कम बजेट र भएको बजेट माथि पनि हुने राजनीतिले गर्दा खेल क्षेत्र दिनप्रतिदिन धराशायी बन्दै गएको छ । प्रशस्त सम्भावना बोकेर पनि तदारुकताको कमी र राजनीतिक खिचातानीले खेल क्षेत्रमा पछि परिरहनु परेको हो । फुटवल होस् या क्रिकेटमा आम खेलाडीको आर्कषण बढेपनि सरकारी स्तरबाट भौतिक पूर्वाधार र दिर्घकालिन रणनीति नबन्दा यो क्षेत्र संकटमा पर्दै गएको छ । मुलुककै प्रतिष्ठासँग जोडिएको साग नेपालमै आयो भएको छ । तर खेल्ने मैदानअझैसम्म निर्माण भएको छैन । भूकम्पको ४ वर्ष पुग्द लाग्दा समेत क्षति भएका संरचनाको अझै निर्माण हुन सकेको छैन । मैदानकै कारण साग खेल कसरी प्रभावित बन्दै गएको छ ? दशरथ रंगशाला पुर्ननिर्माण कहिलेसम्म पुरा हुन्छ ? यो आम चासोको उत्तर आइसकेको छैन, अझै ।
खेल कुनै पनि देशको आत्म सम्मानसँग जोडिएको हुन्छ । संसारमा कति यस्ता देशहरु छन् जो खेलकै भरमा विश्वभर चिनिएका छन् र चर्चामा रहन्छन् यी देशका खेलाडीहरु । अपवाद बाहेक नेपाली खेलाडीहरु व्यवसायिक बन्नका लागि संघर्ष गरिरहेका छन् । विश्वलाई विश्लेषण गर्दै गर्दा नेपालको अवस्थामा भने खेलकुद क्षेत्रमा अपेक्षाकृत सुधार हुन अझै सकेको छैन । यो कुनै खेल विशेषको समस्या होइन, सम्पुर्ण खेलहरुमा राजनीति र पूर्वाधारको कमीले गर्दा खेलको अवस्था विग्रदो अवस्थामा पुगेको हो ।
नेपालमा सर्बाधिक लोकप्रिय खेलका रुपमा लिइने फुटबलमा अहिले शहीद स्मारक ए डिभिजन लिग आयोजना भइरहेको छ । विगत ४ वर्ष यता रोकिएको लिग सञ्चालन हुनु सुखद पक्ष हो । तरपनि रंगशालाको अभावमा सञ्चालन गरिएको लिगले समर्थकहरुको संख्यालाई कसरी समेट्न सक्छ त्यो महत्वपूर्ण बन्ने छ । दशरथ रंगशालाको निर्माण भैनसकेकाले एन्फा कम्लेक्सको मैदान सातदोबाटो र शशस्त्र प्रहरीको मैदान हल्चोकमा लिग भइरहेको छ । असोज १३ गतेबाट सुरु भएको लिगमा उद्घाटन खेलमै पनि मैदानका प्याराफिट भरिइसकेको दृश्य देख्न सकिन्थ्यो । के इच्छुक दर्शकहरु अन्तिम खेलमा वा अन्य महत्वपूर्ण खेलमा धेरै संख्यामा उपस्थित हुने हो भने कसरी सीमित पूर्वाधारले अघि बढ्न सकिन्छ ? त्यसको अवस्था आउन पनि धेरै दिन नलाग्ने निश्चित छ । त्यसै पनि ढिला सुरु भएको रंगशालाको निर्माणले गति लिएको भएपनि मुख्य रंगशालाको अभावमा जति धेरै समय ब्यतित हुन्छ, देशको खेल क्षेत्र त्यति नै धराशायी बन्दै जान्छ ।
त्यसो त नेपालमा अर्को लोकप्रिय खेल क्रिकेटको अवस्था पनि धेरै फरक छैन । नेपालले सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि क्रिकेटको चर्चा र आर्कषण ह्वात्तै बढेको हो । तर, पूर्वाधारको अभाव र खेलाडीहरु व्यवसायिक हुन नसक्दा नेपालले बीचमा टी–२० को मान्यता समेत गुमाउन पुग्यो । अर्को तर्फ क्रिकेटको अभिभावक निकाय क्यान पनि आइसीसीको निलम्बनमा छ । क्रिकेटको पूर्वाधारको कुरा गर्दा एकदिवशिय मान्यता प्राप्त गरिसकेको नेपालसँग त्रिभुवन विश्वविद्याल कीर्तिपुरको खेल मैदान बाहेक अन्तर्राष्ट्रिय मान्यता प्राप्त अन्य रंगशाला छैनन् । सरकारले मुलपानीमा क्रिकेट स्टेडियम निर्माण गर्न थालेको एक दशक हुनै लाग्यो अवस्था जस्ताकाृ तस्तै छ । मुलपानीको मैदान निर्माणमा कहिले मुआब्जा विवाद त कहिले सरकारी उदाशिनताले स्टेडियम पुरा हुन अझै सकेको छैन । यस्तै हालत अन्य खेलहरुको पनि छ, भर्खरै सम्पन्न भएको एसियाडले पनि नेपालको एथ्लेट्रिकस र अन्य खेलको यथार्थ दर्शाइ सकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट मुलपानी स्टेडियमको विवादको विषयमा तत्कालिन नेतृत्व गम्भीर बन्न नसेकेको स्वीकार गर्छन । अहिले बजेट अभाव भएपनि पर्खाल लगाउने काम भइरहेको उनको दाबी छ ।
त्यसो त मार्सल आर्टको क्षेत्रमा पनि समस्या उस्तै छ । यी खेलका लागि पनि प्रयाप्त पूर्वाधार छैनन । राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समिति सदस्य एवम् नेपाल बक्सिङ् संघका उपाध्यक्ष अर्जुनबहादुर केसी रिङमा तयारी नगरेसम्म मार्सल आर्टको क्षेत्रमा गर्ने प्रयास बालुवामा पानी सरह हुने बताउ“छन् । त्यसका लागि भौतिक पूर्वाधार र लिग आयोजनामा बृद्धि हुनुपर्ने उनको तर्क छ ।
खेलकुद परिषद्ले पुर्ननिर्माण तथा संरचना निर्माण द्रुत गतिमा अघि बढेको दाबी गरेपनि परिणाममा भने केही पनि सम्पन्न भएको छैन । संरचना एकातर्फ छ, अर्को तर्फ देशका गहना खेलाडीहरु खेलकुदको समयमा बस्ने सिमिति महिनाको बन्द प्रशिक्षण बाहेक अन्य समयमा उनीहरुको अवस्था के छ ? यो कहिल्यै चर्चाको विषय बन्न सक्दैन । कुनै पनि खेलको तल्लो तहसम्म पुगेर खेल क्षेत्रको महत्व उजागर नगरी खेल क्षेत्र माथि उठ्न नसक्ने निश्चित छ । अतः सम्वन्धित निकायले खेल क्षेत्रको विकाशका लागि गम्भिर भएर नतिजामा आउने गरि काम गर्नु जरुरी छ । होइन भने नेताको भाषाणमा खेल र खेलाडी भन्ने व्यवहारमा पुरानै प्रवृति नदोहोरिएला भन्न सकिन्न ।
नेपाल खेलकुदमा प्रसस्त सम्भावना बोकेको मुलुक हो । क्रिकेट, फुटबल, भलिबल, मार्सलआर्ट जस्ता खेलहरुको सम्भावना र आम जनमानसमा आर्कषण पनि त्यतिकै रहेको छ । तर, नेपाली खेलकुद क्षेत्रले व्यवसायिक रुपमा अघि बढ्न सकिरहेको छैन । जसको प्रमुख कारण हो, राष्ट्रिय लिगहरुको कमी, खेलाडिहरुको पलायन र भौतिक पूर्वाधारमा कमजोर अवस्था भोग्नुपरेको छ । अनि जतिसकै खेल क्षेत्रमा नया“ नियुक्ति हुने गरे पनि कार्यकर्ता पाल्नकै लागि गरिन्छ नत खेलको विकासका लागि ।
नेपालको समग्र खेलको अवस्था सन्तोषजनक बन्न सकिरहेको छैन । कतै निलम्बन त कतै राजनीतिक खिचातानी भोगिरहेको छ नेपाली खेल क्षेत्रले । त्यसमा पनि भौतिक पूर्वाधारको अभावमा त खेल क्षेत्र धराशायी हुनु नौलो विषय होइन । साग, एसियाड हुदै ओलम्पिकसम्म पनि नेपालको खेल प्रदर्शनको विश्लेषण गर्ने हो भने, नेपाल क्षमता बमोजिम सन्तोषजनक छैन । २०७२ सालको विनासकारी भूकम्पमा नेपालको अन्तर्राष्र्टि«य स्तरको दशरथ रंगशाला पनि क्षतिग्रस्त बन्यो । क्षतिग्रस्त रंगशाला अहिलेसम्म पुनर्निर्माण भएको छैन ।
निर्माणाधीन दशरथ रंगशाला कुनै समय नेपाली खेलकुदको हबका रुपमा रहेको थियो । विक्रम सम्वत् २०१३ सालमा रंगशाला बन्नुभन्दा अगाडि सो ठाउ“ खाली मैदान थियो । त्यसताका फुटबल खेल्ने सार्वजनिक मैदान सानो टुडिखेलको नामले प्रसिद्ध थियो । राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथ्लेटिक्स र व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । सोही समयदेखि खेल मैदानको आवश्यकता महसुस गरी यस क्षेत्रमा रंगशाला बनाउने पहल भयो । राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवाका रुपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय भयो । २०३५ सालमा शुरु गरिएको निर्माण कार्य २०३७ सालमा सम्पन्न भयो ।
रंगशाला अहिलेको स्वरूप २०५५ सालमा तयार भएको हो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णय लगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो । तर, नेपालको खेलकुदको हबका रुपमा रहेको दशरथ रंगशाला २०७२ सालको बिनासकारी भुकम्पले क्षतिग्रस्त बन्यो । अहिले निर्माणका क्रममा रहेको रंगशालामा १३ औं साग आयोजना गरिने निश्चित भैसेकेको छ । पहिला पनि २०७१ सालमा ए डिभिजन लिग सकिएपछि रंगशालाको सामान्य मर्मसम्भार सुरु गरिएको थियो । तर, ७२ सालको भुकम्पले रंगशाला झनै क्षतिग्रस्त बनाएपछि त्यसको भार थपियो । क्षतिग्रस्त रंगशला धेरै समयसम्म पुनर्निर्माण सुरु हुन सकेन । रंगशाला निर्माणको अवधिलाई लिएर अनेक बहस समेत सुरु भए । यता राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले ३ महिना भित्र भौतिक पूर्वाधार तर्फका कार्यहरु सक्ने र ५ महिना भित्रमा दशरथ रंगशालाको थप व्यवस्थापनका सबै काम पुर गर्ने बताउ“छन् । विष्टले अन्तर्राष्ट्रिय स्तरको मैदानका रुपमा तयार पारिसक्ने दाबी गर्छन ।
नेपाली फुटबलको केन्द्र भनौ या नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला दशरथ रंगशाला २०७२ सालको भुकम्पले क्षतिग्रस्त भयो । तरपनि भुकम्प गएको चार वर्ष पुग्न लाग्दा समेत रंगशाला निर्माणाधिन अवस्थामै छ । पछिल्लो समय हतारोमा पुननिर्माणले राम्रै गति लिएको भएपनि अहिलेको गतीमा शुरुबाटै किन पुननिर्माण हुन सकेन भन्ने प्रश्न उब्जाएको छ । राष्ट्रिय खेलकुद परिषदका सदसचिव विष्टले टेण्डर, नक्सालगायतका कागजी र नीतिगत समस्याहरुले गर्दा शुरुमा पुननिर्माणले गति लिन नसकेको बताउ“छन् ।
ढिला शुरु भएको रंगशाला पुननिर्माण साग सुरु हुनु भन्दा अगाडि नै अनिवार्य निर्माण गरिसक्नुपर्ने बाध्यता छ । पुनः नेपाली खेल समर्थकहरुको मनोबललाई उच्च कायम राख्न र अन्तर्राष्ट्रिय स्तरका ठूला खेल समेत आफूले आयोजना गर्नु मुलुकको प्रतिष्ठासग“ गासिएको विषय छ । त्यसैले पनि देशको र आम खेलाडीको आत्मसम्मानलाई उच्च मुल्याङकन गर्दै रंगशाला निर्माणमा सरोकारवाला निकार्यले समयमै ध्यान दिन आवश्यक छ ।
नेपाली खेल जगत त राजनीतिको भूकम्पमा परेकै थियो रंगशाला समेत बास्तविक भूकम्पका कारण क्ष्ँति भयो । अहिले निर्माणाधीन अवस्थामा छ । रंगशालामै आगामी फागुन ११ गतेबाट १३ औं साग आयोजना गर्ने तयारी छ । जुन राष्ट्रकै लागि एउटा प्रतिष्ठाको विषय समेत हो । खेलकुदको समय नजिकीदै गर्दा सम्बन्धीत निकाय भने समयमै रंगशाला निर्माण भइसक्ने दाबीका साथ अघि बढेको छ । अन्तिम समयमा धेरै काम अझै सम्पन्न गर्नुपर्ने निर्माणधीन रंगशाला समयभित्र निर्माण हुनेमा आशङका पनि त्यतिकै छन् ।
भूकम्पले क्षतविक्षत बनाएको भौतिक संरचनाहरुका बीच नेपालले सन् २०१६ मा भारतको गुहाहिटी र सिलोङमा सम्पन्न १२ औं सागबाट आफूले १३ औं संकरणको साग आयोजना गर्ने औपचारिक घोषणा ग¥यो । साग आयोजनाको झण्डा बोकेर आएको नेपालले जति गफ ग-यो त्यति काम गर्न सकेन । साग आयोजनाको मुख्य क्षेत्र मानिएको दशरथ रंगशालाको निर्माणमा भएको ढिलाइले नेपालमा हुने भनिएको १३ औं साग पछि सर्ने सम्भावना अझै बढेर गएको छ । १३ औं साग प्रतियोगिता समयमै गर्ने दाबीसहित आयोजनाको जिम्मेवारी लिएर फर्किएको नेपालले समयमै संरचना निर्माणमा सचेत बन्न नसक्दा राष्ट्रिय प्रतिष्ठाको साग आयोजना सम्पन्न हुनेमा अन्योल थपिदै गएको छ ।
प्रत्येक २–२ वर्षको अन्तरालमा हुने साग खेलकुद यसपटक नियमित भन्दा १ वर्ष ढिला गरि फागुन २५ गतेबाट आयोजन गर्ने निर्णय गरेको हो । सन् २०१६ डिसेम्बरको अन्त्यमा काठमाडौंमै सम्पन्न दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठकले नेपालमा गर्ने निर्णय गरेको हो । त्यस्तै साग आयोजना र त्यस अघि नै भौतिक संरचना निर्माणको महत्वकांक्षी योजना लिएको राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद यहि मंसिरबाट अघि सार्यो तर भौतिक पूर्वाधार नै यसका लागि बाधक बनेको छ । अहिले न त आठौं राष्ट्रिय खेलकुद आयोजना गर्नलाई पर्याप्त पूर्वाधार छ न त साग आयोजनाकै लागि । पछिल्लो केही महिना यता तीब्र पारिएको रंगशाला निर्माण पनि निर्धारित समयभित्र साग आयोजनाको लागि पर्याप्त नहुने लगभग निश्चित जस्तै बनेको छ । पर्याप्त भौतिक तयारी नुपेकाका कारण आठौं राष्ट्रिय खेलकुद मात्र होइन साग निर्धारित मितिमा गर्न सम्भव छैन । यसका बाबजुद पनि सरकारले अझै सागको मितिबारे ठोस निर्णय गर्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी निरन्तर काम गरे पनि समयमै काम सक्न कठिनाइ भइरहेको बताउ“छन् ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विस्ट सागका लागि केही महिना ढिला हुन सक्ने सम्भावना भए पनि अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार तयार गर्ने बताए । उनीे साग नहुने जस्ता सतहमा आएका हल्लाहरु पुननिर्माणमा भएको केही विलम्बले गर्दा सिर्जना भएको बताउ“छन् ।
सरकार समृद्ध नेपाल सुखि नेपालीको नारा लिएर अघि बढिरहेको छ । समृद्धिका योजना अघि सार्दै गर्दा राष्ट्रिय एकता र स्वभिमान बढाउने खेलकुद क्षेत्रमा योजना अनुकुलको विकाश हुन सकिरहेको छैन । सम्बन्धित पदाधिकारी जवाफदेही नबन्ने प्रबृतिले गर्दा नेपालको खेल क्ष्ँेत्रले गति लिन सकिरहेको छैन । सबै क्षेत्रमा समृद्धिको कुरा चलिरह“दा खेल क्षेत्रलाई पनि समृद्ध बनाउन आवश्यक छ किनकी सबै किसिमको समृद्धिलाई विश्वमाझ चिनाउने र देखाउने माध्यम खेलकुद पनि एक हो ।
दक्षिण एसिया ओलम्पिक काउन्सिलले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद साग एक वर्ष ढिलो गरी सन् २०१९ मा सञ्चालन गर्ने निर्णय २०७३ सालमा गरेके हो । तर पनि सरकारले साग खेललाई प्राथमिकतामा राखेर दशरथ रंगशाला निर्माणमा ध्यान दिएन । भुटानबाहेक दक्षिण एसियाली देशहरूले दुई–दुई वर्षमा पालैपालो आयोजना गर्ने गरी क्षेत्रीय खेलकुदको कुम्भ सन् १९८४ मा नेपालबाट सुरु भएको थियो । काठमाडौंमा दोस्रोपल्ट सन् १९९९ मा भएको थियो र पालो पद्धतिअनुसार नै नेपाललाई १३ औं सागको आयोजक घोषणा गरिएको थियो । तर, नेपालमा आयोजना हुन लागेको सागमा भूकम्पका कारण एक वर्ष ढिला भएको हो । सरकारले १३ औं सागको आयोजना आफुहरुको प्राथमिकतामा भएको बताएपनि परिणाम भने त्यस्तो आउन सकेको छैन । दक्षिण एसियाली खेलकुदको आयोजना सबै नेपाली र खेल क्षेत्रका लागि ठूलो महत्वको विषय भएपनि सरकार र पुर्ननिर्माणको जिम्मा पाएका सरोकारवाला निकायलाई अझै छोएको छैन ।
प्रतिक्रिया दिनुहोस्