ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखको बुलबुले झरना– पर्यटकका लागि आकर्षक


एबीसी न्यूज
२१ कार्तिक २०७५, बुधबार   ८ : २२   बजे
 

दैलेख, २१ कात्तिक । दैलेख र कालिकोटको सिमानामा पर्ने समुन्द्र सतहदेखि करीब पाँच हजार मिटर अग्लो भू–भागमा तीनचुले लेक छ ।

उक्त लेकको फेदीमा ६२ मिटर अग्लो पहाडैपहाडको बीचबाट झरना खसेको छ । दैलेखस्थित द्वारीखोलाको यो बुलबुले झरनामा यतिखेर आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । जेठ, असार र साउन तीन महिना यहाँ पुग्न कठिन हुने भए पनि अन्य समयमा सहजै पुग्न सकिन्छ ।

प्राकृतिक रुपमा आनन्दको अनुभूति लिन यो झरनामा आउने पर्यटकलाई स्थानीयवासीले कोदो र मकैको रोटी, टिमुरको अचार, सिस्नोका परिकार, पाटन चरेका भैँसीको शुद्ध दुध, कात्तिके मह जस्ता परिकारबाट स्वागत गर्ने गर्छन् ।

मगर समुदायको बसोबास रहेकाले त्यहाँ पुग्ने पर्यटकलाई मारुनी नाँच देखाउने गरिन्छ । पर्यटकको आकर्षणका लागि यहाँ सञ्चालित होमस्टे (घरबास) मा स्थानीय क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारीसमेत भएको नौमूले गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गगनबहादुर रोकामगरले बताउनुभयो ।

कर्णाली प्रदेशकै महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मानिएको चार हजार २०० मिटरको अग्लो भू–भागमा रहेको महाबु धामलाई पर्यटकीय गन्तब्यका रुपमा बिस्तार गरेपछि महाबु घुम्न आउने पर्यटकसमेत अहिले नौमूले क्षेत्रका तीन वटा महत्वपूर्ण झरनामा पुग्न थालेका छन् । बुलबुले झरना हेर्न पर्यटक बढेसँगै नौमूले गाउँपालिका वडा नं ३ ले पर्यटकको सहजताका लागि भित्रिखोलामा घरबास सञ्चालनमा ल्याएको छ । त्यहाँबाट तीनचुले लेकको फेदीमा ढुङ्गाको पहाडभित्रबाट निस्किएको झरना देखिन्छ । तीनतिर ढुङ्गाको ठूलो चट्टान छ । झरनाको सिधै तह फोहोरामा पुग्न अहिले पनि कठिन छ । केही नजिकसम्म पुगेका पर्यटक झरनाको चिसो पानीसँग रमाउने गरेको फेदीमै पुगेका हिमालध्वज मल्लले बताउनुभयो ।

दैलेख सदरमुकामबाट यातायातका साधन सहजै नौमूले गाउँपालिकासम्म पुग्ने भएपछि यतिखेर यहाँ आउने पर्यटक बढेका हुन् । भित्रिखोलाबाट झरनासम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । दुई घण्टासम्म पहाडको उकालो हिँड्दा लागेको थकान मनमोहक बुलबुले झरनामा पुगेपछि मेटिने नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताउनुभयो । खत्रीसँगै गएको नौमूले गाउँपालिकाको टोलीले झरनाको थप व्यवस्थापनमा चासो दिने बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले झरना हेर्न जाने सबै पर्यटकलाई स्थानीय परिकार खुवाउनका लागि व्यवस्थापन गरिएको बताउनुभयोे । घरबासमा स्थानीय उत्पादन, कोदो, मकै, सिस्नो र आटोको परिकार पाइन्छ । मारुनी नाँच, अन्य स्थानीय संस्कृति जगेर्ना गर्न गाउँपालिकाले सहयोग गरेको अध्यक्षको भनाइ छ ।

जनजाति बस्ती भएकाले घरबासबाट स्थानीयले राम्रो रोजगारी पाउने देखिएकोे नौमूले गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष गगनबहादुर रोका मगरले बताउनुभयो । घरबासका लागि आवश्यक पर्ने अन्य काम शुरु भइसकेको बताइएको छ । पर्यटक बढेसँगै स्थानीयले रोजगारी पाउने अवसर प्राप्त भएको रोकाले बताउनुभयो ।

दैलेख सदरमुकामबाट नौमूले गाउँपालिका कार्यालयसम्म पुग्न सडक यातायात सहज भइसकेको छ भने त्यहाँबाट भित्रीखोलासम्म पुग्न यातायात सहज बनाउनका लागि गाउँपालिका र वडा कार्यालय लाग्नुपर्ने स्थानीयवासीको माग छ । नौमूलेदेखि भित्रीखोलासम्मको सडकको स्तरोन्नति गरेर साना सवारीसाधन सञ्चालन गर्न सकेपनि त्यहाँबाट दुई घण्टाको पदमार्गको यात्रा गरेर द्वारी झरना पुग्न सकिने छ । द्वारी झरना निकै मनमोहक रहेको नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।

झरना पुगेका पर्यटकका लागि तस्बीर खिच्ने ठाउँको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ भने झरना नजिकै विश्रामस्थल निर्माण गर्नुपर्ने आवश्यकता पनि त्यतिकै जरुरी छ । नौमूले गाउँपालिकामा पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण तीन वटा झरना छन् । ती झरनाको झरनाको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके यो गाउँपालिका पर्यटकका लागि आकर्षणका केन्द्रबिन्दु बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group