ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका


admin
२२ आश्विन २०७५, सोमबार   ५ : ५३   बजे

ललितपुर, २२ असोज । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ ।

यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला । त्यसो हो भने पनि ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ ।

सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ ।

उहाँले भन्नुभयो, “यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ ।” चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उहाँले बताउनुभयो । यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने उहाँले बताउनुभयो ।

सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताउनुभयो ।

यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । उहाँले भन्नुभयो, “दशैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिइएको छ ।” दशैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्काे चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताउनुभयो । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक भएका ठाउँमा बोलपत्र भइरहेको छ ।”

यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताउनुभयो । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ ।

मङ्गलबजार, पाटनढोकालगायत पर्यटकको आगमन हुने ठाउँलाई महानगरपालिकाले प्राथमिकता दिएको छ । स्थानीयवासी, यस क्षेत्रमा हिँड्ने यात्रु, चालक र पर्यटक सबैलाई ‘स्मार्ट’ बत्तीले सहज बनाउने उहाँले बताउनुभयो । महर्जनले भन्नुभयो, “स्थानीयवासीको मागकै आधारमा हामीले विद्युत् प्राधिकणसँगको सहकार्यमा बत्ती जडान गरिरहेका हौँ ।”

रातको समयमा सडक दुर्घटना धेरै हुने भन्दै त्यो कम गर्ने सडक बत्ती जडान गर्न आवश्यक भएको ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रातका समयमा सडक दुर्घटना र अपराधका घटना दुबै बढी हुने गर्दछ । यसअघि महानगरपालिकाका मुख्य र सहायक सडक कतै पनि सडक बत्ती थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group