ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक बालक भन्छन: घर जान मन छ लगिदिनोस


admin
१९ आश्विन २०७५, शुक्रबार   १ : ०३   बजे

 

काठमाडौं,१९ असोज ।  उदयपुर गाईघाटका १० वर्षीय  दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे ।

बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको छ ।

“उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भन्नुभयो, “अब परिवारको खोजी गर्छाैं, फेला परे बुझाउँछौँ नभए बालसंरक्षण केन्द्रमा पठाउँछौँ ।” उदयपुरबाट बुबाआमासँगै काठमाडौं आएका मगर उनीहरुले छाडेका हुन् या आफैँ छुटेका हुन् भन्ने अनुसन्धानमै रहेको भण्डारी बताउनुहुन्छ ।

“सडकमा बस्दा जाडो हुन्थ्यो, बाटोमा हिँड्ने मान्छेले खानेकुरा र पैसा दिन्थे, त्यही खान्थें” मलिन स्वरमा मगरले भन्नुभयो, “घर जान मन छ, लगिदिनोस् ।” बेलाबेलामा म घर कहिले जाने भनेर सोधिरहन्छन् । मगरका अनुसार बुबा दलबहादुर र आमा दुर्गाको मुख्य पेशा ज्याला मजदुरी हो ।

कञ्चनपुर दसराबस्तीका नौ वर्षीय सविन लामा र उनका तीन वर्षका भाइ कुशल असोज १६ गते काठमाडौँ छहारी क्लब नजिकै सडकमा भेटिए । कलिलो उमेरमै उनीहरु कसरी सडकमा आइपुगे यकिन भएको छैन । महानगरीय प्रहरी वृत्त बौद्धको उद्धारपछि उनीहरुलाई अहिले बालमन्दिर नक्सालको संरक्षणमा राखिएको छ । उनीहरु पनि घर लगिदिन आग्रह गर्दैछन् ।

कसरी सडकमा आइपुगे भनेर अनुसन्धान थालेको खोजतलास केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बताउनुहुन्छ । परिवारको खोजीका लागि सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारी गर्ने तयारी भएको केसीले बताउनुभयो ।

यस्तै जोखिममा परेर उद्धार गरिएकी एक बालिकालाई तीन महीनापछि बिहीबार केन्द्रीय बालकल्याण समितिले परिवारकोमा जिम्मा लगाएको छ । समितिका कार्यक्रम संयोजक चित्र पौडेल जोखिममा परेपछि संरक्षण गरिएको बालिकालाई राम्रो हेरचाह गर्ने सहमतिपछि परिवारमा जिम्मा लगाइएको बताउनुहुन्छ ।

यी केही प्रतिनिधि घट्ना हुन् । दैनिकरुपमा बालबालिका हराउने र बेवारिसे हुने अवस्था नेपालमा छ । हराउने भन्दा भेटिने सङ्ख्या न्यून छ । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल र मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका सडकमा पुग्ने गरेका छन् ।

यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका भने सबैभन्दा बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । जुनसुकै घटना भए पनि कतै न कतै गएर आर्थिक कुरा जोडिने गरेको बताउनुहुन्छ बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी ।

उहाँका अनुसार साना उमेरका बालक बढी हराएका छन् भने ठूला उमेरका बालिका बढी हराउने गरेका छन् । कतिपय बालबालिका गम्भीर शोषणमासमेत पर्ने गरेका छन् । चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै देशभर ५११ बालबालिका हराएकामा ३९० बालिका थिए । उनीहरु मध्ये २०८ जना फेला परे ।

आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालमा दुई हजार ३३० बालबालिका हराएका थिए जसमा एक हजार ४०७ बालिका छन् । त्यस्तै ९२३ बालक छन् । तीमध्ये एक हजार १७ मात्रै फेला परेका छन् ।

उक्त तथ्याङ्कले बालिका बढी जोखिममा छन् भन्ने देखाउँछ । एक वर्षमा प्रदेश नं १ बाट २४५, प्रदेश नं २ बाट २८७, प्रदेश नं ३ बाट ७०२ (उपत्यकामा २८३), प्रदेश नं ४ बाट २७५, प्रदेश नं ५ बाट ३४१, प्रदेश नं ६ बाट २१० र प्रदेश नं ७ बाट २७० बालबालिका हराएका थिए ।

आर्थिक वर्ष २०७४-७५ मा ४४२ बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परेको तथ्याङ्क छ । हाल १६७ बालबालिका बालगृहमा छन् ।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था भए पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group