काले एउटा सोझो केटो कहिल्यै झुठो बोल्ने उसको बानी छैन । जसले जे भने पनि मान्ने मनमा कहीँ कतै पाप छैन कालेको इमानदारी कालेको महान गहना थियो । बाटोमा कसैले केही बिर्सेर गए जसको सामान हो उसैलाई पुर्याउने कालेको इमान्दारीमा कालेको दिन बितेको थियो । झगडा गर्ने छ्लकपटी गर्ने काम कहिल्यै भएको थिएन किन कि छ्ल गरेर कति नै दिन मान्छेको जिन्दगी चल्छ र ? हुन त मान्छेहरू छ्ल गरेर चोरी गरेर पनि आफ्नो जिन्दगी चलाउने गर्छन् । झगडा गरेर आफ्नो बहादुरी देखाउने पनि गर्छन् तर कालेको मनमा न त छल कपटपूर्ण भावना थियोे न त कसैलाई तर्साउने बानी नै थियोे । मान्छेहरूलाई झुक्याएर अरुको सामान आफ्नो हो भन्ने घृणित सोचाइ थियो ।
केवल इमानदारी नै उसले सपना थियोे । अरूको दु:खमा साथी बनेर दुखीहरूको साथी मित्रहरूको परम मित्र अरूको दु:खमा आफ्नो प्राण नै दिने एउटा महान बिचार राख्ने उसको कार्यको सबैले तारिफ नै गर्ने गर्थे ।
एक दिन काले कसैको दु:खमा साथ दिन दिनभरि खाना नभनी खाजा नभनी उसैको साथ कहिले कता कहिले कथा धाउँदै थियो । करिब ३ बजेको थियो मोबाइलमा धण्टी बज्यो अनि एक जना मित्रले एउटा काम पर्यो सहयोग गरिदिन आग्रह गर्यो । कालेको काम सकिएको थिएन उसले घडी हेर्यो र ३.३० सम्म आई पुग्ने बचन गर्यो । नभन्दै ३.३० मा काले कमल पोखरीमा जुन साथीले बोलाएको हो आफ्नो मोटरसाइकल चढेर त्यहीँ पुग्यो ।
पार्किङ स्थलमा धेरै नै मोटरसाइकलहरू थिए । एउटा ठाउँ खाली थियो त्यहीँ उसले आफ्नो मोटरसाइकल पार्किङ गर्यो र काममा लाग्यो । साथीको काम सकाएर काले पार्किङ स्थलमा लाग्यो । उसले चाबी हालेर मोटरसाइकल चलाएर घर आउँदै थियो अचानक मोबाइलमा घण्टी बज्यो कल उठायो । “दाई तपाईं कता हो एक जना मान्छे तपाईंसँग भेट्छु भनेकोले कल गरेको के गरुँ” कालेको आफन्त भाइले भन्यो । कालेले भाइ म बाटोमा छु एकै छिन भाइलाई भेट्न आउँछु भन्यो । कालेको भाइ नाम चलेको एक सुन्दर अनि इमानदार पत्रकार थियो ।
नभन्दै केही बेरमा मोटरसाइकलबाट काले भाइको पुग्यो । मोटरसाइकल रोक्यो अनि आफ्नो रेनकोट छ छैन भनेर अगाडिको फलामको लेगार्डमा हेर्यो उसको त्यहाँ उसको सामान झुन्डिएको थिएन अनि मोटरसाइकलबाट ओर्लेर हेर्दा मोटरसाइकल आफ्नो नभएको थाहा पायो । सिधै काले भाइकोमा पुगेर भन्न थाल्यो ।
“लौ यो मोटरसाइकल मेरो हैन साटासाट भएछ, चाबी कसरी मिल्यो एउटै रङ्ग थियो अहिलेसम्म यस्तो भएको थिएन के गरुँ भाइ ? मोटरसाइकल यहीँ छोडेर आफ्नो मोटरसाइकल लिन जाने कि के गर्ने भाइ म त बेहाल भएँ भाइ” भन्दा भाइले ” चिन्ता लिनु पर्दैन दाइ बरु यो मोटरसाइकलवाले प्रहरीको उजुरी दिन जानु भन्दा पहिला आफ्नो मोटरसाइकल लिन र अरुको मोटरसाइकल पुर्याउने सल्लाह दियो । दुई मोटरसाइकल चडेर पार्किङ स्थान गयो र अरुको मोटरसाइकल छोडेर आफ्नो मोटरसाइकल लिएर आफ्नो काम तर्फ लाग्यो ।
प्रतिक्रिया दिनुहोस्