाउने गरिन्छ । जसबाट किटाणुहरु भागेर जाने जनविश्वास छ । कृषि व्यवसायमा आश्रितहरुले यो पर्व विशेष रुपले सम्पन्न गर्दछन् । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीमा यो पर्व   मनाइन्छ ।

नर्कंट, छ्वाली, पराल र विभिन्न घाँस तथा रंगीचंगी थोत्रा कपडाहरुसमेतले अनौठो आकृतिको घण्टाकर्ण, गठे मंगल वा गठामुग बनाई दोबाटोदेखि घिसार्दै, झ्याइकुटी पार्दै खुलाचौर वा नदी किनारामा पुर्याई दाह गर्दछन् । दाह गर्न लैजाँदा लठ्ठीले चुट्दै वा सिस्नुले हिर्काउदै लान्छन् ।

यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ ।
गठे मंगलसँग सम्बन्धित विभिन्न दन्त्यकथा राहेको मध्ये एउटा कथा यस्तो छ । अघि उपत्यकामा यस्तो दैत्य थियो, जसले अरुले भगवानको नाम उच्चारण गरेको शब्द सुन्नुपर्ला भनेर आप्mना दुबै कानमा घण्टा झुण्ड्याएर ठूलो आवाजमा घण्टा बजाउ“दै हि“ड्थ्यो । त्यसैले त्यसको नाम घण्टाकर्ण थियो । त्यो दुष्ट दैत्य बस्तीमा पसेर सबैलाई सताउ“थ्यो । कोही कसैलाई आहारा बनाउनै पथ्र्यो । त्यसको व्यवहारबाट दिक्क भएकाले एउटा तान्त्रिकलाई आफ्नो दुःख बिसाए ।

एकाबिहानै घण्टाकर्ण आहारा खोज्दै बस्तीमा आएकोदेखेर तान्त्रिकले भ्यागुता रुप धारण गरी ‘हे दानव तिम्रो लागि सर्वोत्तम आहारा म भेट्टाइदिन्छु, मेरो पछि आऊ’ भन्दै धापको बाटो लाग्यो । धापको बीचमा त्यो दानव भासियो र निस्कन सकेन । बस्तीका बासिन्दाले ढुड्डामुढा गरेर त्यसको अन्त गरे । त्यसैको सम्झनामा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्णको अनौठो विकृति सहितको पुतला बनाई सामुहिक दहन गर्ने परम्परा चलेको हो ।

तर संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।

बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो । गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको ठाउँमा जम्मा गरिन्छ ।

कुमार षष्ठीको दिनदेखि थन्क्याएर राखिएका नेवार बाजागाजाहरु विधिवत् रुपमा पूजाआजा गरी गठेमंगलको दिनदेखि बाहिर निकालेर सिकाउने र चाडपर्वमा बजाउन शुरु गरिन्छ । नेवार समुदायमा हरेक चाडको भोलिपल्ट विवाह भैसकेका छोरी चेलीलाई बोलाएर खुवाउने चलन छ । तर यस चाडमा भने यसरी बोलाईंदैन ।

धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ। नेपालभाषामा ‘गं’ (घण्ट) र ‘ग:’ (सहर)को अर्थ फरक हुन्छ। ‘ग:’लाई ‘गं’ बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ। घण्टाकर्णका रूपमा बढी प्रचार भएपनि नेवारहरूको परम्परा गथांमुग: च:ह्रय् खेती किसानी गर्नेले विशेषरूपमा मनाउने भूत धपाउने दिन वा पर्व मात्रै हो र यसलाई यसरी नै बुझ्नु ठीक हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group