ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधुनिक काजी


admin
१५ भदौ २०७४, बिहिबार   १२ : ३०   बजे

ठाँटिएर जहिल्यै चिया खान आउने उसलाई हरेक दिन त्यहीँ चोकको चिया पसलमा देख्छु । उसको प्राय देखिने दैनिकीले आँखा तान्यो । अझ भनौ जहिल्यै चिया खाई सक्दा नसक्दै उ काउन्टरमा पैसा तिर्न पुग्थ्यो । हेर्दा झन्डै चालिस हाराहारिको उ प्राय त्यही होटलको भरपर्दो कस्टमर हो जस्तो लाग्छ । किनकी उसको चिया नै साविकभन्दा डबल हुन्छ । अझ यसो भनौ साउजीले उसका लागि ग्लास नै छुट्टै तयार पारेका छन ।
सायद होटलकै चिया मन परेर होला, विहानै चिया खान र काउन्टरमा उभिन आजसम्म कसैले उछिन्न सकेन । दिनभरीको कार्यकलाप पनि विचित्रको हुन्छ उसको । कहिले कुन मन्त्रालय कहिले कुन विभाग, कहिले कुन पार्टी कार्यालय कहिले एयरपोर्ट त कहिले ठुला ठुला होटल उसका अड्डा थिए । यि सबै कुरा बुझ्न केही गर्न पर्दैनथ्यो, बस उसको दुई तिन घन्टाको भाषाण सुने पुग्थ्यो । भाषणमा चाँही दम थियो । सुनिरहु लाग्ने खालको कुरा हुन्थे उसका । मान्छे अनुसारको शैली रेडिमेड थिए उसका । तर उसको अफिस कता होला भनेर अहिलेसम्म कसैलाई पत्तो छैन । यहासम्म की उसका नजिकका मित्रह? पनि कन्फ्युज छन ।
अंग्रेजी साहित्यकार टिएस इलिएट ( T.S. Eliot) को प्रख्यात कविता द वेस्ट ल्याण्ड (The west land ) मा टाइरिससले जस्तै मैले पनि त्यो हसिलो टठिलो र फुर्तीलो परेर भिआइपी जस्तो देखिने गरि हिड्ने मानिसको जासुस गर्न थाले । म त्यो मान्छेलाई ‘आधुनिक काजी’ भन्न ?चाउछु । आधुनिक काजी जहाँ–जहाँ जान्छ म पनि उसको पछि पछि जान्छु । मलाई ती काजीको बारेमा थाहा पाउनु छ । तर उसले मैले पिछा गरेको पत्तो पाउदैन ।
शनिवारको दिन परेकाले प्राय मानिस फुर्सदमा नै हुन्छन । फेरि पनि उसलाई मैले त्यहीँ चिया पसलमा देखे । उसले ठुलो गिलासमा चिया मगायो अनि सँगै चुरोट तान्न थाल्यो । उसका चिनेजानेका एक हुल मानिस पनि सँगै अर्को टेबलमा चिया पिइ रहेका थिए । चिया सकिनसाथ हत्त न पत्त काउन्टरमा गयो । उसलाई चियाको पैसा तिर्न कति हतार परेको यस्तै सोच्दै थिए । म पनि अगाडि बढे । साउसी बम्की रहेका थिए । “के कुरा गर्नु भाको, आजसम्म उन्चालिस हजार ७ सय ६० भइसक्यो । यसरी कहाँ सकिन्छ सर चिया पसल हो मैले पनि केटाकेटी पाल्नु पर्छ, केटाको फि तिर्न सकेको छैन ।” काजीले सहजै जवाफ फर्काए “के आत्तीनु भाको यति जाबो त होनी, दिउला नि दुईचार दिनपछि” । मैले पनि जिब्रो टोक्न पुगेछु । विचरा साउजी पनि खिस्रिक्क परे । भोलिपल्ट पनि विहानको क्रियाकलाप साविक बमोजिम नै चल्दै थियो । करिब दश बजेतिर काजी सिंहदरवार तिर जानु छ भन्दै हिडे । म पनि पछि लागे । काजी सरासर सिंहदरवारको गेटमा गए । कसैलाई फोन गरेजस्तो गरे अनि एकछिनपछि भित्र छिरे । अब मलाई अप्ठेरो परयो, काजी त सचिव नै हुन कि क्या हो । ह्या के पछि लाग्नुजस्तो पनि लाग्यो । होइन एकपल्ट जाउ कुन अफिसमा रहेछन पत्तो त लाग्छ । काजी त सरासर सञ्चारमन्त्रालयको ट्वाइलेटमा छिरे । निक्कै बेरपछि निस्किए । अनि त्यत्ती नै बेला उसको फोन आएर सरासर बाहिरा निस्क्यो । म त छक्क परे ।
सोमवार विहान पनि उसलाई सिंहदरवार नै देखे । उसलाई फेरि पनि निगरानी गरे तर अघिल्लो दिनकै व्यवहार दोहोरयाए । काम परेर होला भनेर वास्ता गरिन तर मंगलवार पनि उही गरयो जुन पहिला गर्दै आएको थियो । बुधवार चक्रपथको गाडि चढेर म घर जादै थिए । ठ्याक्कै काजीलाई देखे । म झर्नुभन्दा एक स्टेशन अघाडी नै काजी झरे । म ढोकानिरा थिए । काजीले त कार्ड पो निकाले । कार्डमा त्रिपन्ध्र क्याम्पस लेखिएको थियो । पैसा उठाउने सहचालकले कहाँको कलेज हो अंकल भनेर सोधे । उसले जंगिदै काठमाडौको कलेज चिनेनस भनेर रिसायो । सहचालकले अध्यारो मुख लगायो । कार्ड फिर्ता दिए ।
अर्को दिन पनि काजीलाई मैले चिया पसलमा देखे उ अट्हासले गफिदै थियो । सबैलाई भन्दै थियो आज एयरपोर्टमा ठुलो मिटिङ छ । ओहो के को मिटिङ रहेछ त भनेर म पनि काजीको पछि लाग्ने विचार गरे । सरासर काजी एयरपोर्ट भित्र गए गार्डसँग केही गफ गरे । पार्किङतिर गए मोबाइल खेलाएर बसे अन्त्यमा मोबाइलको ब्याट्रीले लो सिग्नल देखायो । उनी जु?क्क उठे अनि घर फर्किए । मनमनै सोचे काजीको ठुलै मिटिङ रहेछ आज । एयरपोर्टबाट फर्किदै गर्दा बाटोमा जुलुस भेट्छ । त्यो राजनीतिक दलको आन्दोलन थियो । उसले केही नेतासँग हात पनि मिलायो । अनि भन्दै थियो म सच्चा पार्टीको कार्याकर्ता भनेर । एकजना नेताले छेउमा आएर उनको गोजिमा केही राखिदिए । नम्बर हराएकाले नेताले काजीलाई नम्बर दिन आग्रह गरे तर काजीलाई आफ्नै मोबाइल नम्बर पनि याद रहेनछ । फेरि एक दिन अर्कै पाटीको कार्यकर्ता भेला थियो, त्यहा पनि काजी देखिए । नेतासँग खुव गफिदै थिए । ढाकाटोपी लगाएका एक नेताले उनलाई खामभित्र हालेर केही दिए । छेउमा भएका अ? कार्यकर्ता रिसले रातो निलो भए । यस्तै क्रममा काजीलाई मैले चार फरक पार्टीको कार्यक्रममा गएको र आफ्नै कार्यकर्ता हो भनेर गफ गरेको सुने । नेताले पनि पत्याई हाल्ने । यसो हेर्दा खाईलाग्दो ज्यान भएको उ हट्टाकट्टा छ । म कन्फ्युजमा परे । काजी साप आखिर हुन चाही कुन पार्टीको ।
शुक्रवारको दिन चिया पसलमा चिया पिउदै गर्दा प्रसंगबस यौनका कुरा चले, जब कुरा चले काजी जु?क्क उठे । यस्ता पनि कुरा गर्ने, काम छैन, लाज नभाका भन्दै अलि पर गएर चुरोट सल्काए । यो मामलामा चाही काजी सोझो रहेछन है भन्ने लाग्यो । शुक्रवारको दिन गुड फ्राइडे मनाउन जाने भन्दै दुईजनालाई काजी अफर गर्दै थिए । काजी भन्दै थिए “जाने भए जाउ,रमाइलो गरौला, पैसा पनि खासै लाग्दैन, पकेट खर्च भए पुग्छ ।” ती दुई पनि दंग परे । बेलुका करिब ७ बजेतिर ठमेलको गल्लीबाट अलि भित्र पर्ने एक होटलमा काजीले खाजा खुवाउन लगे । खाजामा रक्सी मासु,सलाद, चुरोट सबै खाए । खाइसकेपछि काजीको एक्कासी फोन आयो । काजी हेलो हेलो भन्दै बाहिरिए । ती दुईलाई पर्यो फर्साद । खाजाको बिल दश हजार ८ सय आयो । तर दुवैको मिलाएर जम्मा ६ हजार मात्र पुग्यो । आफ्नो मोबाइल बन्दकी राखेर उनीह? जसोतसो घर आए ।
अब काजी कता गए । मलाई जिज्ञासा जाग्यो । खाएको पैसा पनि नतिरी भागेका काजी आखिर गए कहाँ ? निकै खुल्दुली भयो । जादै थिए । अलि पर कुनातिर त काजी बार्गेनिङमा पो लाग्या रहेछन । म फेरि कन्फ्युज भएँ । सुन्दा केटाको जस्तो स्वर, हेर्दा युवतीजस्ती, ठम्याउनै गारो पर्यो । काजी किन बार्गेनिङ गर्दैछन ? एकैछिनमा बार्गेनिङ मिल्यो । काजीले उनलाई लिएर होटल छिरे ।
काजी साँच्चिकै आधुनिक काजी रहेछन । अब मलाई काजीप्रति कुनै कुराको पनि खुल्दुली बाँकी रहेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu