ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पढ्ने धोको पूरा भएकोमा दंग छन् आमाहरु


bhawani desk
२५ श्रावण २०७५, शुक्रबार   ३ : ०१   बजे

बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् ।

सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी छिन् ।

अक्षर र अंकसमेत नचिन्दा विगतमा उनको दैनिकी असहज तवरले बितेको थियो । विद्यालयमा पढ्न थालेपछि विस्तारै उनी अंक र अक्षर पढ्न सक्ने भइन् र अहिले खुशी छिन् ।

उनले भनिन् – “सानो हुँदा विद्यालय कस्तो हुन्छ र शिक्षा के हो भन्ने पत्तै भएन । घाँस र दाउरा गर्दागर्दै विवाह भयो । बालबच्चा भए । आफूले नपढे पनि उनीहरुलाई पढ भनेर गाली गरियो । बल्ल यो उमेरमा आएर मेरो पढ्ने धोको पूरा भयो ।”
यस विद्यालयमा अहिले ७५ जना आमाले अध्ययन गरिरहेका छन् ।

घाँस, दाउरा र भान्सामा सीमित महिलाहरु बाल्यकालमा विविध कारण अध्ययनबाट वञ्चित भए पनि यतिबेला कापी र कलम बोकेर विद्यालय पुग्न थालेका छन् । पढ्ने रहर हुँदाहुँदै पनि अवसर नपाएका उनीहरु शिक्षा लिन उमेर हैन इच्छाशक्ति चाहिँदो रहेछ भन्ने उक्तिलाई पच्छ्याइरहेका छन् ।

उज्यालो वैकल्पिक विद्यालय स्थापनादेखि नै पढाइ शुरु गरेकी रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई २०५३ सालदेखि बसाइँ सरेर सदरमुकाम बेनीको कालीपुलमा बस्दै आएकी ५५ वर्षीया भुनु तिलिजाले पनि पढ्न शुरु गरेकी छिन् । पढ्न थालेपछि जीवनमा धेरै परिवर्तन आएको अनुभूति उनले गरेकी छिन् ।

आमा समूह, विभिन्न संघसंस्था, उपभोक्ता समितिलगायतमा क्रियाशील रहेकी तिलिजाले सानो छँदा अध्ययन गर्ने अवसर पाएनन् । वैकल्पिक विद्यालय खुलेसँगै साक्षर बन्ने अवसर पाएको उनी बताउँछिन् ।

“सानो छँदा विद्यालय नगइकन घरमा बुवाआमालाई घाँस दाउरा र भान्सामा काम गरेर खुशी बनाइयो, विभिन्न संघसंस्थामा लागेपछि भने ठक्कर लाग्यो,” उनले भनिन् – “अनि हामीहरु जस्तै निरक्षरहरुले पढ्ने विद्यालय खोल्नेबारे छलफल चलायौँ । विद्यालय पनि खुल्यो । अहिले ८ कक्षामा पढ्दै छु ।”

यो उमेरमा आएर पढ्ने रहर साकार भएकामा उनी मख्ख छिन् ।
विसं २०७२ मा प्रौढ महिलालाई लक्ष्य गरी बेनीमा सञ्चालन गरिएको यस विद्यालयमा सानो छँदा बाध्यता र विवशताले पढ्ने रहर अधुरै भएका आमाहरु अध्ययनका लागि आउने गरेका छन् ।

विद्यालयमा अध्ययन गर्ने महिला बिहान घरको काम भ्याएर छोराछोरीलाई विद्यालय पठाउँछन् र आफूहरु ११ बजे विद्यालयमा हाजिर हुन्छन् । दिउँसोको समयलाई अध्ययनमा उपयोग गर्ने गरेका उनीहरुमध्ये कतिपय दूधे बालबच्चालाई काखैमा च्यापेर समेत विद्यालय आउँछन् ।

कक्षा ३ मा पढिरहेकी बेनी निवासी ५६ वर्षीया हेमकुमारी रेग्मीले बूढेसकालमा नातिनातिनाका दौंतरीहरुसँग पढ्न पाउँदा बाल्यकालका रहरहरु पूरा हुँदै गएको अनुभव सुनाइन् ।

नबिराई विद्यालय जाने र शिक्षकहरुले दिएको गृहकार्य गर्ने बानीले लेखपढमा रुची जागेको अध्ययनरत आमाहरु बताउँछन् । कक्षा १, ३, ५, ७, ८ कक्षाको पठनपाठन हुने यस विद्यालयमा अधिकाँश विद्यार्थी ४० वर्षदेखि ६० वर्ष उमेरका छन् ।

कक्षा १ मा ५ जना, ३ मा ११ जना, ५ मा २२ जना, ७ मा २१ र ८ मा १५ जना आमा यहाँ पढिरहेका छन् । आमाहरुलाई पढाउने शिक्षक सञ्जय शर्मा भन्छन् – “आमाहरु नियमित रुपमा विद्यालय आउँछन् । दिएको गृहकार्य बोकेर आउँछन् । वास्तवमै उनीहरुको सिकाइ उपलब्धिपूर्ण छ ।”

आमाहरुलाई पढाउँदा शिक्षक भन्दा पनि छोराछोरीको जिम्मेवारी पूरा गरेजस्तो लाग्दो रहेछ उनलाई । उनी भन्छन् –“उनीहरुको लगन र मेहनत हेर्दा पढाइमा उमेर भन्दा पनि इच्छाशक्ति ठूलो रहेछ भन्ने महसुस हुन्छ ।”

आफ्नो दैनिकीलाई घरायसी काम र घाँस दाउरा गर्न मै बिताएर शिक्षा के हो भन्ने भेउसम्म नपाएका उनीहरुले विद्यालयमा आएर अँगे्रजी र नेपालीमा लेखपढ गर्न थालेपछि आफूहरुको जीवनको परिभाषा फेरिएको बताउन थालेका छन् । समाजमा पढ्ने धोको अधुरै रहेका महिलाहरुलाई साक्षर बनाउन खोलिएको यस विद्यालयमा ६ जना शिक्षक छन् ।

शिक्षकको तलब, घरभाडा लगायतका खर्च जिल्ला शिक्षा समन्वय एकाई र विभिन्न संघसस्थाको सहयोगमा जुटाउँदै आएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए ।

अध्यक्ष केसीले भने – “हामीले जे उद्देश्य राखेर विद्यालय सञ्चालन गरेका हौँ त्यो आज सार्थक हुँदै गएको छ तर, अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरी सुविधा दिन भने सकिरहेका छैनौँ ।” पर्याप्त भौतिक पूर्वाधारको व्यवस्था गरी गुणस्तरीय शिक्षा दिन आफूहरु प्रयासरत रहेको पनि उनले बताए ।

तत्कालीन जिल्ला शिक्षा कार्यालयले यस विद्यालय सञ्चालनका लागि रु ३ लाख बजेट उपलब्ध गराएको थियो । अहिले बेनी नगरपालिका ७ र ८ नं वडाले यहाँको खर्च व्यवस्थापनमा सहयोग गर्दै आएको छ तर, त्यसले धान्न मुश्किल भइरहेको छ । अपुग खर्चलाई व्यवस्थापन समिति, सामाजिक संघसंस्था र दाताहरुको सहयोगबाट जुटाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group