ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिबन्ध हटेपछि इलाममा पर्यटकको आगमन


एबीसी न्यूज
३१ भदौ २०७५, आइतबार   ५ : ५४   बजे

पशुपतिनगर, ३१  भाद्र । दार्जिलिङको सिंहलीला नेशनल पार्कले पर्यटक आवजावतमा लगाएको प्रतिबन्ध हटाएपछि इलामको सीमावर्ती सन्दकपुर क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ ।

उक्त पार्कले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको प्रजनन् समय (जुन १५ तारिखदेखि तीन महिनाका लागि) पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध शनिबारदेखि खुला गरेपछि भारत भएर आउने पर्यटकको चहलपहल बढेको हो ।

पर्यटक प्रवेशले रेडपाण्डाको प्रजननमा प्रभाव पर्ने भन्दै पार्कले हरेक वर्ष जुन १५ देखि सेप्टेम्बर १५ सम्म पर्यटक आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ । इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुर जान नेपालबाट सडक नभएको तर भारतीय क्षेत्रमा प्रतिबन्ध लगाएकाले पर्यटकको आवागमन ठप्प हुन्छ ।

सूर्योदय नगरपालिका क्षेत्रको सीमा बजार मानेभञ्ज्याङ–सन्दकपुर पर्यटकीय क्षेत्रमा पर्ने गैरीवासदेखि कालपोखरीसम्म नेपालबाट बाटो नखनिएका कारण पर्यटकले भारतीय बाटो प्रयोग गर्दै आएका छन् । भारतको उक्त पार्कले आवतजावतमै प्रतिबन्ध लगाएपछि पर्यटक मानेभञ्ज्याङ–सन्दकपुर पर्यटन क्षेत्रको भ्रमणमा नआउने गरेको मानेभञ्ज्याङ् ल्याण्डरोभर एसोशिएशनका अध्यक्ष पासाङ तामाङले बताउनुभयो ।

भारतले सीमाक्षेत्रमा मानेभञ्ज्याङदेखि फालुटसम्म पर्यटन पदमार्ग निर्माण गरेको छ भने नेपालले सो क्षेत्रमा पूरै पदमार्ग निर्माण गर्न सकेको छैन ।

पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा पदयात्राका लागि भारतलगायत तेस्रो मुलुकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल पनि खुलेका छन् ।

पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघमा, तुम्लिङ, जौबारी, गैरीवास, कैयाकट्टा, कालपोखरी, बिर्खेभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौँदेखि भारत भएर आउने पर्यटकलाई लक्षित गरेर नेपालका दर्जनौँ होटल सञ्चालनमा छन् ।

असोज र कात्तिकमा पर्यटक आवागमन उच्च हुने भएकाले बर्खामा बन्द भए पनि अनुकुल याममा ल्याण्डरोभर गाडीमा पर्यटक ओसारपसारमा भ्याइनभ्याइ हुने सूर्योदन नगरपालिका–१ का अध्यक्ष राजकुमार श्रेरेङले बताउनुभयो ।

सन्दकपुर क्षेत्रमा असोजदेखि वैशाखसम्मै पर्यटक आउजाउको क्रम चल्ने गरेको छ । कञ्चनजङ्घा, सगरमाथालगायतका हिमशृङ्खला र सूर्योदय दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडिबुटी हिमाली जीवनशैलीलगायत अवलोकनका लागि पनि सीमावर्ती क्षेत्र प्रख्यात छ ।

प्रदेश नं १ को प्रख्यात धार्मिकस्थल कन्काइ माईको मुहान रहेको तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट नेपाल भारत, भूटान र सिक्किम क्षेत्रमा ६० बढी हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu