ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्कियो इन्जिनियरिंग कलेजको विवाद


एबीसी न्यूज
१३ भदौ २०७५, बुधबार   ३ : २२   बजे

भक्तपुर,१३ भाद्र । लामो समयदेखि चल्दै आएको नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरको विवादले चर्काे रुप लिन थालेको छ । नाफा नलिने उद्देश्यका साथ सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज त्यही रुपमा चलाउने र निजीकरण गरेर नाफा लिई चलाउने दुईपक्षको विवादमा शिक्षक र कर्मचारी पनि संलग्न हुन थालेपछि विवादले चर्काे रुप लिन थालेको हो ।

कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी संघर्ष समितिले सोमबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टसमक्ष ज्ञापनपत्र बुझाई कलेज जोगाउन आग्रह गरेका छन् ।

शिक्षककातर्फबाट सहप्राध्यापक दुर्गाप्रसाद भण्डारी र कर्मचारीकोतर्फबाट मनोहर खनालको हस्ताक्षर रहेको संयक्त ज्ञापनपत्रमा कलेजको अवस्था वन्द हुने क्रममा पुगे पनि जिल्ला प्रशाशन कार्यालय, स्थानीय निकायको रुपमा रहेको चाँगुनारायण नगरपालिकालगायतका अभिभाबकत्व गर्नेहरु चुप लागेर बसको आरोप लगाइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा सीडीओ चुप लागेर बस्नुले मिलेमतो भएको शंका उत्पन्न भएको उल्लेख छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती हडप्ने निजीकरण गर्ने पक्षमा रहेका सञ्चालकहरुको नेतृत्व गर्दै आएका पूर्व अध्यक्ष एवं सञ्चालक समितिका सदस्य एवं पूर्व अध्यक्ष लम्वोदर न्यौपानेको योजनामा सीडीओको मिलेमतो रहेको आरोप उनीहरुले लगाएका छन् ।

गएको वैशाख ३१ गते शिक्षक कर्मचारी संघर्ष समिति गठन भएको र समस्या समाधान सम्वन्धी विषयमा जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता नम्वर २५०१ अन्तर्गतको पत्र पनि केही सुनुवाई नभएको अवस्था रहेको बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

स्थितिको जटिलताको समाधान प्रमुख जिल्ला अधिकारीबाट नआएको भन्दै शिक्षक कर्मचारीहरुले असन्तुष्टीसमेत प्रकट गरेका छन् । संघर्षरत शिक्षक कर्मचारीहरुले सीडीओ नारायणप्रसाद भटलाई पटकपटक उनकै कार्यकक्षमा भेटी समस्या समाधान गरिदिन अनुरोध गर्दा अध्ययन गर्नुपर्छ भनी आलटाल गरेको उनीहरुको आरोप छ ।

ज्ञापनपत्रमा संस्थामा भएका आर्थिक अनियमितताको छानविन गरी दोषिमाथि कडा कारबाही हुनुपर्ने माग पनि उल्लेख गरिएको छ । दुई अर्व भन्दा वढी चल अचल सम्पती रहेको नेपाल इन्जिनियरिंग कलेजलाई प्रालि बनाई बेच्ने प्रयास यसअघि नै लम्वोदर न्यौपानेले गरेका थिए ।

ज्ञापनपत्र बुझाउनु अघि सयौँंका संख्यामा आएका कलेजका शिक्षक कर्मचारीहरुले प्रशाशन अगाडि विरोध याली निकालेका थिए । पर्यटक बस पार्क भक्तपुरबाट विभिन्न नारा लेखिएका कार्ड बोकी उनीहरु प्रशाशन पुगेका थिए ।

सामाजिक संस्था ऐन अनुसार गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेज एक पक्ष सोही रुपमा र अर्काे पक्ष नाफा कमाउन निजीकरण गर्नुपर्नेमा रहेका छन् । सात सदस्यीय सञ्चालक समितिमा पाँंच जना प्रालि गरी वेच्ने पक्षमा छन् भने दुई जना नाफा नलिई सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

सञ्चालक समितिका सदस्यहरु हरिप्रसाद पाण्डे र शलिल भटराई नाफा नलिने पक्षमा छन् भने अन्य सदस्यहरु लम्वोदर न्यौपाने, डा रामरत्न उपाध्याय, लवराज भट्टराई, उपेन्द्र गौतम, र सूर्यवहादुर केसी प्रालि गरी नाफा कमाएर बेच्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा–दुबई उडानलाई दिगो बनाउन पर्यटन व्यवसायीको सक्रियता

लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए शपथ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu