हामी सबैलाई थाहा छ, सदियौं वर्षदेखि राज्यसत्ता सञ्चालनमा एकल जातिय, वंशिय संरचनाको कारण कुनै निश्चित जाति, समुदाय बाहेक अन्य समुदाय निरन्तर रुपमा पछाडि धकेलिनैै रह्यो ।
फलस्वरुपः वर्तमान समयमा पनि राज्य संचालनको राजनितिक, प्रशासनिक जुनैसुकै तहमा थामी समुदायको प्रतिनिधित्व शुन्य जस्तै छ, जसको कारण आज थामी समुदायलाई राज्यले नै अतिसिमान्तकृत समुदायको कोटामा राखेको छ । जनयुद्धको समयमा समाजमा, देशमा क्रान्ती र परिवर्तन जस्ता जनवादी गीतसंगीतले भने, थामी गाउँ, वस्तीमा धेरथोर चेतनाको छाप छोडेको पाइन्छ ।
साम्यवाद, धर्मनिरपेक्षता, जातिय, वर्गिय मुक्ति जस्ता सपनाहरु बोक्दै जनयुद्धमा होमिएर जनवादी गीतसँगीत गाउँदै, नाच्दै हिड्ने क्रममा आज थामी समुदायमा औंलामा गन्न सकिने सर्जक तथा गायकहरु जन्मिएका छन् । यसको अर्थ थामी समुदायमा जन्मिएका स्रस्टा, सर्जकहरु सबै नै जनयुद्धले जन्माएको हो भन्ने चाही हैन ।
यसको अर्थ जनयुद्धले यसमा टेवा पुगेको हो भन्ने चाही हो । थामी समुदायमा यसको एउटा नाम शिखर थामी पनि हो । शिखर नाम नै उनको जनयुद्धले जुराएकोे नाम हो । वास्तविक नाम विद्या ललि थामी रहेको उनको जन्म दोलखा जिल्लाको उत्तरी भेगको विकट गाउँ आलम्पुमा वि.स. २०४६ साल असार १७ गते भएको थियो ।
बाल्यकाल अभावै अभावमा बित्यो तर, गाउँघरको जात्रापात्रा, पुजाआजा र हाँसखेल सम्झदा आज पनि मन रंगीचंगी हुने गर्छ । ११ वर्षको उमेरमा दोलखा कै कोटेआर्का भन्ने ठाउँको भुमेथानको जात्रामा मादलको तालमा नाङ्गै नाचेको उनी आज पनि मच्चिदै सुनाउछन् । दुख, सुख यसरी नै बाल्यकाल बित्दै थियो, १३, १४ वर्षको उमेरमा माओवादीको जनयुद्धमा एक योद्धा भएर लागे । गाउँमा एउटा बोर्डिङ स्कूल भर्खर–भर्र्खर खुलेको थियो, अभावै अभावमा दैनिकी गुज्रेपनि मेरो आपाले निकै हर्कका साथ मलाई त्यो बोर्डिङ स्कूलमा भर्ना गर्दिनुभाको थियो तर पछि बर्जुवा शिक्षा भन्दै म आफैंले त्यो पढाई त्यागे । त्यो बेला गुन्जने जनवादी गीतहरुले गाउँ, बस्तीमा एक खाले क्रान्तीकारी भाव र स्वभावको जरा गाड्दै थियो, मेरो मन–मस्तिष्कमा पनि त्यस्तै भयो ।
त्यो बेला माओवादी ले देखाएको सपना र विचारले म पनि फुरुङ्ग भाको थिए – उनी सम्झन् । सोझा सिदा र आँटिला जनजातीहरुले गर्दा जनयुद्ध सफल भएको हो । हामीलाई जनवर्गिय मुक्ति मोर्चा जस्ता नारा र सपना दिएर एल.एम.जी., एस.एल.आर.जस्ता राईफलहरु बोकाए । यस्तै–यस्तै क्रान्तीको सपना बोकेर हिड्ने क्रममा चितवनको शक्तिखोरमा लगभग ६ वर्ष बिताएँ । तर, हिजो त्यस्तो–त्यस्तो सपना देखाउने लिडरहरुलाई म भन्न चाहन्छु, राज्यमा पहुँचविहिन र आवाजविहिन समुदायहहरुले आज के पायो ?
हिजोको लडाई शक्तिमा हुनेहरुको लागि हैन, नहुनेहरुको लागि थियो, आवाजविहिनहरुको लागि थियो – उनी पश्च्ताप गर्दै प्रश्न गर्छन् । हिजो जनवादी क्रान्ती, साम्यवाद, वर्गिय, जातिय मुक्ति जस्ता सपना बोकेर एउटा योद्धा बनेर हिड्नु भो, आज चाही गीतसँगीतमा किन लाग्नुभएको ? तपाई त नेतागिरी तिर लाग्नुपर्ने….भन्ने प्रश्नमा उनी भन्छन्– हिजो पनि आफ्नो जातित्व र पहिचानको लागि नै जनयुद्धमा होमेको हुँ, आज पनि गीतसँगीतको तर्फबाट आफ्नो समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको सम्वद्र्धन गर्दै यसलाई थप उचाईमा पु¥याउन चाहन्छु ।
राईहरुको साकेला, मगरहरुको कौडा, थारुहरुको सखिया नाच जस्तै हाम्रो थामीहरुलाई पनि एकताबद्ध गर्ने मौलिक अथवा मातृनाच संस्थागत गर्नुपर्छ भन्ने पक्षमा लागरिहेको छु । यसमा सम्बन्धित सबैले चासो देखाउनुपर्छ भनेर बेला बखत भलाकुसारी गर्दैछु । मेरो आपा, आमा नै गाउँघरमा गाईने मातृगीतहरु गाएर नाच्ने गाउने गर्नुहुन्छ, यसैले गर्दा पनि सानै देखि गीतसँगीतमा मेरो रुची थियो ।
पछि गीतसँगीत कति शक्तिशाली हुदो रैछ भन्ने कुरा जनयुद्धले अझ बढी प्रमाणित ग¥यो, यसले गर्दा अबको दिनमा गीतसँगीतमा नै लागेर जीवन बिताउछु भन्ने लागेको छ । गीतसँगीतको पथमा यात्रा गर्दै जाँदा आदरणीय गायक दाई शम्भु राईको श्रद्धा डिजिटल रेकर्डिङ स्टुडियोमा मैले केही समय काम गर्ने क्रममा केही गीत गाउँथे, त्यो बेला उहाँले मलाई थप प्रोत्सहन गर्ने गर्नुहुन्थ्यो । यस्तैक्रममा सत्यकला दिदीहरुले पनि थप हौसला दिनुहुन्थ्यो ।
यसले गर्दा पनि गीतसँगीतमै मेरो यात्रा मोडिन पुग्यो होला भनौं । – उनी भन्छन् । कुनै बेला सिंहदरबार कब्जा गर्ने र त्यो सिंहासनमा निमुखा जनताको नेतृत्व हुनुपर्छ भनेर राईफल बोकेर हिडेका शिखर थामी आज काठमाडौंमा सामान्य व्यवसाय गरेर बसिरहेका छन् । जसबाट दैनिकी सामान्य रुपमा बितिरहेको छ भने, साँगितिक क्षेत्रलाई अगाडी बढाउन त, अझ धेरै चुनौतीहरु छन् ।
जति पनि सपनाहरु बोकेर जनयुद्ध भयो, ती सपनाहरु आज आएर विचारको ज्ञान बाहेक अरु केही उपलब्धि नभएको उनको अनुभव छ । शिखर थामी त, एक पात्र मात्र हुन् । आवाजविहिन, पहुँचविहिनहरुको सहाराले जनयुद्ध सफल भयो तर, यि समुदाय कहिल्यै सफल हुन सकेनन् । तसर्थ, जुन लक्ष्य, उद्येश्यका साथ त्यत्रो जनताको बलिदान भयो, त्यसको लागि अबका युवाहरुले फेरि पनि नयाँ जोस, जाँगरका साथ सशक्त आवाज र आन्दोलन उठाउनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्