ठाँटिएर जहिल्यै चिया खान आउने उसलाई हरेक दिन त्यहीँ चोकको चिया पसलमा देख्छु । उसको प्राय देखिने दैनिकीले आँखा तान्यो । अझ भनौ जहिल्यै चिया खाई सक्दा नसक्दै उ काउन्टरमा पैसा तिर्न पुग्थ्यो । हेर्दा झन्डै चालिस हाराहारिको उ प्राय त्यही होटलको भरपर्दो कस्टमर हो जस्तो लाग्छ । किनकी उसको चिया नै साविकभन्दा डबल हुन्छ । अझ यसो भनौ साउजीले उसका लागि ग्लास नै छुट्टै तयार पारेका छन ।
सायद होटलकै चिया मन परेर होला, विहानै चिया खान र काउन्टरमा उभिन आजसम्म कसैले उछिन्न सकेन । दिनभरीको कार्यकलाप पनि विचित्रको हुन्छ उसको । कहिले कुन मन्त्रालय कहिले कुन विभाग, कहिले कुन पार्टी कार्यालय कहिले एयरपोर्ट त कहिले ठुला ठुला होटल उसका अड्डा थिए । यि सबै कुरा बुझ्न केही गर्न पर्दैनथ्यो, बस उसको दुई तिन घन्टाको भाषाण सुने पुग्थ्यो । भाषणमा चाँही दम थियो । सुनिरहु लाग्ने खालको कुरा हुन्थे उसका । मान्छे अनुसारको शैली रेडिमेड थिए उसका । तर उसको अफिस कता होला भनेर अहिलेसम्म कसैलाई पत्तो छैन । यहासम्म की उसका नजिकका मित्रह? पनि कन्फ्युज छन ।
अंग्रेजी साहित्यकार टिएस इलिएट ( T.S. Eliot) को प्रख्यात कविता द वेस्ट ल्याण्ड (The west land ) मा टाइरिससले जस्तै मैले पनि त्यो हसिलो टठिलो र फुर्तीलो परेर भिआइपी जस्तो देखिने गरि हिड्ने मानिसको जासुस गर्न थाले । म त्यो मान्छेलाई ‘आधुनिक काजी’ भन्न ?चाउछु । आधुनिक काजी जहाँ–जहाँ जान्छ म पनि उसको पछि पछि जान्छु । मलाई ती काजीको बारेमा थाहा पाउनु छ । तर उसले मैले पिछा गरेको पत्तो पाउदैन ।
शनिवारको दिन परेकाले प्राय मानिस फुर्सदमा नै हुन्छन । फेरि पनि उसलाई मैले त्यहीँ चिया पसलमा देखे । उसले ठुलो गिलासमा चिया मगायो अनि सँगै चुरोट तान्न थाल्यो । उसका चिनेजानेका एक हुल मानिस पनि सँगै अर्को टेबलमा चिया पिइ रहेका थिए । चिया सकिनसाथ हत्त न पत्त काउन्टरमा गयो । उसलाई चियाको पैसा तिर्न कति हतार परेको यस्तै सोच्दै थिए । म पनि अगाडि बढे । साउसी बम्की रहेका थिए । “के कुरा गर्नु भाको, आजसम्म उन्चालिस हजार ७ सय ६० भइसक्यो । यसरी कहाँ सकिन्छ सर चिया पसल हो मैले पनि केटाकेटी पाल्नु पर्छ, केटाको फि तिर्न सकेको छैन ।” काजीले सहजै जवाफ फर्काए “के आत्तीनु भाको यति जाबो त होनी, दिउला नि दुईचार दिनपछि” । मैले पनि जिब्रो टोक्न पुगेछु । विचरा साउजी पनि खिस्रिक्क परे । भोलिपल्ट पनि विहानको क्रियाकलाप साविक बमोजिम नै चल्दै थियो । करिब दश बजेतिर काजी सिंहदरवार तिर जानु छ भन्दै हिडे । म पनि पछि लागे । काजी सरासर सिंहदरवारको गेटमा गए । कसैलाई फोन गरेजस्तो गरे अनि एकछिनपछि भित्र छिरे । अब मलाई अप्ठेरो परयो, काजी त सचिव नै हुन कि क्या हो । ह्या के पछि लाग्नुजस्तो पनि लाग्यो । होइन एकपल्ट जाउ कुन अफिसमा रहेछन पत्तो त लाग्छ । काजी त सरासर सञ्चारमन्त्रालयको ट्वाइलेटमा छिरे । निक्कै बेरपछि निस्किए । अनि त्यत्ती नै बेला उसको फोन आएर सरासर बाहिरा निस्क्यो । म त छक्क परे ।
सोमवार विहान पनि उसलाई सिंहदरवार नै देखे । उसलाई फेरि पनि निगरानी गरे तर अघिल्लो दिनकै व्यवहार दोहोरयाए । काम परेर होला भनेर वास्ता गरिन तर मंगलवार पनि उही गरयो जुन पहिला गर्दै आएको थियो । बुधवार चक्रपथको गाडि चढेर म घर जादै थिए । ठ्याक्कै काजीलाई देखे । म झर्नुभन्दा एक स्टेशन अघाडी नै काजी झरे । म ढोकानिरा थिए । काजीले त कार्ड पो निकाले । कार्डमा त्रिपन्ध्र क्याम्पस लेखिएको थियो । पैसा उठाउने सहचालकले कहाँको कलेज हो अंकल भनेर सोधे । उसले जंगिदै काठमाडौको कलेज चिनेनस भनेर रिसायो । सहचालकले अध्यारो मुख लगायो । कार्ड फिर्ता दिए ।
अर्को दिन पनि काजीलाई मैले चिया पसलमा देखे उ अट्हासले गफिदै थियो । सबैलाई भन्दै थियो आज एयरपोर्टमा ठुलो मिटिङ छ । ओहो के को मिटिङ रहेछ त भनेर म पनि काजीको पछि लाग्ने विचार गरे । सरासर काजी एयरपोर्ट भित्र गए गार्डसँग केही गफ गरे । पार्किङतिर गए मोबाइल खेलाएर बसे अन्त्यमा मोबाइलको ब्याट्रीले लो सिग्नल देखायो । उनी जु?क्क उठे अनि घर फर्किए । मनमनै सोचे काजीको ठुलै मिटिङ रहेछ आज । एयरपोर्टबाट फर्किदै गर्दा बाटोमा जुलुस भेट्छ । त्यो राजनीतिक दलको आन्दोलन थियो । उसले केही नेतासँग हात पनि मिलायो । अनि भन्दै थियो म सच्चा पार्टीको कार्याकर्ता भनेर । एकजना नेताले छेउमा आएर उनको गोजिमा केही राखिदिए । नम्बर हराएकाले नेताले काजीलाई नम्बर दिन आग्रह गरे तर काजीलाई आफ्नै मोबाइल नम्बर पनि याद रहेनछ । फेरि एक दिन अर्कै पाटीको कार्यकर्ता भेला थियो, त्यहा पनि काजी देखिए । नेतासँग खुव गफिदै थिए । ढाकाटोपी लगाएका एक नेताले उनलाई खामभित्र हालेर केही दिए । छेउमा भएका अ? कार्यकर्ता रिसले रातो निलो भए । यस्तै क्रममा काजीलाई मैले चार फरक पार्टीको कार्यक्रममा गएको र आफ्नै कार्यकर्ता हो भनेर गफ गरेको सुने । नेताले पनि पत्याई हाल्ने । यसो हेर्दा खाईलाग्दो ज्यान भएको उ हट्टाकट्टा छ । म कन्फ्युजमा परे । काजी साप आखिर हुन चाही कुन पार्टीको ।
शुक्रवारको दिन चिया पसलमा चिया पिउदै गर्दा प्रसंगबस यौनका कुरा चले, जब कुरा चले काजी जु?क्क उठे । यस्ता पनि कुरा गर्ने, काम छैन, लाज नभाका भन्दै अलि पर गएर चुरोट सल्काए । यो मामलामा चाही काजी सोझो रहेछन है भन्ने लाग्यो । शुक्रवारको दिन गुड फ्राइडे मनाउन जाने भन्दै दुईजनालाई काजी अफर गर्दै थिए । काजी भन्दै थिए “जाने भए जाउ,रमाइलो गरौला, पैसा पनि खासै लाग्दैन, पकेट खर्च भए पुग्छ ।” ती दुई पनि दंग परे । बेलुका करिब ७ बजेतिर ठमेलको गल्लीबाट अलि भित्र पर्ने एक होटलमा काजीले खाजा खुवाउन लगे । खाजामा रक्सी मासु,सलाद, चुरोट सबै खाए । खाइसकेपछि काजीको एक्कासी फोन आयो । काजी हेलो हेलो भन्दै बाहिरिए । ती दुईलाई पर्यो फर्साद । खाजाको बिल दश हजार ८ सय आयो । तर दुवैको मिलाएर जम्मा ६ हजार मात्र पुग्यो । आफ्नो मोबाइल बन्दकी राखेर उनीह? जसोतसो घर आए ।
अब काजी कता गए । मलाई जिज्ञासा जाग्यो । खाएको पैसा पनि नतिरी भागेका काजी आखिर गए कहाँ ? निकै खुल्दुली भयो । जादै थिए । अलि पर कुनातिर त काजी बार्गेनिङमा पो लाग्या रहेछन । म फेरि कन्फ्युज भएँ । सुन्दा केटाको जस्तो स्वर, हेर्दा युवतीजस्ती, ठम्याउनै गारो पर्यो । काजी किन बार्गेनिङ गर्दैछन ? एकैछिनमा बार्गेनिङ मिल्यो । काजीले उनलाई लिएर होटल छिरे ।
काजी साँच्चिकै आधुनिक काजी रहेछन । अब मलाई काजीप्रति कुनै कुराको पनि खुल्दुली बाँकी रहेन ।
प्रतिक्रिया दिनुहोस्