ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिस्थित आश्रममा वृद्धवृद्धा दङ्ग


bhawani desk
७ भदौ २०७५, बिहिबार   ५ : ०५   बजे

काठमाडौं,७ भाद्र । पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो ।
काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको बाल्यकाल र युवावस्था दुःखैदुःखमा बित्यो ।

दश वर्षका उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा फर्किएपछि उहाँले अरुका घरमा काम गरेर जीविका चलाउन थाल्नुभयो । उहाँ कहिले नेपालीका घरमा त कहिले भारतीयका घरमा काम गर्न पुग्नुहुन्थ्यो ।

दैनिक रुपमा आफूले तीन जनाको घरमा काम गर्दै आएको थापा बताउनुहुन्छ । जसको घरमा पुग्नुहुन्थ्यो, उनीहरु आफ्नै घरमा फर्कने क्रममा उहाँलाई सँगै लिएर जाने चाहना गर्थे तर उहाँ काठमाडौँमा नै मर्ने चाहनाले उनीहरुसँग जानुभएन । “यहीँ नेपालमा बस्ने, आफैंँलाई हुर्काउनेको घरमा त गइन, अन्त त कहाँ जानू ?” उहाँ उल्टै प्रश्न गर्नुुहुन्छ ।

कुनै समय उहाँ आफ्नो ठूलोबुवाकहाँ साथीहरुको सल्लाहबमोजिम अधिकार खोज्दै जानुभएको थियो । तर त्यहाँबाट उहाँलाई उल्टै हप्काएर पठाइयो । “पहिलेको जिन्दगी सम्झँदा निकै कहाली लागेर आउँछ, आश्रममा आएपछि भने नयाँ जिन्दगी पाएकी छु,”, थापा भन्नुहुन्छ, “पहिले कहाँ बस्ने के गर्ने भन्ने अन्योल थियो । अहिले त्यस्तो स्थिति छैन ।”

उहाँका अनुसार आश्रममा आइसकेपछि आफूले नसोचेको परिवर्तन आएको छ । उहाँ १५ वर्षदेखि यहाँ बस्दै आउनुभएको छ ।

सिन्धुपाल्चोककी सीता अधिकारी पनि आश्रममा बस्न थालेपछि आफूलाई निकै राहत मिलेको बताउनुहुन्छ । विसं २००१ मा जन्मुभएकी उहाँको छ वर्षका उमेरमा नै विवाह भएको थियो । उहाँले भन्नुभयो, “आफू न रुपमा राम्रो, न काम गर्न नै सक्ने । विवाह गरेको तीन वर्षमा नै घर त्यागेंँ ।

” घर त्यागेपछि माइतीको सहारा नपाउँदा आफू काठमाडौँमा बसी काम गर्दै आएको उहाँ बताउनुहुन्छ । काठमाडौँ आइसकेपछि धेरै वर्ष थापाले जस्तै उहाँले पनि अरुका घरमा नै काम गरेर बिताउनुभएको थियो ।

काम गर्न नसक्ने भएपछि घरबेटीकै सल्लाहमा उहाँ १९ वर्षअघि वृद्धाश्रम आइपुग्नुभयो । “यहाँको सेवासुविधा त नराम्रो होइन, बूढाबूढीकै व्यवहारका कारण हामी पनि नराम्रो हुने गर्छाँै”, उहाँले भन्नुभयो ।

आश्रममा बस्ने केही वृद्धाले आफूलाई खान दिएको बिस्कुट पनि बाहिर लगेर बेच्ने गरेको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रममा घरपरिवार कोही नभएका मात्र नभई आफूलाई परिवारमा राम्रै भए पनि काम गर्न नसक्ने वृद्धवृद्धा पनि छन् ।

आश्रममा बस्दै आउनुभएका अर्का १०४ वर्षीय अम्रीराज नन्दस्वामी निकै तन्दुरुस्त देखिनुहुन्छ । काठमाडौँ, बाँसबारी घर भई चार वर्षअघि उहाँ यहाँ आउनुभएको थियो । “यहाँको सेवासुविधा राम्रो छ, खाना खान जान सक्दिन । म बस्ने ठाउँमै ल्याइदिन्छन्”, स्वामीले भन्नुभयो ।

विसं १९७२ पुसमा जन्मनुभएका उहाँ ३० वर्षका उमेरमा नौ वर्षकी केटीसँग विवाह गरेको बताउनुहुन्छ । उहाँका दुई छोरा छन् । घरव्यवहारले झेल्ने भएकाले परिवारमा बस्न मन नलागेको उहाँ बताउनुहुन्छ । “बेलाबेलामा घरबाट लिन आउँछन्, जान्छु, बस्छु । उनीहरुले हेलाँ गरेका हैनन् ।

मलाई नै देवतीर्थ घुम्न मन लागेर हो”, उहाँले स्पष्ट गर्नुभयो । छोराहरुबाट राम्रै व्यवहार भएको, समय समयमा परिवारले समेत भेट्न आउने गरेको र आफूलाई मन लागेको खानेकुरा खान दिने उहाँले जानकारी दिनुभयो ।

पहिले आश्रममा बाहिरबाट आउने व्यक्तिले सीधै आफूले ल्याएका खानेकुरा तथा रकम वृद्धवृद्धालाई दिने गर्थे तर तिनले बाहिर लगेर बिक्री गरी रक्सी खाने विकराल समस्या आएपछि व्यवस्थापन समितिले त्यसलाई एक वर्षअघि मात्र रोकेको थियो । यही कारण कतिपय वृद्ध भने यसबाट सन्तुष्ट छैनन् ।

आश्रममा बस्दै आउनुभएका रामेछापका यमबहादुर कार्की त्यसको उदाहरण हुनुभएको छ । डेढ वर्षदेखि अपाङ्गता हुनु भएका उहाँले बाहिरबाट ल्याएको खानेकुरा समेत प्रशासनले खटाएर दिने गरेको बताउनुभयो ।

“पोहोर पोहोर त हामीले बाहिरबाट ल्याएको खानेकुरा सीधै पाउँथ्यौँ, अलिअलि पैसा पनि देख्न पाइन्थ्यो । अहिले त ल्याएको खानेकुरा पनि उतै राख्छन्”, उहाँले आक्रोश व्यक्त गर्नुभयो । आश्रममा ल्याइएको खानेकुरा तथा लत्ताकपडा रातारात कर्मचारीले बाहिर पठाउने गरेको आरोप उहाँको छ ।

यस वर्षको जाडोमा आफूले एक जोर मोजाबाहेक अरु केही पनि देख्न नपाएको कार्कीले बताउनुभयो । आश्रमको क्षमता २३० भए पनि हाल भूकम्पका कारण एउटा भवन भत्किएपछि १७० मात्र वृद्धवृद्धा छन् ।

बाहिरबाट ल्याइएका खानेकुरा सहयोगदाताले सीधै दिने भएपछि विविध समस्याका कारण व्यवस्थापनले रोकेको पशुपतिको समाजकल्याण समिति, आश्रमका प्रशासन प्रमुख कृष्णराज कँडेलले जानकारी दिनुभयो ।

“बाहिरबाट ल्याइने खानेकुरा तथा रकम हामीले नै लिएर वृद्धवृद्धालाई बाँड्ने गर्छाै । बाँकी अन्य आश्रममा पठाइदिन्छौंँ”, कँडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group