ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासीमा विकासको आशा


admin
१८ कार्तिक २०७५, आइतबार   १ : २७   बजे

लहान, १८ कात्तिक । पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि स्थानीय बासिन्दा उत्साहित भएका हुन् ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फुल्ने फूलको दर्शन गर्न सलहेश फूलबारीमा ठुलो मेला लाग्ने गर्दछ । फूलबारीमा रहेको हारमको बोटमा वैशाख १ गतेका दिन मात्र अनौठो फूल फुल्ने र सोही दिनको साँझपख सो फूल ओइलाउने गर्छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै सो वर्ष २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले नयाँ पर्यटकीय गन्तव्यहरु पहिचान गरेको हो ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि पाँच किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गमा पर्ने राजा सलहेशको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु आउने गरेका छन् ।

राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतीकका रुपमा करीब १० विघाको प्राचीन फूलबारीको दुई वटा रुखको मध्य भागमा प्रत्येक वर्षको वैशाख १ गते एक जोडी माला देखिने गर्दछ । ती फूलका माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणको घुँइचो लाग्ने गर्छ ।

सलहेश फूलबारीको संरक्षण र मेलाको उचित व्यवस्थापन गर्न कुनै पहल नभएको गुनासो उठिरहेका बेला सरकारले सलहेश फूलबारीलाई नयाँ पर्यटकीय गन्तव्यहरुको सूची समावेश गरेपछि स्थानीयवासी खुशी भएका छन् ।

ढिलै भए पनि सरकारले सलहेश फूलबारीलाई पर्यटकीय क्षेत्रको रुपमा मान्यता दिएपछि जिल्लाकै समग्र विकास हुने विश्वास बढेको स्थानीयवासी तथा पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत बताउनुहुन्छ ।

सलहेश तराईका पासवान जापितको इष्टदेव रहेको र ते¥हौं शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्त हुने, चर्म रोग, कुष्ठ रोग लगायतका ब्याधि हरण हुने जनविश्वास समेत रहेको छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरु खोज्न भारतको विहार, पश्चिम बङ्गाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको सङख्यामा मानिस आउने गर्दछन् ।

सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतीक्षा गर्दै वैशाख १ गते फूलको माला लिएर देखापर्ने गरेको जनविश्वास रहिआएको छ ।

फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिरको दक्षिणतिर टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयबद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतीकका रुपमा लिइने गरिएको मन्दिरका पुजारी वीरदेव धामी बताउनुहुन्छ । यही अवसरमा युवायुवती उक्त फूललाई साक्षी राखी प्रणय सूत्रमा समेत बाँधिने गर्दछन् ।

बा¥ह बिघा क्षेत्रफलमा फैलिएको उक्त फूलबारीमा चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलबारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफैं उत्पन्न हुने गर्छ । यति मात्र हैन भाकल गर्ने जोसुकैको मनोकामना पनि पूरा हुने विश्वास रहेकाले भारतीय भक्तजनहरुसमेत आउने गरेका छन् । मेलामा आउने लाखौं भक्तजनमध्ये तीस प्रतिशत भारतीय हुने गरेका छन् ।

सलहेश फूलबारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेका छन् । यस फूलबारीको शीतल जल ग्रहण गरेपछि क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् ।

यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्न सलहेश फूलबारीको पानी प्रयोग गरिनाका साथै माहामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाने चलन छ ।

सलहेश फूलबारीको मन्दिर दर्शन गरेर पाएका सन्तानको मुण्डन गराउन निःसन्तान महिला यहाँ आउने गरेका छन् ।

सिरहाभित्र पूर्व कणाटकालीन अवशेषहरु रहेका छन् । राजा सलहेश दुषाद जातिका कूलदेवता भए पनि सबै जातजातिका लागि त्यतिकै पूजनीय र सम्मानयोग्य रहेको इतिहासविद् हरिकान्त लाल दास बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group