ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फलफूल व्यापारी जुम्लाको स्याउ बिक्रीमा व्यस्त


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   १२ : ५९   बजे

नेपालगन्ज, २५ भाद्र । स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगन्जमा राम्रै बजार लिएको छ ।

अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा फलफूल व्यापारी अहिले भने जुम्लाको स्याउ बिक्रीमा बढी व्यस्त छन् । उपभोक्ता पनि जुम्ला, डोल्पालगायत कर्णालीका क्षेत्रबाट आएको बाहेक अन्यत्रको स्याउमा आँखा लगाउँदैनन् । जुम्लामा मोटरबाटो पुगेकाले सडकबाटै स्याउ आउँदा सस्तो भएको छ ।

दैनिक करीब दुई ट्रक स्याउ नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जी मण्डीमा बिक्रीका लागि आइरहेको छ । त्यहाँबाट फुटकर बिक्रेताले किनेर बजारमा बिक्री गर्दछन् । भदौको दोस्रो साताबाट बजारमा आएसँगै भारत र चीनका स्याउ यहाँको बजारबाट विस्थापित जस्तै भएको छ ।

यसले त्यहाँका किसानलाई पनि राम्रो फाइदा पुगेको छ । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्नुहुन्छ,“जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी ल्याउने गरिएको छ ।”

दैनिक करिब सय क्विन्टल स्याउ बिक्रीका लागि फलफूल मण्डीमा आउँछ । त्यहाँबाट बाँकेका विभिन्न बजारमा खुद्रा मूल्यमा बिक्रीका लागि व्यापारीले लिएर जान्छन् भने बर्दिया र कैलालीसम्म स्याउ जान्छ । फलफूल व्यापारी मोहम्मद नसिम जुम्लाको स्याउ दैनिक २० देखि ५० किलोसम्म बिक्री गरेर आएको नाफाबाट आफू सन्तुष्ट रहेको बताउनुहुन्छ ।

यसको थोक मूल्य अहिले रु ५० देखि रु ९० प्रतिकेजी छ । खुद्रा व्यापारीले रु ८० देखि रु १३० प्रतिकिलोसम्म बिक्री गरिरहेका छन् । स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म यसका पारखीले जुम्ली स्याउ नै रोज्दछन् । ठूलो, मझौला र सानो तीन प्रकारले वर्गीकरण गरी स्याउ बिक्री भइरहेको छ । स्थानीय डिबी राउतले जुम्लाको स्याउ स्वादिलो भएकोले अरुभन्दा यही नै रोज्ने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu