ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एशियाली खेलकुद तयारी शुन्य


admin
२७ आश्विन २०७५, शनिबार   १२ : ३९   बजे

कम बजेट र भएको बजेट माथि पनि हुने राजनीतिले गर्दा खेल क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको छ । प्रशस्त सम्भावना बोकेर पनि तदारुकताको कमी र राजनीतिक खिचातानीले खेल क्षेत्रमा पछि परिरहनु परेको हो । फुटवल होस् या क्रिकेटमा आम खेलाडीको आर्कषण बढेपनि सरकारी स्तरबाट भौतिक पूर्वाधार र दिर्घकालिन रणनीति नबन्दा यो क्षेत्र संकटमा पर्दै गएको छ । मुलुककै प्रतिष्ठासँग जोडिएको साग नेपालमै आयो भएको छ । तर खेल्ने मैदानअझैसम्म निर्माण भएको छैन । भूकम्पको ४ वर्ष पुग्द लाग्दा समेत क्षति भएका संरचनाको अझै निर्माण हुन सकेको छैन । मैदानकै कारण साग खेल कसरी प्रभावित बन्दै गएको छ ? दशरथ रंगशाला पुर्ननिर्माण कहिलेसम्म पुरा हुन्छ ? यो आम चासोको उत्तर आइसकेको छैन, अझै ।

मुकुन्द घिमिरे

खेल कुनै पनि देशको आत्म सम्मानसँग जोडिएको हुन्छ । संसारमा कति यस्ता देशहरु छन् जो खेलकै भरमा विश्वभर चिनिएका छन् र चर्चामा रहन्छन् यी देशका खेलाडीहरु । अपवाद बाहेक नेपाली खेलाडीहरु व्यवसायिक बन्नका लागि संघर्ष गरिरहेका छन् । विश्वलाई विश्लेषण गर्दै गर्दा नेपालको अवस्थामा भने खेलकुद क्षेत्रमा अपेक्षाकृत सुधार हुन अझै सकेको छैन । यो कुनै खेल विशेषको समस्या होइन, सम्पुर्ण खेलहरुमा राजनीति र पूर्वाधारको कमीले गर्दा खेलको अवस्था विग्रदो अवस्थामा पुगेको हो ।

नेपालमा सर्बाधिक लोकप्रिय खेलका रुपमा लिइने फुटबलमा अहिले शहीद स्मारक ए डिभिजन लिग आयोजना भइरहेको छ । विगत ४ वर्ष यता रोकिएको लिग सञ्चालन हुनु सुखद पक्ष हो । तरपनि रंगशालाको अभावमा सञ्चालन गरिएको लिगले समर्थकहरुको संख्यालाई कसरी समेट्न सक्छ त्यो महत्वपूर्ण बन्ने छ । दशरथ रंगशालाको निर्माण भैनसकेकाले एन्फा कम्लेक्सको मैदान सातदोबाटो र शशस्त्र प्रहरीको मैदान हल्चोकमा लिग भइरहेको छ । असोज १३ गतेबाट सुरु भएको लिगमा उद्घाटन खेलमै पनि मैदानका प्याराफिट भरिइसकेको दृश्य देख्न सकिन्थ्यो । के इच्छुक दर्शकहरु अन्तिम खेलमा वा अन्य महत्वपूर्ण खेलमा धेरै संख्यामा उपस्थित हुने हो भने कसरी सीमित पूर्वाधारले अघि बढ्न सकिन्छ ? त्यसको अवस्था आउन पनि धेरै दिन नलाग्ने निश्चित छ । त्यसै पनि ढिला सुरु भएको रंगशालाको निर्माणले गति लिएको भएपनि मुख्य रंगशालाको अभावमा जति धेरै समय ब्यतित हुन्छ, देशको खेल क्षेत्र त्यति नै धराशायी बन्दै जान्छ ।

त्यसो त नेपालमा अर्को लोकप्रिय खेल क्रिकेटको अवस्था पनि धेरै फरक छैन । नेपालले सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि क्रिकेटको चर्चा र आर्कषण ह्वात्तै बढेको हो । तर, पूर्वाधारको अभाव र खेलाडीहरु व्यवसायिक हुन नसक्दा नेपालले बीचमा टी–२० को मान्यता समेत गुमाउन पुग्यो । अर्को तर्फ क्रिकेटको अभिभावक निकाय क्यान पनि आइसीसीको निलम्बनमा छ । क्रिकेटको पूर्वाधारको कुरा गर्दा एकदिवशिय मान्यता प्राप्त गरिसकेको नेपालसँग त्रिभुवन विश्वविद्याल कीर्तिपुरको खेल मैदान बाहेक अन्तर्राष्ट्रिय मान्यता प्राप्त अन्य रंगशाला छैनन् । सरकारले मुलपानीमा क्रिकेट स्टेडियम निर्माण गर्न थालेको एक दशक हुनै लाग्यो अवस्था जस्ताकाृ तस्तै छ । मुलपानीको मैदान निर्माणमा कहिले मुआब्जा विवाद त कहिले सरकारी उदाशिनताले स्टेडियम पुरा हुन अझै सकेको छैन । यस्तै हालत अन्य खेलहरुको पनि छ, भर्खरै सम्पन्न भएको एसियाडले पनि नेपालको एथ्लेट्रिकस र अन्य खेलको यथार्थ दर्शाइ सकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट मुलपानी स्टेडियमको विवादको विषयमा तत्कालिन नेतृत्व गम्भीर बन्न नसेकेको स्वीकार गर्छन । अहिले बजेट अभाव भएपनि पर्खाल लगाउने काम भइरहेको उनको दाबी छ ।

त्यसो त मार्सल आर्टको क्षेत्रमा पनि समस्या उस्तै छ । यी खेलका लागि पनि प्रयाप्त पूर्वाधार छैनन । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समिति सदस्य एवम् नेपाल बक्सिङ् संघका उपाध्यक्ष अर्जुनबहादुर केसी रिङमा तयारी नगरेसम्म मार्सल आर्टको क्षेत्रमा गर्ने प्रयास बालुवामा पानी सरह हुने बताउ“छन् । त्यसका लागि भौतिक पूर्वाधार र लिग आयोजनामा बृद्धि हुनुपर्ने उनको तर्क छ ।

खेलकुद परिषद्ले पुर्ननिर्माण तथा संरचना निर्माण द्रुत गतिमा अघि बढेको दाबी गरेपनि परिणाममा भने केही पनि सम्पन्न भएको छैन । संरचना एकातर्फ छ, अर्को तर्फ देशका गहना खेलाडीहरु खेलकुदको समयमा बस्ने सिमिति महिनाको बन्द प्रशिक्षण बाहेक अन्य समयमा उनीहरुको अवस्था के छ ? यो कहिल्यै चर्चाको विषय बन्न सक्दैन । कुनै पनि खेलको तल्लो तहसम्म पुगेर खेल क्षेत्रको महत्व उजागर नगरी खेल क्षेत्र माथि उठ्न नसक्ने निश्चित छ । अतः सम्वन्धित निकायले खेल क्षेत्रको विकाशका लागि गम्भिर भएर नतिजामा आउने गरि काम गर्नु जरुरी छ । होइन भने नेताको भाषाणमा खेल र खेलाडी भन्ने व्यवहारमा पुरानै प्रवृति नदोहोरिएला भन्न सकिन्न ।

नेपाल खेलकुदमा प्रसस्त सम्भावना बोकेको मुलुक हो । क्रिकेट, फुटबल, भलिबल, मार्सलआर्ट जस्ता खेलहरुको सम्भावना र आम जनमानसमा आर्कषण पनि त्यतिकै रहेको छ । तर, नेपाली खेलकुद क्षेत्रले व्यवसायिक रुपमा अघि बढ्न सकिरहेको छैन । जसको प्रमुख कारण हो, राष्ट्रिय लिगहरुको कमी, खेलाडिहरुको पलायन र भौतिक पूर्वाधारमा कमजोर अवस्था भोग्नुपरेको छ । अनि जतिसकै खेल क्षेत्रमा नया“ नियुक्ति हुने गरे पनि कार्यकर्ता पाल्नकै लागि गरिन्छ नत खेलको विकासका लागि ।

नेपालको समग्र खेलको अवस्था सन्तोषजनक बन्न सकिरहेको छैन । कतै निलम्बन त कतै राजनीतिक खिचातानी भोगिरहेको छ नेपाली खेल क्षेत्रले । त्यसमा पनि भौतिक पूर्वाधारको अभावमा त खेल क्षेत्र धराशायी हुनु नौलो विषय होइन । साग, एसियाड हुदै ओलम्पिकसम्म पनि नेपालको खेल प्रदर्शनको विश्लेषण गर्ने हो भने, नेपाल क्षमता बमोजिम सन्तोषजनक छैन । २०७२ सालको विनासकारी भूकम्पमा नेपालको अन्तर्राष्र्टि«य स्तरको दशरथ रंगशाला पनि क्षतिग्रस्त बन्यो । क्षतिग्रस्त रंगशाला अहिलेसम्म पुनर्निर्माण भएको छैन ।

निर्माणाधीन दशरथ रंगशाला कुनै समय नेपाली खेलकुदको हबका रुपमा रहेको थियो । विक्रम सम्वत् २०१३ सालमा रंगशाला बन्नुभन्दा अगाडि सो ठाउ“ खाली मैदान थियो । त्यसताका फुटबल खेल्ने सार्वजनिक मैदान सानो टुडिखेलको नामले प्रसिद्ध थियो । राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । सोही समयदेखि खेल मैदानको आवश्यकता महसुस गरी यस क्षेत्रमा रंगशाला बनाउने पहल भयो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवाका रुपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय भयो । २०३५ सालमा शुरु गरिएको निर्माण कार्य २०३७ सालमा सम्पन्न भयो ।

रंगशाला अहिलेको स्वरूप २०५५ सालमा तयार भएको हो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णय लगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो । तर, नेपालको खेलकुदको हबका रुपमा रहेको दशरथ रंगशाला २०७२ सालको बिनासकारी भुकम्पले क्षतिग्रस्त बन्यो । अहिले निर्माणका क्रममा रहेको रंगशालामा १३ औं साग आयोजना गरिने निश्चित भैसेकेको छ । पहिला पनि २०७१ सालमा ए डिभिजन लिग सकिएपछि रंगशालाको सामान्य मर्मसम्भार सुरु गरिएको थियो । तर, ७२ सालको भुकम्पले रंगशाला झनै क्षतिग्रस्त बनाएपछि त्यसको भार थपियो । क्षतिग्रस्त रंगशला धेरै समयसम्म पुनर्निर्माण सुरु हुन सकेन । रंगशाला निर्माणको अवधिलाई लिएर अनेक बहस समेत सुरु भए । यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले ३ महिना भित्र भौतिक पूर्वाधार तर्फका कार्यहरु सक्ने र ५ महिना भित्रमा दशरथ रंगशालाको थप व्यवस्थापनका सबै काम पुर गर्ने बताउ“छन् । विष्टले अन्तर्राष्ट्रिय स्तरको मैदानका रुपमा तयार पारिसक्ने दाबी गर्छन ।

नेपाली फुटबलको केन्द्र भनौ या नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला दशरथ रंगशाला २०७२ सालको भुकम्पले क्षतिग्रस्त भयो । तरपनि भुकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत रंगशाला निर्माणाधिन अवस्थामै छ । पछिल्लो समय हतारोमा पुननिर्माणले राम्रै गति लिएको भएपनि अहिलेको गतीमा शुरुबाटै किन पुननिर्माण हुन सकेन भन्ने प्रश्न उब्जाएको छ । राष्ट्रिय खेलकुद परिषदका सदसचिव विष्टले टेण्डर, नक्सालगायतका कागजी र नीतिगत समस्याहरुले गर्दा शुरुमा पुननिर्माणले गति लिन नसकेको बताउ“छन् ।

ढिला शुरु भएको रंगशाला पुननिर्माण साग सुरु हुनु भन्दा अगाडि नै अनिवार्य निर्माण गरिसक्नुपर्ने बाध्यता छ । पुनः नेपाली खेल समर्थकहरुको मनोबललाई उच्च कायम राख्न र अन्तर्राष्ट्रिय स्तरका ठूला खेल समेत आफूले आयोजना गर्नु मुलुकको प्रतिष्ठासग“ गासिएको विषय छ । त्यसैले पनि देशको र आम खेलाडीको आत्मसम्मानलाई उच्च मुल्याङकन गर्दै रंगशाला निर्माणमा सरोकारवाला निकार्यले समयमै ध्यान दिन आवश्यक छ ।

नेपाली खेल जगत त राजनीतिको भूकम्पमा परेकै थियो रंगशाला समेत बास्तविक भूकम्पका कारण क्ष्ँति भयो । अहिले निर्माणाधीन अवस्थामा छ । रंगशालामै आगामी फागुन ११ गतेबाट १३ औं साग आयोजना गर्ने तयारी छ । जुन राष्ट्रकै लागि एउटा प्रतिष्ठाको विषय समेत हो । खेलकुदको समय नजिकीदै गर्दा सम्बन्धीत निकाय भने समयमै रंगशाला निर्माण भइसक्ने दाबीका साथ अघि बढेको छ । अन्तिम समयमा धेरै काम अझै सम्पन्न गर्नुपर्ने निर्माणधीन रंगशाला समयभित्र निर्माण हुनेमा आशङका पनि त्यतिकै छन् ।

भूकम्पले क्षतविक्षत बनाएको भौतिक संरचनाहरुका बीच नेपालले सन् २०१६ मा भारतको गुहाहिटी र सिलोङमा सम्पन्न १२ औं सागबाट आफूले १३ औं संकरणको साग आयोजना गर्ने औपचारिक घोषणा ग¥यो । साग आयोजनाको झण्डा बोकेर आएको नेपालले जति गफ ग-यो त्यति काम गर्न सकेन । साग आयोजनाको मुख्य क्षेत्र मानिएको दशरथ रंगशालाको निर्माणमा भएको ढिलाइले नेपालमा हुने भनिएको १३ औं साग पछि सर्ने सम्भावना अझै बढेर गएको छ । १३ औं साग प्रतियोगिता समयमै गर्ने दाबीसहित आयोजनाको जिम्मेवारी लिएर फर्किएको नेपालले समयमै संरचना निर्माणमा सचेत बन्न नसक्दा राष्ट्रिय प्रतिष्ठाको साग आयोजना सम्पन्न हुनेमा अन्योल थपिदै गएको छ ।

प्रत्येक २–२ वर्षको अन्तरालमा हुने साग खेलकुद यसपटक नियमित भन्दा १ वर्ष ढिला गरि फागुन २५ गतेबाट आयोजन गर्ने निर्णय गरेको हो । सन् २०१६ डिसेम्बरको अन्त्यमा काठमाडौंमै सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले नेपालमा गर्ने निर्णय गरेको हो । त्यस्तै साग आयोजना र त्यस अघि नै भौतिक संरचना निर्माणको महत्वकांक्षी योजना लिएको राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद यहि मंसिरबाट अघि सार्यो तर भौतिक पूर्वाधार नै यसका लागि बाधक बनेको छ । अहिले न त आठौं राष्ट्रिय खेलकुद आयोजना गर्नलाई पर्याप्त पूर्वाधार छ न त साग आयोजनाकै लागि । पछिल्लो केही महिना यता तीब्र पारिएको रंगशाला निर्माण पनि निर्धारित समयभित्र साग आयोजनाको लागि पर्याप्त नहुने लगभग निश्चित जस्तै बनेको छ । पर्याप्त भौतिक तयारी नुपेकाका कारण आठौं राष्ट्रिय खेलकुद मात्र होइन साग निर्धारित मितिमा गर्न सम्भव छैन । यसका बाबजुद पनि सरकारले अझै सागको मितिबारे ठोस निर्णय गर्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी निरन्तर काम गरे पनि समयमै काम सक्न कठिनाइ भइरहेको बताउ“छन् ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विस्ट सागका लागि केही महिना ढिला हुन सक्ने सम्भावना भए पनि अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार तयार गर्ने बताए । उनीे साग नहुने जस्ता सतहमा आएका हल्लाहरु पुननिर्माणमा भएको केही विलम्बले गर्दा सिर्जना भएको बताउ“छन् ।

सरकार समृद्ध नेपाल सुखि नेपालीको नारा लिएर अघि बढिरहेको छ । समृद्धिका योजना अघि सार्दै गर्दा राष्ट्रिय एकता र स्वभिमान बढाउने खेलकुद क्षेत्रमा योजना अनुकुलको विकाश हुन सकिरहेको छैन । सम्बन्धित पदाधिकारी जवाफदेही नबन्ने प्रबृतिले गर्दा नेपालको खेल क्ष्ँेत्रले गति लिन सकिरहेको छैन । सबै क्षेत्रमा समृद्धिको कुरा चलिरह“दा खेल क्षेत्रलाई पनि समृद्ध बनाउन आवश्यक छ किनकी सबै किसिमको समृद्धिलाई विश्वमाझ चिनाउने र देखाउने माध्यम खेलकुद पनि एक हो ।

दक्षिण एसिया ओलम्पिक काउन्सिलले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग एक वर्ष ढिलो गरी सन् २०१९ मा सञ्चालन गर्ने निर्णय २०७३ सालमा गरेके हो । तर पनि सरकारले साग खेललाई प्राथमिकतामा राखेर दशरथ रंगशाला निर्माणमा ध्यान दिएन । भुटानबाहेक दक्षिण एसियाली देशहरूले दुई–दुई वर्षमा पालैपालो आयोजना गर्ने गरी क्षेत्रीय खेलकुदको कुम्भ सन् १९८४ मा नेपालबाट सुरु भएको थियो । काठमाडौंमा दोस्रोपल्ट सन् १९९९ मा भएको थियो र पालो पद्धतिअनुसार नै नेपाललाई १३ औं सागको आयोजक घोषणा गरिएको थियो । तर, नेपालमा आयोजना हुन लागेको सागमा भूकम्पका कारण एक वर्ष ढिला भएको हो । सरकारले १३ औं सागको आयोजना आफुहरुको प्राथमिकतामा भएको बताएपनि परिणाम भने त्यस्तो आउन सकेको छैन । दक्षिण एसियाली खेलकुदको आयोजना सबै नेपाली र खेल क्षेत्रका लागि ठूलो महत्वको विषय भएपनि सरकार र पुर्ननिर्माणको जिम्मा पाएका सरोकारवाला निकायलाई अझै छोएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu