ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोही संरक्षणमा जाल बाधक


admin
२० आश्विन २०७५, शनिबार   ११ : ५१   बजे

चितवन, २० असोज । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही लामो समय जालमा बेरिएर बाच्न विवश छन् ।

गत जेठमा मुखमा जाल बेरिएको एउटा गोहीको बुधबार मात्रै जालमुक्त गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काको टोलीले राप्ती नदीको कसरा नजिकैबाट गोहीलाई जालमुक्त गरेको हो ।

गत आर्थिक वर्षमा यस्ता आठ गोहीलाई राप्ती र नारायणी नदीमा जालमुक्त गरिएको थियो । विसं २०७४ को जेठमा नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा मुखमा जाल बेरिएर एउटा बयस्क भाले घडियाल मरेको थियो । न्यून सङ्ख्यामा रहेका भाले मरेपछि निकुञ्जले अन्यत्रबाट भाले गोही खोजेर ल्याउनुपरेको थियो ।

जाल बेरिएर जानकारी नआएका कति छन् थाहा नभएको उहाँले बताउनुभयो । १७ वर्षदेखि गोही संरक्षणमा लाग्दै आउनुभएका खड्काका अनुसार माछा मार्नेहरूले साना गोहीसमेत मारेर खाने गर्दछन् ।

ठूला गोही तान्न नसक्ने हुँदा मुखमा जाल बेरिएर भाग्ने गर्दछ । त्यो जालमुक्त गर्न निकै कठिन हुने उहाँले बताउनुभयो । गत जेठमा सौराहामा राप्ती नदीमा जाल बेरिएको अवस्थामा भेटिएको गोही पाँच महीनाको प्रयासपछि बुधबार कसरा नजिकै पुगेर जालमुक्त गर्न सम्भव भएको खड्काले बताउनुभयो ।

खड्काका अनुसार गएको फागुनमा राप्तीमा छोडेको गोही हालै मात्रै बिहारको नहरमा मृत भेटिएको छ । नेपालमा नदीमा जाल अड्किएर छट्पटिँदै त्यहाँ पुगेको अनुमान खड्काको छ ।

जालसँगै गोहीले फूल पार्ने, बच्चा कोरल्ने र घाम ताप्ने ठाउँको गिटी, ढुङ्गा, बालुवाको उत्खनन् र प्रदुषण थप चुनौती बन्दै गएको छ । मुख्य रूपमा गोही रहेका राप्ती र नारायणी नदी तटीय क्षेत्रमा मानव बस्ती बाक्लो हुँदै जाँदा त्यहाँको फोहर यिनै नदीमा जाने गर्दछ । जसको प्रत्यक्ष मारमा गोही परेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

राप्ती र नारायणी नदीमा हाल १६५ गोही मात्रै रहेका छन् । ती दुई नदीमा हालसम्म प्रजनन् केन्द्रमा हुर्काएर एक हजारभन्दा बढी गोही छाडिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

सम्बन्धित

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group