ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन


एबीसी न्यूज
११ आश्विन २०७५, बिहिबार   ११ : २२   बजे

फिदिम, १० असोज । पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको छ । जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकामा विवरण सङ्कलन भइसकेको र याङवरक गाँउपालिकामा बिहीबार सम्पन्न हुँदैछ । फालेलुङ गाउँपालिकाका दुई वडामा अहिले विवरण सङ्कलन भइरहेको छ ।

उक्त जिल्लामा गत सोमबारसम्म ३८ हजार २८१ ले उक्त परिचयपत्रका लागि विवरण भरिसकेका छन् । जिल्ला प्रशासन कार्यालयबाट उक्त नगरपालिका–१का साथै जिल्लाभरका चार हजार १७७ र बाँकी १३ वटा वडाबाट १५ हजार १०० ले विवरण विवरण भरिसकेका छन् ।

हिलिहाङ गाँउपालिकाबाट आठ हजार ९१२, याङवरक गाउँपालकाबाट सात हजार ६५१ ले उक्त विवरण भरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रबाट खटिनुभएका टोलीनेता बाबुराम खत्रीले जानकारी दिनुभयो ।

आठ दिनसम्म लाग्छ

टोली नेता खत्रीका अनुसार एउटा वडामा एउटा टोलीलाई विवरण सङ्कलन गर्न आठ दिनसम्म समय लाग्ने गरेको छ ।

एउटा वडामा प्राय वडामा पाँचदेखि सात दिन समय लाग्ने गरेको उहाँले बताउनुभयो । स्थानीयवासीले आफ्नो विवरण भर्न एक घण्टाभन्दा बढी समय हिँड्नु नपरोस् भन्ने उद्देश्यले एउटा वडामा दुईदेखि चार स्थानमा विवरण सङ्कलन कार्य भइरहेको टोलीनेता खत्रीको भनाइ थियो ।

“सबै वडामा दुईभन्दा बढी स्थानबाट विवरण सङ्कलन गरिएको छ । सवारी साधन पुग्न नसक्ने केही स्थानमा भने स्थानीयवासीलाई दुई घण्टासम्म हिँड्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो, ।

“ल्यापटप, प्रिन्टर, क्यामेरा, ब्याट्रीलगायत सामग्री साथै हुने भएका कारण यातायातको पहुँच नभएका स्थानमा भने विवरण सङ्कलन टोली पुग्न सक्दैन । सवारी साधन पुग्ने सबै स्थानमा स्थानीवासीलाई पायक पर्ने गरी विवरण सङ्कलन गरिरहेका छौँ ।”

पुससम्म लाग्न सक्ने

गत असार ५ गतेबाट शुरु भएको विवरण सङ्कलनको काम आगामी पुससम्ममा सकिने अनुमान गरिएको छ । भौगोलिक रूपमा केही जटिल रहेको फालेलुङ गाँउपालिकामा विवरण सङ्कलनको काम शुरु मात्रै भएको छ । अन्य स्थानीय तहमा लागेको समयको अनुपातमा उक्त गाँउपालिकामा विवरण सङ्कलन गर्न एक महिनाभन्दा बढी समय लाग्छ । यसपछि दक्षिणी फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाँउपालिकामा विवरण सङ्कलनका लागि जाने टोली नेता खत्रीले जानकारी दिनुभयो ।

उक्त टोलीले वडा कार्यालयसँग समन्वय गरी स्थानीयवासीलाई विवरण दर्ता गर्न आह्वान गर्ने गरेको छ । यस्तै जिल्ला तथा छिमेकी जिल्लाका सञ्चारगृहबाट समेत विवरण दर्तासम्बन्धी सूचना प्रकाशन प्रसारण गरी जानकारी दिने गरिएको छ ।

व्यक्तिगत विवरण, औँठाछाप, फोटो, हस्ताक्षरलगायत विवरण सङ्कलन गरिने उक्त परिचयपत्रको पृष्ठ भागमा तथ्याङ्क सुरक्षित राख्ने विद्युतीय चिप्स हुन्छ । चिप्समा व्यक्तिका सबै प्रकृतिका विवरण र तथ्याङ्कलाई थप्दै लैजान सकिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu