ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग जोडिएका नयाँ नाका खोल्न चिनियाँ पक्ष सकारात्मक


admin
२२ भदौ २०७४, बिहिबार   ९ : ०२   बजे

काठमाडौं, २२ भदौं । नेपाल र चीनबीच अरनिको राजमार्ग सुचारु गर्ने र केरुङलगायतका नाकाको स्तरोन्नति गर्ने सहमति भएको छ ।

साताब्यापी चीन भ्रमणमा बेइजिङ पुगेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर र चिनिया विदेशमन्त्री वाङ यीबीचको भेटवार्तामा सहमति भएको हो । दुई देशका उच्च अधिकारीसहित चिनियां विदेशमन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल चीनसम्बन्धका विभिन्न पक्षहरुमाथी छलफल भएको थियो । दुवै देशका परराष्ट्रमन्त्रीबीच नेपाल चीनसम्बन्धलाई अझ नयाँ उचाईमा पुर्‍याउने विषयमा समेत समझदारी भएको छ ।

परराष्ट्रमन्त्री महराले भेटमा नेपाल एक चीन नीतिको पक्षमा सधै उभिएको भन्दै चीनको छिमेकी मुलुकसंग राख्ने नीतिको समेत प्रशंसा गरेका थिए । भेटपछि बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तीमा दुवै देशका विदेशमन्त्रीको भेटमा भुकम्पपछि बन्द रहेको अरनीको हाईवे सुचारु गर्ने र केरुङसहित अन्य नाकाहरुको स्तरोन्नती गर्न दुबै पक्ष सहमत भएको उल्लेख गरिएको छ । साथै नयाँ नाकाहरुलाई खोल्ने विषयमा समेत दुवै पक्षबीच समझदारी बनेको छ । उपप्रधानमन्त्री महरासंगको छलफलमा उर्जा क्षेत्रमा सहकार्य गर्न दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति पनि भएको छ ।

दुवै देशका अधिकारीबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय क्षेत्रमा दुवै देशका साझा चासोलाई ध्यानमा राखेर सहकार्य गर्ने सहमति पनि बनेको छ । नेपालमा चिनियाँ पर्यटकहरु भित्राउन चीनले सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको छ । परराष्ट्रमन्त्री तहमा भएको भेटमा नेपाल चीन क्रस बोर्डर रेलवे (केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी) लाइनको फिजिविलीटी अध्ययन गर्ने विषयमा समेत छलफल भएको छ । नेपालको चीनसंग बढिरहेको ब्यापार घाटा कम गर्ने उपायका बारेमा पनि परराष्ट्रमन्त्री महराले चिनिया पक्षको ध्यानआकर्षण गराएका छन् ।

साथै टा्रन्जिट ट्रान्सपोर्ट प्रोटोकल ड्राफ्टका बारेमा पनि दुवै देशका अधिकारीहरुले आ–आफ्नो धारणा राखेका छन् । दुवै देशका परराष्ट्रमन्त्रालयका अधिकारीको छलफलपछि ड्राफ्टलाई अन्तिम रुप दिने सहमति भएको छ । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत मे १७ मा चीन भ्रमणमा जाँदा भएका सम्झौता र चिनिया उपप्रधानमन्त्री वाङ याङको गत महिना भएको नेपाल भ्रमणमा भएका सम्झौतालाई अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ । दुवै देशका अधिकारीहरु सम्मेलित बैठकमा एक पेटी एक मार्ग, क्रस बोर्डर इकनोमिक जोन, लगानी प्रवद्र्धन र आर्थिक सहकार्य र स्याप्रुवेसी रसुवागढी हाईवेको स्तरोन्नती गर्ने विषयमा पनि छलफल भएको छ ।

परराष्ट्रमन्त्री महराले चीन–नेपालबीचको रेलवे कनेक्टिभिटीको परियोजना राष्ट्रिय गौरवको परियोजना भएको भन्दै यसमा सबै राजनीतिक दलको समर्थन रहेको जानकारी पनि चिनिया पक्षलाई गराएका छन् । महराले आफु सबै दलको समर्थन लिएर चीन भ्रमणमा आएको पनि बैठकमा बताएका थिए । दुवै देशका अधिकारीहरु दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुर्‍याउन नियमित रुपमा उच्चस्तरीय भ्रमण गर्ने र परामर्श संयन्त्र बनाउने विषयमा समेत सहमत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘कंगाल करोडपति’मा रक्षा थापा र मञ्जिलकुमार अनुबन्धित

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुचारु हुने, सभामुखले तोके मिति

बाढीपहिरोले ११ सडक अवरुद्ध, देशभर यातायात प्रभावित

Nepal Faces Loss of Indigenous Seeds as Farmers Favor Hybrid Crops

Missile Strikes Escalate Conflict as Civilian Toll Mounts in Ukraine and Russia

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu