ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्डला थ्रिएटरमा नाटक ‘लाटीको छोरो’ प्रदर्शन हुदै


admin
२९ भदौ २०७४, बिहिबार   १ : ४७   बजे

काठमाडौँ, २९ भदौ । समाजमा अहिले पनि आवाजविहीनहरुको जीवन सुरक्षित छैन । समाजमा न्यायको ठेक्का लिएका नेता, शिक्षित, हुनेखाने र धर्मको मर्म बेचेर खाने अधर्मीको कमी छैन ।
विकास, उन्नति र सुन्दर भविष्यको सपना बाँडेर समाजका गाडी हाँक्नेले समाजको बाटोमा हिँडिरहेका आवाज र श्रवण खोसिएकालाई कसरी ठक्कर दिएर घाइते बनाइरहेका छन् भन्ने कसैले लेखाजोखा राखेको छैन ।

आखिर तिनीहरुलाई घाइते बनाइएकामा न्याय दिने फेरि तिनै समाजका ड्राइभर नै न्यायमूर्ति बन्छन् । जसले घाइतेलाई अझ गम्भीर बनाई समाजबाट बहिष्कार गरी आफैँलाई मात्र न्याय गरिरहेका हुन्छन् । अझै पनि हाम्रो समाजमा बस्दै आएको डोम समुदाय, त्यहाँका गन्नेमान्ने ठरिएका व्यक्ति, अन्याय भएको देखेर पनि मुखमा आवाज ल्याउन नसक्नेहरुको अन्तर जस्ताकोतस्तै छ । त्यही समुदायकी आवाज गुमाएकी युवती ‘लाटी’ को कथा समेटेर मण्डला थिएटरमा चलिरहेको छ   ।

नाटक ‘लाटीको छोरो’ सुन्दरबजार जहाँ हरेक मानिसको बसोबास छ । पूर्वी तराईतिरको यो बस्तीमा नेता विषनाथ, शिक्षक रामप्रसाद शर्मा, असई प्रेमबहादुर थापा, हवल्दार बच्चु यादव, व्यापारी सीताराम अग्रवाल, पुनित, मिठालाल यादव, नाई अनि डोम समुदाय नाटकका प्रतिनिधि पात्र । त्यही बस्छे कथा कि नायिका लाटी ।

लाटी ऊ न सुन्न न बोल्न सक्छे । ऊ मानसिक अपांगता भएकी युवती हो । लाटी सुन्दर छे । प्लटु पढ्दै गरेको युवा पुनितको मन लाटीका लागि कारुणिक बन्छ । उसलाई समाजले बहिष्कार गरिएकीे पवित्रा भाउजूकहाँ राख्छ । पवित्रा भाउजू जो श्रीमान्को मृत्युपछि परिवारबाट बहित्कृत छिन् ।

पुनित गाउँकै ठूलो व्यापारी सीताराम अग्रवालको छोरो हो । उसले लाटीलाई केही भए व्यहोर्ने नैतिक जिम्मेवारी लिएको छ । दिनहरु बित्दै जाँदा पवित्रा भाउजूसँग बसिरहेकी लाटीले आफूभित्र अर्को संसार हुर्काइरहेछ ।

समाजका ती प्रभुत्व व्यक्तिहरुले त्यो संसारको जिम्मा लिए पनि सार्वजनिकरुपमा प्रतिष्ठा बचाइदिन नेता विषनाथ कहाँ पुगेर गुहार गर्छन् । आखिर लाटीको कोखमा हुर्किरहेको संसार कसको थियो । लाटीको आवाज त मनभित्रै मात्र छ । उसका आँखाले त भन्छन् यिनै व्यक्तिहरु हुन् जसले उसलाई अझ लाचार बनाएका थिए । तर उसले भन्न कहाँ सक्छे । सक्ने भए ऊ लाटी किन हुन्थी ।

सुन्दरबजारमा लाटीको कोखमा बढिरहेको मासुमको टुंगो लगाउन आज सुन्दर बजारमा पञ्चायत बसिरहेको छ । पञ्चायतका नाइके उनै विषनाथ हुन् । बजारमा हल्ला छ लाटीको बच्चा पुनितको हो । किनकि हरसमय पुनित हो उसलाई ख्याल गर्छ ।

यही विषय नाटक लाटीको छोरोमा छ । गाउँ पञ्चायतले लाटीको बढेको कोखको दोषी गाउँकै सुर्जा डोमलाई ठहराउँछ । सुर्जाले विरोध गर्छ । उसको विरोध, विलाप सुन्ने कोही छैन ।

पञ्जायतले फैसला सुनायो, लाटी र सुर्जाको बिहे गराउने, अनि गाउँबाट पवित्रा भाउजू, लाटीलाई परै राख्ने । लाटीको छोरोको लालनपालन र शिक्षादीक्षाका लागि तिनै पञ्चायतले रकम दिने निर्णय ग¥यो । लाटी गाउँ आएदेखि डोमलाई दोषी बनाउनेसम्मको षडयन्त्र गाउँकै नाईले देखेको हुन्छ । तर उसले लाटी र सुर्जालाई भएको अन्यायको विरोधमा आवाज निकाल्ने आँट गर्दैैन ।

करिब डेढ घण्टा नाटक हेरिरहँदा हाम्रै समाजमा भइरहेको घटना हो भन्ने लाग्छ । किनकि अझै पनि श्रीमान्को मृत्यु भएमा त्यसको दोष बुहारीलाई दिएर अनेक लाञ्छना लगाएर घर निकाला गर्ने, महिला आफ्नै समाजका पुरुषसँग सुरक्षित छैनन् भन्ने तीतो सत्यलाई फेरि सम्झाउँछ ।


दश वर्षपछि आज लाटीको छोरो स्कुल जाने भइसकेको छ । गाउँमा धेरै परिवर्तन भएका छन् ।
तर समाजमा अझै यस्तै पात्र छन् । अन्यायको हातमा समाजको साँचो छ । न्यायका लागि निमुखाका आवाज ओठभित्रै दबेका छन् । आखिर कहिलेसम्म ? यही प्रश्नको बिनाउत्तर सकिएको छ नाटक ‘लाटीको छोरो ।’ समाज केहीले नेता, प्रहरी, शिक्षक, व्यापारी, पण्डित जे जस्तो पदवी धारण गरे पनि तिनै समाजको भित्री धमिराजस्तो भित्रभित्रै सिध्याएका छन् भन्ने निर्देशक भारतीले नाटकमा देखाउन खोजेका छन् ।

नाटक आगामी असोज ८ गते सम्म चल्नेछ । श्याम साहको कृति नाटक ‘लाटीको छोरो’ सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गर्नुभएको हो ।

नाटकमा लाटीको भूमिका केनिपा सिंह, पवित्रा भाउजू पशुपति राई, शिक्षक सन्देश लामिछाने, असई रियर राई, हवल्दार बच्चुप्रकाश दाहाल, पण्डित रोशन सुवेदी, व्यापारी राजन काफ्ले, पुनित सुदीप खतिवडा, मिठालाल यादव, नाई मिलन कार्की लाटीको छोरो अर्विन खड्का डोमिन्हरु अर्चना पन्थी र सपना कुमारी चौधरीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group