ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्तलाको बोट सुक्न थालेपछि किसान चिन्तित


admin
६ मंसिर २०७५, बिहिबार   ३ : १४   बजे

मुसिकोट, ६ मङ्सिर । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न थालेपछि किसानलाई चिन्ता थपिएको हो ।

सुन्तला उत्पादनको हिसाबले यस क्षेत्रको रुघा र खारालाई जिल्लामै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । तर यो वर्षदेखि यहाँका धेरैजसो किसानको सुन्तलाका बोट सुक्दै गएको सुन्तला किसान जयबहादुर सुनारको भनाइ छ । उहाँका अनुसार यो वर्षको बर्खा सकिएसँगै सुन्तलाका बोट सुक्न थालेको र पातसमेत पहेलै भएर झर्न शुरु गरेको बताइएको छ ।

सुनारले गाउँमा सुन्तलाको उत्पादन राम्रो देखिएकाले दुई वर्षअघि २५० वटा सुन्तलाको बेर्ना खेत र पाखो बारीमा लगाएको जानकारी दिनुभयो । तर यो वर्ष आफूले लगाएको सबै सुन्तलाको बोट सुक्न थालेकाले आजभोलि निद्रा नै लाग्न छाडेको सुनार बताउनुहुन्छ ।

“सुन्तलाको खेती शुरु गरेसँगै राम्रो आम्दानी हुने अनुमान गरेको थिएँ, तर अब त्यो सम्भावना रहेन,” उहाँले भन्नुभयो । हामीलाई जस्तो चिन्ता त अरू कसलाई होला ? सुनारको दुखेसो छ ।

त्यस्तै वडा नं ५ का खिमबहादुर ओलीलाई पनि सुन्तलाको बोट सुक्दै गएकाले ठूलो चिन्ता थपिएको छ । उहाँले पाँच वर्षअघि खेत र पाखो बारीमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाउनुभएको थियो । रु ५० का दरले खरीद गरेर अन्नबाली उत्पादन हुने ठाउँमा लगाइएका सबै सुन्तलाका बोट हाल सुक्न थालेपछि ओलीलाई पनि सुन्तला खेतीले निराश बनाएको छ । “यस वर्षबाट खेतबारीमा लगाइएका धेरैजसो सुन्तला फल्न शुरु गरेका थिए, तर एकाएक बोट नै सुक्न थाले,” उहाँले भन्नुभयो ।

सुन्तला खेतीबाटै घरपरिवारको खर्च टार्ने गरी अन्नबालीको खेती छाडेका यस क्षेत्रका केही किसानलाई यस वर्षदेखि सुन्तला खेतीले थप चिन्ता थपिदिएको छ ।

सुन्तला उत्पादनका लागि यहाँको उपयुक्त हावापानी र पर्याप्त माटो हुँदासमेत सुन्तलाका बोट सुकेर गएकाप्रति किसान आश्चर्यमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तला जिल्लाको विभिन्न बजार र सदरमुकाम मुसिकोटमा समेत पुग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group