ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिङ्गे पिङ जोगाउने दैलेखी युवाको प्रयास


admin
५ कार्तिक २०७५, सोमबार   २ : ५२   बजे

दैलेख, ५ कात्तिक । नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर बाबियोको पिङ बाट्ने काम सकियो, राति नै बाँस गाडेर लिङ्चे पिङ बनाए । 

देशविदेश रहेका घरमा आउने घरको सबैभन्दा जेठो व्यक्तिबाट टीका लगाएपछि एक पटक धर्ती छाड्नुपर्ने मान्यतासँगै लिङ्चे पिङको ऐतिहासिक मान्यता गाउँघरमा अहिले पनि कायमै छ ।


गाउँ र टोलमा लामो समयदेखि चल्दै आएको लिङ्चे पिङ हाल्ने र खेल्ने परम्परालाई यस वर्ष बडादशैँमा पनि निरन्तरता दिइएको छ । विशेष गरेर काठमाडाँैं पढ्न गएका विद्यार्थी, जागीरको सिलसिलामा बाहिर गएका युवा र विदेश गएका युवा आआफ्नो टोल र गाउँमा जम्मा भएर वनमा पाइने बाबियो काट्ने, बाँसका चार खम्बा ल्याउने र बूढापाकाबाट बाबियो बाट्न सिकेर पिङ बाट्ने काममा सक्रिय भएको महाबु गाउँपालिकाका राजेश हमालले बताउनुभयो ।

साथीभाइसँग जमघट हुने र रमाइलो हुने भएकाले पनि पिङको छुट्टै महत्व गाउँघरमा रहेको हमाल बताउनुहुन्छ । नवमीको रात गाउँका बूढापाका र युवा जम्मा हुने गर्छन्, बूढापाकाले पिङ बाट्छन् । सोही कुरा युवाले अनुसरण गर्छन् । सबै स्थानमा पिङको लागि आवश्यक पर्ने बाबियो र खम्बाका लागि आवश्यक पर्ने बाँस सजिलै पाइने भएकाले पनि गाउँ र टोलमा लिङ्चे पिङ देख्न सकिन्छ ।

सदरमुकामका पाँच स्थानमा पिङ निर्माण गरिएको छ । हरेक गाउँपालिकाका केन्द्र र युवाको जमघट हुने गाउँ मात्र हैन निकै पुराना वर र पीपलका रुखका हाँगामा समेत पिङ हाल्ने प्रचलनसयौंँ वर्षदेखि चल्दै आएको महाबु गाउँपालिका ६० वर्षीय लालबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu