ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्याधिक वृद्धिले चौतर्फी नकारात्मक असर पु¥याउने विज्ञहरुको भनाइ


एबीसी न्यूज
२६ भदौ २०७५, मंगलबार   १२ : ५८   बजे

काठमाडौं, २६ भाद्र । नेपाली वजारमा डलरको भाउ बढेर १ सय १६ रुपैया २३ पैशा पुगेको छ । विगत केही दिनदेखी निरन्तर रुपमा बढेको डलरको अहिले सम्मकै उच्च भएको छ । नेपालको अर्थतन्त्र आयातमुखी भएकाले नेपाली अर्थतन्त्रमा डलरको अत्यधिक मूल्यबृद्धिले चौतर्फी नकारात्मक असर पु¥याउने देखीएको छ ।

नेपाली बजारमा अमेरीकी डलरको मुल्य अहिले सम्मकै मह“ंगो भएको छ । मंगलवार १ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १६ रुपैया“ २३ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहिवारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैया“ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ । भारतसंगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हु“दा त्यसको प्रभाव नेपाली मुद्रामा पनि परेको हो । अन्तराष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको अर्थविद चन्द्रमणी अधिकारी बताउछन् । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलरको भाउ बढेको उनको भनाइ छ ।

यसरी डलरको भाउमा हुने उतारचढावको सोझो असर नेपाली अर्थतन्त्रमा परेको छ । अहिले नेपालले बार्षिक करीव ११ खर्व व्यापार घाटा खेपिरहेको छ । निरन्तर रुपमा डलरको भाउ बढ्दा आयतमुखी बजारले धानेको नेपाली अर्थतन्त्रमा प्रभाव त पर्नेनै भयो । नेपालमा आयात गर्नुपर्ने बस्तु धेरै छन् तर निर्यात भने थोरै मात्रामा हुने गरेकाले यसको प्रभावले नेपाली अर्थतन्त्र थलिनसक्ने अर्थ्विद्हरुले औल्याएका छन् । यद्यपी डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी क्षेत्रमा भने फाइदा हुनेछ देखीएको छ ।
नेपालले गत १० महिनामा ६६ अर्ब रुपैया बराबरको निर्यत र १० खर्व बराबरको आयात गरेको छ । डलरको भाउ बढ्ने बित्तीकै विदेशी मुद्रा खर्च गरिनुपर्ने आयातको मुल्य स्वत बढ्ने छ । डलरको भाउ बढ्ने बित्तीकै बिदेसी समानहरु नेपालको लागी महगो हुने छ । तर डलरको भाउ १ सय १ रुपैयाँ हु“दा विदेशबाट १ डलर रेमिट्यान्स पठाउ“दा नेपालीले १ सय १ रुपैया“ पाउँथे भने अहिले विदेशबाट १ डलर पठाउ“दा १ सय १५ रुपैया“को हाराहारीमा पैसा पाउनेछन् । यसरी डलरको भाउ बढ्दा नेपालीलाई सबैभन्दा राम्रो फाइदा हुने भनेको रेमिट्यान्सको क्षेत्रमा हो । तर दैनीक उपभोग्य बस्तुमा नेपालले विदेशी बजारको भर पर्नुपर्ने छ । र बिदेशी बजारमा डलरमा कारोवार हुने हुदा नेपाल महगीको मारमा पर्ने देखीन्छ ।

यसरी नेपाली बजार पूर्ण रुपमा विदेसी वजारले धानेको हुदा अन्तराष्ट्रिय बजारमा हुने थोरै उतारचढावले मात्रै पनि नेपालको अर्थतन्त्रमा ठूलै हलचल मचाउने गरेको छ । अझै नेपालीहरु चार्डपर्वको सिजन सुरु भइसेकेको बेला यसले ठुलो असर देखा पर्ने सम्भवना देखिएको छ ।नेपाल उत्पादनको क्ष्ँेत्रमा आत्मनिर्भर हुन नसक्दा यस्ता समस्याले सहजै प्रभाबित बन्ने गरेको छ । त्यसैले अवका दिनमा नेपाल कम्तिमा पनि दैनिक उपभोग्य बस्तुमा आत्मनिर्भर बन्नु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group