ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामदेवको सांसद् मोहले जन्माएको राजनीतिक तरङ्ग


admin
२४ आश्विन २०७५, बुधबार   ६ : १३   बजे


काठमाडौं, २४ असोज ।
मंगलबार सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलन गरेर सांसद पदबाट राजीनामा घोषणा गरेसँगै नेपाली राजनीतिमा अर्को तरङ्ग पैदा भएको छ । सामाजिक सञ्जालमा नेकपाका नेताहरुले मात्र नभई काठमाडौं क्षेत्र नम्बर ७ का मतदाता, स्वतन्त्र वुद्धिजीवी र अन्य दलका राजनितीज्ञ समेतले मानन्धरको राजीनामा घोषणा र नेकपाका नेता वामदेव गौतमको उम्मेदवारीबारे चासो व्यक्त गरेका छन् ।

निम्लेकी शेर्पा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले पार्टी नेता वामदेव गौतमलाई सांसद बनाउन स्थान खाली गरिदिएको घोषणा गरेपछि बढेको तरङ्गले नेकपाभित्र वामदेव इतर र वामदेव पक्षीय गुटबीचमा दोहोरी समेत चल्न थालेको छ ।

मंगलबार राजिनामाको घोषणा गरेका मानन्धर भन्दै थिए, ‘विकास निर्माणको कामलाई नेता वामदेव गौतमले सहज ढंगले अघि बढाउने भएकाले आफूले पदबाट राजीनामा दिने घोषणा गरेको हु ।’ मानन्धरले उपनिर्वाचनबाट नेता गौतमले काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव जित्ने दावी गर्दै देश विकासका लागि पार्टीको निर्णय अनुसार आफूले विनासर्त पदबाट राजीनामा दिएको पनि पटक–पटक पनि सुनाएका थिए ।

तीन पटकसम्म उपधानमन्त्री र गृहमन्त्री समेत बनिसकेका नेता वामदेव गौतम गत मंसिरमा भएको निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट सात सय भन्दा बढि मतान्तरले पराजित भएका नेता हुन् । सबै तहको निर्वाचन पश्चात नेता गौतमलाई डोल्पाबाट उपनिर्वाचन लडाउन नेकपाभित्रै राम्रै कसरत पनि भयो, तर डोल्पाली मतदाताको असन्तुष्टिका कारण त्यो सफल हुन सकेन । यस्तै प्रयास बा“के क्षेत्र नम्बर ३ मा पनि भयो त्यो पनि सफल हुन सकेन । र, अन्त्यमा गौतमको आ“खा काठमाडौंमा नै प¥यो ।

सांसद रामवीरको राजीनामाको घोषणासँगै सिंगो राजनीतिक वृत्तमा खैलाबैला भइरहेको छ । सामान्य मतदातादेखि शीर्ष तहका नेतासम्म टिकाटिप्पणी चलिरहेको छ । सबैभन्दा बढि त नेकपाभित्रै विरोधका आवजहरु बढेका छन् । खुला फोरममा आवाज मुखरित नभैसके पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिंदै मानन्धरको राजीनामा र नेता गौतमको उम्मेदवारी प्रकरण लोकतन्त्रकै उपहास भएको र यो गौतम स्वयं र अन्नत नेकपाका लागि प्रत्युत्पादक हुने जनाएका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका सुर्य थापाले वामदेवको उम्मेद्वारी विकासका लागि भन्ने सांसद मानन्धरको अभिव्यक्तिको कडा शब्दमा खण्डन गरेका छन् ।
त्यस्तै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराइले पनि यो प्रकरणलाई खर्चिलो चुनाव र भ्रष्टिकरणको संज्ञा दिएका छन् ।
नेकपा स्थायी कमिटी सदस्यद्वय इश्वर पोखरेल र भीम रावलले त वामदेवको उम्मेदवारी चर्चादेखि नै विरोध गर्दै आएका थिए ।

मतदाता साथै नागरिक समाजका कतिपय अभियन्ताले पनि यो प्रकरण प्रति असन्तुष्टि जनाएका छन् । युवा अधिकारा अभियन्र्ता नरेन खतिवडा फेसबुकमा व्यङग्यात्मक शैलीमा लेख्छन, काठमाडौ क्षेत्र नम्बर ७ मा सम्पन्न हुने उपनिर्वाचनमा पुन मतदान गर्न सौभाग्य प्राप्त हुने भयो । जनताको मतको अपमान गर्ने रामवीर मानन्धरलाई अब के भनौ ?

यता नेता वामदेव गौतमले भने रामवीर मानन्धरलाई धन्यवाद दिदैं काठमाडौं ७ उनकै लागि खालि गरिएको पुष्टि सहित खुशी व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गौतमले भनेका छन्– नतमस्तक छु कमरेड रामवीर मानन्धर, तपाईले पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो त्यो विचारले मेरो कद अझ उचो बनाएको छ । संगठनका लागि हामी दुवै जना सिपाही हो । पार्टीको गरिमालाई उचो राख्न र तपाईले मप्रति देखाउनुभएको विश्वासलाई कायम राख्न कुनै कसर बाँकी राख्ने छैन ।

संविधानको धारा ८४ अनुसार एउटै व्यक्ति एकभन्दा बढि निर्वाचन क्षेत्रमा एकै पटक हुन पाउ“दैन, बरु संसदमा आउन र पार्टीले पनि व्यक्तिको अपरिहार्यता अनुसार राष्ट्रिय सभामा ल्याउन सकिन्छ । जुन पछिल्लो संविधानमा सच्याइएको हो राज्यको स्रोत र साधनलाई हेरेर नत्र त्यो भन्दा अघि दुइ ठाउ“बाट पनि लड्न पाइन्थ्यो । मानन्धरको राजिनामाले कस्तो मोड लिन्छ त्यो नेकपाको आगामी बैठकले निर्धारण गर्छ । यद्यपी, नागरिकको मतबाट दुइतिहाई स्थान हासिल गरेको सरकारले कुनै एकजना पराजित नेतालाई संसदमा पु¥याउन गरेको यो कसरतको तात्कालिक र दीर्घकालिक असर के पर्छ ? कथंकदाचित गौतम पराजित भए स्वयं कम्युनिष्ट पार्टीको छविमा के असर पर्छ भन्ने भावी दिनले देखाउनेछन् । दुइ तिहाइको सरकार र पार्टीका लागि एक सीटको हार वा जीत ठूलो कुरा नहोला तर यसले सत्तारुढ वामपन्थी सरकारको लोकप्रियता भने अवश्यै मापन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group