व्यवस्था बदल्न हिंडेको छोरा घर नफर्के पछि कुइनाले हानेर पहरो कहा“ भत्किन्छ भन्नेहरुलाई मेरी हजुरआमाले उतिबेलै जवाफ दिनुहुन्थ्यो । जनताको लागि लड्न हिडेको मेरो छोरो कम्युनिष्ट हो । कम्युनिष्टले जनताको काम गर्छ, घर नभएका निमुखा जनताको सेवा गर्छ । मान्छे मान्छे एउटै हुने लडाइ लड्छ ।
एकदिन जनताको शासन आउने छ हेर । हजुरआमाले जानेर बुझेर भनिन या छोराको मायाले भनिन् । आज उनि छैनन् । तर उनले भनेजस्ता धेरै घटनाहरु घटेका छन् । जनताले भगवान मानेका राजालाई घु“डाटेक्न बाध्य बनाए । देशमा परिवर्तन भयो । व्यवस्था बदलियो, शासक बदलिए, तर शासन उही र उस्तै र¥यो । जनताको लागि लडेका हौं भन्नेहरु जनताकै ढा“ड सेक्न तयार बने । जानेर नजानेर जनताको लागि गरिएको लडाइले सीमित ब्यक्तिलाई झन् शक्तिशाली बनाइदियो । सडकबाट सदनसम्म पुग्दा स्वर्ग देखेका कम्युनिष्टहरु तिरमिर बने । जताततै पैसा र पदका भागबण्डामा जनता सम्म पुग्दा त कमिसन र लेनदेनले आ“खै तिरमिराउने त्रिबेणीं बन्यो । पद र पैसाले इमानको खरिदबिक्री हुंदैजा“दा समाजमा यतिधेरै अपराध बढ्योकी ब्यभिचारी, दुराचारी र अपराधीहरुको अखडाबाहेकका निकायहरु निकम्बा बन्दै गए । जसले गर्दा समाजमा आदर, सम्मान, सम्बन्ध, भावना जस्ता कुराहरुको दिनदहाडै चिरहरण हुन पुग्यो।
यस्तै कारणले गर्दा समाजमा अपराध बढ्दै गएको छ । दिनानुदिन मान्छे मान्छेबाट जनावरको रुपमा परिणत हुंदैछ । घरघरमा हत्या बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गएका छन । कसैलाई डर छैन अपराध गरे पनि पावर, पैसा र पदको प्रयोग गरेर पीडितलाई झनै पीडा दिने काम भैरहेको छ । जनतालाई सजिलो सहज परिवेश बनाएर राहत दिने भन्दा पनि हरेकठाउमा पीडा आज पनि जस्ताको तस्तै छ । देश संघियतामा गएको छ । जनताको काम गर्न सजिलो हुने भनेर अनेक छोटेराजाहरु खडा गरेर उनिहरुको राज चलाउने काम मात्र भएको छ । आफ्ना छोरी चेलीहरुको इज्यत लुटेर इहलिला समाप्त पारिदिने हरु पावर र पैसाले मातिएर प्रमाण नष्ट गरेको देख्दा समेत राज्य चुप रहनु, र अनगिन्ती नाटक मञ्चन गर्नुले जनताको लागि लडेका हौ भन्ने कमिनिष्टर ? हरुको धज्जी उडेको छ । जव निजी स्वार्थ पुरा गर्न बिचारको ब्यापार हुन थाल्छ सिद्धान्त, निति र निष्ठाको समेत बलात्कार हुने रहेछ ।
सा“च्चै नढाटी भन्नु पर्दा कञ्चनपुरकी अबोध निर्मलाको मात्र बलात्कार पछि हत्या भएको छैन आज कम्युनिष्टका निती र सिद्यान्तको पनि हत्या भएको छ ।त्यतिखेर कम्युनिष्ट हरुले जातपात भन्दैनन, दिदी बहिनी भन्दैन्न सबै सम्मै हुन्छ भनेर बिरोधीले गर्ने र टिप्पणीको पसिना आउन्जेल बिरोध गर्ने मेरी हजुरआमा आज जिवित भए कति निशब्द, र स्तब्ध बन्ने थिइन होला । समाजमा राम्रो काम गर्छन, देश बनाउछन् , जनताको लागि काम गर्छन, अन्याय अत्याचारको बिरोध गर्छन, भ्रष्ट्रचार कमिसन खोर , लुटेरा, हत्यारा र ब्यभिभारीको उन्मुलन गर्छन् भन्ने कम्युनिष्टहरुले नै शासन गरेको देशमा दिन दहाडै छोरीचेलीको इज्यत लुट्ने अपराधीले प्रमाण नष्ट गरेको देख्दा समेत मौन रहनु , अनेक नाटक मन्चन हुनुले हाम्रा शासकहरु कम्युनिष्ट त के मानविय संवेदना समेत हराएका खोक्रा मान्छेहरु मात्र त हैनन आशंका उब्जिनु स्वभाविक हो ।
देश बनाउन शासकहरुले डिक्टेटरसिप लगाउन परेपनि पछि पर्न नहुने रहेछ । देश र जनताको लागि जनताको सुख र समृद्धिको लागि एउटा शासक डिक्टेटरनै बन्नु पर्छ भन्ने कुरा सायद सा“चै पनि रहेछ । आज देश अराजकताले रुमलिएको छ । घर, समाज र देश कहिं कतै सुरक्षित छैन । छोरीचेलीहरुको दिनदहनडै आफ्नै घरमा चिरहरंण भएको छ । न सुरक्षा छ , न शान्ति । न अपराधीलाई कार्वाही । अपराध गर्ने देशको अगुवा हुन्छ, समाजको चल्ताफूर्ता, नेता हुन्छ, कार्यकर्ता हुन्छ, शिक्षा सिकाउने शिक्षक हुन्छ, सुचना दिने संचारकर्मी हुन्छ, जनतालाई सुरक्षा दिने सुरक्षाकर्मी हुन्छ । पहु“च वाला, पावर वाला, पैसा वाला । कार्वाही हुने कुरै भएन । सरासर बुझिने कञ्चनपुर घटनालाई त यसरी गुमराह मा परिदैछ भने अरुले न्याय कसरी पाउलान ? हिजो मात्र समाचार आयो एउटा तेल कम्पनीलाई गुणस्तर भएन भनेर मन्त्रीले बन्द गर्ने आदेश दिएछन् । जनता उनको कामले खुसी पनि भए । जनताका मन्त्रीले यति त हिम्मत देखाएछन । तर उतिनै बेला तेल गुणस्तर हिन हैन रहेछ । खान योग्य रहेछ भन्ने समाचार आयो । यसको मतलब मन्त्री र तेल मालिक बिच पक्कै पनि लेनदेन मिलेन । यस्तो निकम्मा राज्य व्यवस्थामा छौ हामी ?
पावरमा भए पछि शक्तिमा भए पछि उनिहरुले गरेका अपराधका समाचार लेख्दा एउटा संचारकर्मी कठघेरामा उभिनु पर्छ तर अपराधी खुलेआम हिडछन् । साना भन्दा साना काम गर्दिए बापत कमिसन लिन्छन जनताको लागि काम गर्छौ भन्नेहरु । अनि कहा“ छ सुशासन ? अनि कसरी सम्भव छ समृद्धि ? रातारात काम नगरी धनी हुनुछ मान्छेहरुलाई । सवैभन्दा सजिलो दाम कमाउने उपाय राजनीति गर्छु भन्ने र जनताको काम गरेको बहानामा कमिसन लिने सजिलो काम । पैसा नभए सम्म राजनीति गर्छौ भन्नेहरुले कसैको सानो काम पनि गर्न नहुने, पैसाको कारोवार नहुने देखेपछि बोल्न पनि नहुने हाम्रो राजनीतिक संस्कार बनिसकेको बर्तमानमा कहां खोज्ने सुरक्षा ? कहा“ खोज्ने शान्ति ? र कहा“ खोज्ने जनताले शुसासन ? दिनदहाडै आफ्ना छोरी चेलीहरुको इज्यत लुटिदा अपराधीलाई कारबाही गराउन समेत यति धेरै याचना गर्नु पर्ने परिस्थितिमा कसरी सुशासन कायम होला ? सा“च्चै देशमा अराजकता बढनु, हिंसा बढ्नु यी र यस्तै कारणले गर्दा नै हो । अपराध गर्न हुदैन संजाय हुन्छ भन्ने नै छैन ।
जस्तो अपराध गरेपनि लेनदेनमा मिलिहाल्छ भन्ने सोचको बिकास भएकै कारण समाजमा अपराध बढेका छन । अपराधी चाहे जो सुकै किन नहुन कडा भन्दा कारबाही गर्ने र समाजमा त्यस्तालाई घृणा गर्दै जाने हो भने मात्र यस्ता घटनाहरु कम होलान हैन भने त यो अपराधको श्रृङखला झनै बढ्दै जानेछ । सरकार कम्तिमा पनि कम्युनिष्ट निती सिद्धान्तको लाज त राख । जनतालाई बा“च्न पाउने अधिकार सुनिश्चित र सुरक्षित बनाउ । जघन्य अपराध गर्ने अपराधी जो सुकै हुन कारबाही गर्न नडराउ ।
प्रतिक्रिया दिनुहोस्