ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जरामा जीवनको कला भर्दै मीनबहादुर


एबीसी न्यूज
१२ आश्विन २०७५, शुक्रबार   १० : ३७   बजे

कास्की, १२ असोज । पोखरा महानगरपालिका–१७ रातो पैह्राको बाटो छेउमै मीनबहादुर राना मगरका विभिन्न कलाकृतिले सजिएको एउटा प्रदर्शनी कक्ष (शोरुम) छ ।

शोरुममा प्रायः देखिन्छ, मीन रानाको रुखका जरामा कला भर्ने कामको व्यस्तता । एकोहोरो सिर्जनशीलतामा रमाउने राना भारतीय सेनाका सेवानिवृत्त हुनुहुन्छ । चापाकोटका बुबा हर्कबहादुर राना र आमा डम्बरकुमारी रानाका सन्तान मीनको बसोबास अहिले भने घारीपाटन हो । विसं. २०१८ मा जन्मिनु भएका उहाँ सिर्जनात्मक कलामा निकै रमाउनुहुन्छ ।

उहाँ १३ वर्षको उमेरमै दाजुसँग भारत पुग्नुभयो । खै किन पढ्न अनुकूल मिलेन । सत्र वर्षका उमेरमा उहाँ भारतीय सेनामा भर्ना हुनुभयो ।

“पाँच कक्षा पढेँ कि पढिन थाहा पाइन, तर भर्ती हुँदा पाँच कक्षा उत्तीर्णको प्रमाणपत्र पेश गरेको हुँ,” पढाइबारे हाँस्दै उहाँले यथार्थ खोल्नुभयो ।

सेवाको १७ वर्षमै भारतीय सेनाबाट निवृत्त भएपछि उहाँ नेपाल आउनुभयो । त्यसपछिको दैनिकी भने के गरौँ र कसो गरौँ हुन थाल्यो । समयको सदुपयोग पनि गर्नु थियो । अर्कातर्फ श्रीमती र चार सन्तानको शिक्षा, दीक्षा पालनपोषणका लागि आर्थिक अवस्थालाई मजबुत बनाउनु पनि थियो । महँगीको जमाना उपदानको मात्रै भरले थेग्न गाह्रो थियो ।

त्यसैले कुनै पेशा व्यवसाय समात्नु उहाँको बाध्यता थियो । के व्यवसाय गर्ने निधो भने गर्न सक्नुभएको थिएन । मनमस्तिष्कमा कला मडारिरहेको थियो तर उहाँले आफ्नो क्षमताको पहिचान भने गर्न सक्नुभएको थिएन । यसै बेचैन हुनुहुन्थ्यो उहाँ ।

पन्ध्र वर्षअघि रातोपैह्रोको सामुदायिक वनमा गोडानी गरियो । वनमाराले वनलाई घेरेको थियो । वनमारा निकालेर एकै ठाउँमा थुपारियो । मीनका आँखा वनमाराका जरामा परे । उहाँका आँखाले विभिन्न आकृति देख्न थाल्यो । चरा, मान्छे, कहिँकतै खुट्टा नभएको मान्छेको आकृति जस्तो, कतै हात नभए जस्तो, एउटा अमूर्त आकृति जरामा देखिन थाल्यो ।

उहाँले सँगालेर घर ल्याउनुभयो, घोरिएर हेर्नुभयो, जति हे¥यो उति गजब लाग्न थाल्यो । भित्रभित्र भएको सिर्जनशील कलाले उहाँका आँखा तिखारिरहेको थियो, आँखा झिम्कन मान्दैनथे । अनि प्राकृतिक रुपमै ती कलाकृति सजाउन थाल्नुभयो । कहिँकतै रुखका जरा देख्यो कि घरमा ल्याउने र हेर्ने, कुनै न कुनै आकृति भेटिन्थ्यो, त्यसै रमाउँथ्यो उहाँको मन ।

यसरी जरा सङ्कलन गर्दै जाँदा व्यावसायिक रुपमै यस पेशालाई अघि बढाउने उहाँको सोच बन्यो । उहाँले ‘मोर्डन आर्ट ग्यालरी’ बाट कला व्यवसायलाई अगाडि बढाउनुभयो ।

कति विदेशी कलाप्रेमीले कुनै रङगविनाको कलाआकृति मन पराउँथे भने त कतिले क्रृत्रिम सुन्दरता खोज्ने गर्थे । काम गर्दै जाँदा कलाप्रेमी ग्राहकको मनोविज्ञान पनि उहाँले बुझ्दै जानुभयो । अनि उहाँले जुक्ति निकाल्दै त्यही आकृतिमा अलिअलि रङगरोगन थपेर क्रृत्रिम रुपमा केही सजिसजाउ गरेर आकर्षक बनाउन थाल्नुभयो । जस्तो खोज्न आउँछन्, त्यस्तै कलाकृति तयार गरेर बेच्नु उहाँको दैनिकी बन्यो ।

विगत १५ वर्षदेखि उहाँको दैनिकी यसरी नै बितिरहेको छ । झण्डै १०० कला आकृति उहाँको ‘मोर्डन आर्ट ग्यालरी’ मा देख्न सकिन्छ । रु ५० देखि चार लाखसम्म उहाँका कलाको मूल्य छ । उहाँले चरा, विभिन्न धर्म संस्कार, मृत्यु संस्कारका चित्राकृति, विभिन्न जातजातिको संस्कृति, जनावरका आकृति, देवीदेवताका मूर्तिलगायत मागअनुसारका सम्पूर्ण मूर्ति बनाउँदै आउनुभएको छ । सिक्न चाहनेका लागि गुरु बन्न पनि उहाँ तयार हुनुहुन्छ, तर सिक्न खोज्ने नेपाली मन भने भेट्नुभएको छैन । बरु विदेशी पर्यटक आएर उहाँलाई गुरु बनाइसकेका छन् । हालसम्म उहाँ १५ जना विदेशीका कला सिकाउने गुरु बनिसक्नुभएको छ । केही समयअघि महिलाहरुलार्ई चरा बनाउने तालीम दिनुभएको थियो ।

“नेपाली बढी कृत्रिमतामा ढालेको खोज्छन् तर विदेशीले प्राकृतिक आकृति मन पराउँछन्,” उहाँले भन्नुभयो, “नेपालीलाई आफ्नो कला संस्कृतिप्रति त्यति रुचि बढ्न सकेको छैन ।”

आजकाल उहाँको व्यस्तता दिनदिनै बढिरहेको छ । उहाँले तार, फोम, कागज, खरानी, फेबिकोल, झारपात, काठको धुलो, रङ्ग, कुखुराको प्वाँखलगायत सामग्रीको प्रयोगले विभिन्न सुन्दर मूर्ति एवं कलाकृति बनाउँदै आउनुभएको छ ।

आगामी दिनमा नेपालका आदिवासी जनजातिको संस्कृतिलाई कलामार्फत विभिन्न जातजातिको संस्कृतिको प्रचारप्रसार गर्ने उहाँको सोच छ । विदेशीले पनि नेपाली संस्कृतिका कला रुचाएपछि उहाँको सोच पनि यतातिर बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group