ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्दै


एबीसी न्यूज
७ मंसिर २०७५, शुक्रबार   ३ : १३   बजे

काठमाडाैं , ७ मंसिर ।  प्रकाश दाहालको नाममा प्रकाश स्मृति पार्क बन्ने भएको छ   । युवा नेता तथा तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको एक वर्ष पुगेको छ ।

युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।  १० वर्षे माओवादी सशस्त्र आन्दोलनको मोर्चावद्ध लडाईमा सयाैं मृत्युलाई जितेका प्रकाश दाहाल अन्ततः २०७४ मंसिर ३ आइतबार मिर्मिरेसंगै मृत्यसंग हार्न पुगे । नेपालका प्रायः सबै शिर्ष नेताहरुको छोराछोरी उच्च शिक्षा लिएर पद र प्रतिष्ठाका लागि लडिरहेका बेला प्रकाश निरन्तर युद्ध र पिताको सुरक्षामा क्रियाशिल रहे । जीवनभरि नागरिक माझ रहेको प्रकाशको मृत्यु भने एक्लै सुटुक्क भयो ।

आजभन्दा ३७ वर्षअघि जन्मिएका प्रकाश दाहाल माओवादी विद्रोहका सयौं मोर्चामा आम्नेसाम्ने भिडन्तमा खटे । ती मोर्चामा कुशलतापूर्वक लडेका प्रकाशलाई २०७४ मंसिर ३ गते मृत्युले हराइ छाड्यो । सरल र सहज स्वभावका प्रकाश औपचारिक अध्ययनलाई छाडेर गरिखाने वर्गको सत्ता स्थापनाका लागि भन्दै माओवादी आन्दोलनमा बाल्यकालदेखिनै होमिए । इमानको राजनीतिबाट दीक्षित प्रकाशले माओवादी आन्दोलनको सयौ राजनीतिक तथा फौजी लडाईमा प्रत्यक्ष सहभागी भए ।

मुक्ति या मृत्युको कफन बाँधेर युद्धको मोर्चामा लामबद्ध बनेका प्रकाश तीन दिदीका एक मात्र भाइ हुन् । नेपाली राजनीतिका शीर्ष व्यक्ति प्रचण्ड र नेतृ सीता दाहालका एकमात्र छोरा प्रकाश सामान्य घरपरिवारमा जन्मिएका थिए । बाल्यकाल गृहजिल्ला चितवनमै बिताएका प्रकास विद्यालय तहको अध्यनन गर्दैगर्दा दिदीहरुसंग भारतमा समेत बसे । प्रचण्डको छोरा भएकै कारण जनयुद्ध सुरु भएपछि सरकारी स्तरबाट असुरक्षा भएकाले उनी अध्ययनलाई अधुरै छाडी माओवादी सशस्त्र युद्धमा होमिएन बाध्य भए ।

प्रचण्डको छोरा भएकै कारण मात्र उनको राजनीतिक उचाई बढेको भने होइन, दशवर्षे माओवादी सशस्त्र युद्धमा उनले बगाएको पसिनाको मूल्य अथाह छ । उनी तत्कालीन माओवादीको आधार इलाका रोल्पा र रुकुमका गाउ“बस्तीमा धेरै समय बसेर युद्धमोर्चामा लामवद्ध भए । २ सय ४० वर्षे सामन्ती सत्ता ढालेर जनताको व्यवस्था ल्याउन निरन्तर बम र बारुदसँग सयौं रात कटाए । यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे ।

आकस्मिक हृदयघातसंग हारेका प्रकाशलाई सामाजिकरुपमा धेरैले आलोचना गरेपनि मृत्यका बेला उनी बिस्तरामा एक्लै थिए । राजधानीस्थित लाजिम्पाटको प्रचण्ड निवासमा एक्लै सुतेका प्रकाशलाई हृदयघात हुंदा पानी पिलाउने पनि कोही थिएनन् । बिहान उठाउन पुग्दा उनी बिदावारी भै सकेका थिए । नर्भिक अस्पतालका मुटु रोग बिशषज्ञ जेपी जयसवालले अस्पताल ल्याउनुभन्दा ३ घण्टाअघि नै प्रकाशलाई हृदयघात भएको अनुमान लगाएका थिए।

आलोचना योग्य केही असमाजिक कार्यका कारण यदाकदा आलोचित हुने प्रकाशले पार्टीप्रतिको निष्ठा र पिताप्रतिको समर्पणमा कहिल्यै कुनै कमजोरी गरेनन् । सामान्यतया अरु शिर्ष नेताका सन्तानले उच्चशिक्षा लिएर उच्चपदमा प्रतिस्पर्धा गरिरहंदा उनी बाबुको सुरक्षाअंग बन्नमै रमाए ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पार्टी हेडक्वार्टरका सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

यसरी सामान्ती राज्य सत्ता भत्काउने साहास र सौर्य प्रदर्शन गर्दै युद्ध मोर्चामा लड्नु सामान्य थिएन । समग्र नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरण लागि बाबुको नेतृत्वमा थालिएको विद्रोहको ताप, राप र बमबारीको तुवालोमा उनले आफूलाई समर्पित गरे तिनै महान युवा नेता स्वर्गीय प्रकाश दाहाल को नाममा काठमाडौंमा स्मृति पार्क निर्माण हुने भएको छ । उक्त स्मृति पार्कमा प्रकाश दाहाल संगै दश वर्षे जनयुद्धकालमा सहिद भएका सम्पूर्ण को सिलालेखमा नाम लेखिने भएको छ । पार्कलाइ प्रकाश स्मृति पार्क को नामबाट नामाकरण गरिएको ऐसियन डेभलपमेन्ट बोर्डका कार्यकारी अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu