ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षित मातृत्व कार्यक्रम असफल


bhawani desk
२९ भदौ २०७५, शुक्रबार   ३ : ३८   बजे

ओखलढुङ्गा, २९ भाद्र । घरैमा सुत्केरी गराउँदा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ पात्ले घुन्साकी २१ वर्षीया छोटिन शेर्पाको केही दिनअघि मृत्यु भयो । घरमै छोरी जन्माउनु भएकी २१ वर्षीय शेर्पाको साल अड्किएर लगातार रक्तस्राब भएपछि तत्काल उपचार नपाउँदा मृत्यु भएको हो ।

गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेवीका आङ्फुर्लु शेर्पाले बताउनुभयो । घरैमा सुत्केरी हुनु भएकी खिजीदेम्बाकै रगनीकी रीता मगरको पनि साल अड्किएर मृत्यु भयो ।

करीब चार घण्टाको प्रशव पीडापछि सकुशल शिशु जन्माएउनु भएकी रीताको साल नझरेको समस्या समाधान गर्न नसक्दा उनको मृत्यु भएको स्थानीयवासी बताउछन् । श्रीमतीको ज्यान बचाइदिन रीताका श्रीमान् गोपालले हारगुहार गरे पनि स्वास्थ्य संस्थामा भएका स्वास्थ्यकर्मीले घरमा गएर सेवा दिन अटेर गरेपछि तीन सन्तानकी आमा रीताको मृत्युभयो ।

छोटिन र रीताको समस्या प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामा नगई घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको पाइएको छ । सुरक्षित सुत्केरी गराउन सङ्घीय सरकार र स्थानीय सरकारले आकर्षक सुविधा उपलब्ध गराए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

‘‘स्वास्थ्यमा हेलचेक्राँयी गर्नुहुँदैन भनेर गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सुविधा दिने घोषणा पनि गरेका छौँ, तर अवस्था उस्तै छ’’ खिजीदेम्बा–९ का वडाध्यक्ष आङ्पशी शेर्पाले भन्नुभयो, “दुर्गम क्षेत्र र सचेतनाको कमीका कारण आमा र शिशु बचाउन समस्या भइरहेको छ ।” खिजीदेम्बामा लगातार घरैमा सुत्केरी भएका महिलाको मृत्यु भइरहेपछि गाउँपालिकाले समस्या समाधानका लागि कुनै ठोस् योजना बनाएको छैन ।

घरैमा सुत्केरी हुने क्रम रोकिएन

जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारको तथ्याङ्कअनुसार अझै प्रत्येक वर्ष पाँचदेखि १० प्रतिशत महिला घरैमा सुत्केरी हुने गरेका छन् । तीन वर्षयता सय प्रतिशत गर्भवतीमध्ये ८५ प्रतिशतले मात्र सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । बाँकी १५ प्रतिशत गर्भवतीले आ आफ्ना घरमा जोखिमपूर्ण तरिकाले बच्चा जन्माएका छन्् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा एक हजार ८१५ जना स्वास्थ्य संस्थामा सुत्केरी हुँदा १३९ जनाले घरैमा बच्चा जन्माएका छन् ।

आर्थिक वर्ष २०७३÷७४ मा एक हजार ९४२ जना स्वास्थ्य संस्थामा र १२२ जना घरैमा सुत्केरी भएको तथ्याङ्क रहेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा एक हजार २५७ जनाले स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएकोमा १२० भन्दा बढीले घरैमा बच्चा जन्माएका छन् ।

जिल्लाभरका स्वास्थ्य संस्थाले सङ्कलन गरेको तथ्याङ्कले सुरक्षित सुत्केरी गराउनेमा बढी शहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

सरकारी प्रयास असफल

स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहँच पु¥याउने सरकारी प्रयास असफल सावित भएको छ । सरकारले सुत्केरीका निम्ति उपलब्ध गराउँदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजाँदा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको सङ्ख्या बढी देखिएको हो ।

भौगोलिक असुविधा र यातायात समस्याका कारण पनि जिल्लाको दुर्गम गाउँका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ छ । जिल्ला अस्पतालसहित ३० भन्दा बढी स्वास्थ्य संस्था सुरक्षित सुत्केरी गराउन पाउने व्यवस्थामा सूचीकृत भएका छन् ।

परिवारको असहयोग

ओखलढुङ्गा जनजाति समुदायको बाहुल्यता भएको जिल्ला हो । यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग नहुने पीडित बताउँछन् ।

गर्भवती महिलाले गर्भवती भएपछि के गर्न हुने के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको पलापुकी एक गर्भवती महिलाले बताउनुभयो । ‘‘मलाई सबैकुरा थाहा छ, र पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’’ नाम उल्लेख नगर्ने सर्तमा उहाँले भन्नुभयो, “घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारीले खासै काम नलाग्ने रहेछ,” उहाँले गुनासो गर्नुभयो ।

सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी भएन

सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम ओखलढुङ्गामा प्रभावकारी भएको छैन । गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरी पश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो । तर यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group